Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • तपाईँको आम्दानी कति ? यस्तो छ करको दर
तपाईँको आम्दानी कति ? यस्तो छ करको दर
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, जेठ २३, २०७९
Tax Rate 2079.80

काठमाडौ । तपाईँले एक वर्षमा के कति कर तिर्नुपर्ला ? हिसाब गर्नुभएको छ । यदि छैन भने तपाईँलाई हामीले जानकारी दिने प्रयास गरेका छौँ। 

सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्याे। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दा करका विभिन्न दरको समेत हेरफेर गरेको थियो । 

सोही आधारमा आन्तरिक राजस्व विभागले आगामी आवका लागि तिर्नुपर्ने करको दरसमेत सार्वजनिक गरेको छ। विभागका अनुसार तपाईँ अविवाहित हो भने ५ लाखसम्मको आम्दानीमा १ प्रतिशत मात्रै कर तिरे हुन्छ। 

त्यस्तै तपाईँ विवाहित हो भने ६ लाखसम्म पनि १ प्रतिशतका दरले मात्रै कर तिरे हुन्छ। त्यो भनेको एकलले ५ हजार र दम्पतिले ६ हजार मात्रै कर तिरे हुन्छ।

तपाईँको आम्दानी ५ लाखदेखि ७ लाखसम्मको आय र ६ लाखभन्दा बढी ८ लाखसम्मको आयमा एकल र दम्पति दुवै समूहले १० प्रतिशत अर्थात् रु २० हजार बराबर कर तिर्नुपर्छ ।

त्यस्तै,७  लाखभन्दा बढी १० लाखसम्मको करयोग्य आय र ८ लाखभन्दा बढी ११ लाखसम्मको करयोग्य आयमा पनि समान २० प्रतिशत अर्थात् ६० हजार बराबरको कर तिर्नुृपर्छ । 

यस्तै, १० लाखभन्दा बढी २० लाखसम्म एकलले २० प्रतिशत अर्थात् ३ लाख बराबरको कर तिर्नुपर्छ। त्यस्तै ११ लाखदेखि २० लाखसम्म कर योग्य आय गर्ने दम्पतिले ३० प्रतिशत अर्थात् २ लाख ७० हजार बराबरको कर तिर्नुपर्छ।

यसैगरी २० लाखभन्दा बढी आम्दानी हुनेले समान रूपमा ३ लाख ६० हजार बराबरको कर तिर्नुपर्ने विभागले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

विभागका अनुसार ३० लाखभन्दा बढी आम्दानी हुने एकलले ७ लाख ४५ हजार र दम्पतिले ७ लाख १६ हजार बराबरको कर तिर्नुपर्छ।

एकलौटी रुपमा फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तिभरणबापतको आय, निवृत्तिभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने व्यक्तिको आयमा १ प्रतिशतको कर नलाग्ने विभागले स्पष्ट पारेको छ।

यस्तै, कुनै आय वर्षमा स्वीकृत अवकाश कोषको हिताधिकारी व्यक्तिले अवकाश कोषमा अवकाश योगदान गर्दा ३ लाख वा निजको निर्धारण योग्य आयका एक तिहाई जुन घटी हुन्छ । सो रकमसम्म आफ्नो करयोग्य आयबाट घटाउन सक्नेछन्।

सामाजिक सुरक्षा कोषमा योगदान गर्ने कोषको तिहाधिकारी व्यक्तिले सो कोषमा योगदान गर्दा ५ लाख वा निजको निर्धारण योग्य आयको एक तिहाइमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो कर योग्य आयबाट घटाउन सक्ने प्रावधान छ।

यस्तै दुगर्म क्षेत्रमा कार्यरत व्यक्तिले पनि करयोग्य आयबाट घटाउन पाउने रकम पनि निर्धारण गरिएको छ। क वर्गका क्षेत्रमा कार्यरतले ५० हजार, ख वर्गका क्षेत्रमा ४० हजार, ग वर्गका क्षेत्रमा ३० हजार, घ वर्गका क्षेत्रमा २० हजार र ङ वर्गका क्षेत्रमा कार्यरतले १० हजार बराबरको आयबाट घटाउन सक्नेछन्।

विदेशस्थित कूटनीतिक नियोगका कार्यरत कर्मचारीलाई प्राप्त हुने वैदेशिक भत्ताको ७५ प्रतिशत रकम करयोग्य आयबाट घटाउन पाउनेछन्।

स्वास्थ्य बीमाबापत तिरेको प्रिमियम वा २० हजारमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउने विभागले जनाएको छ।

निजी भवनको बीमा गरेको रहेछ भने पनि त्यस्तो बीमाबापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा ५ हजारमा जुन घटी हुन्छ, त्यस्तो रकम पनि करयोग्य आयबाट घटाउन सकिन्छ।

विभागका अनुसार महानगरपालिका वा उपमहानगरपालिकामा व्यवसाय गर्नेले ७ हजार ५००, नगरपालिका क्षेत्रमा व्यवसाय गर्नेले ४ हजार र त्यस बाहेकका क्षेत्रमा व्यवसाय गर्नेले २ हजार ५०० बराबरको कर तिर्नुपर्छ।

ग्यास, चुरोटलगायत ३ प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिलाई ३० लाखभन्दा बढी ५० लाखसम्म कारोबार रकमको शून्य दशमलब २५ प्रतिशत, ती व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिलाई ३० लाखभन्दा बढी ५० लाखसम्म कारोबार रकमको एक प्रतिशत बराबर कर तिर्नुपर्छ। 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १९:१३
##TaxRate
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्