Top Navigation
Main Navigation
बिहीबार, जेठ २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, जेठ २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • गण्डकी सरकारले घटायो सवारी कर जरिवाना
गण्डकी सरकारले घटायो सवारी कर जरिवाना
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, साउन १२, २०७९
Api Himal

पोखरी । गण्डकी प्रदेश सरकारले सवारी करको जरिवाना शुल्क घटाएको छ ।

चालु आर्थिक वर्षदेखि सवारी करको जरिवानामा वृद्धि गरेर एक आर्थिक वर्ष नाघ्दा २०० प्रतिशतसम्म जरिवाना लिन थालेपछि सरकारको सर्वत्र आलोचना भएको थियो ।

मुख्यमन्त्री निवासमा बुधबार साँझ बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले प्रदेश सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन २०७६ को व्याख्या गर्दै बाधा अड्काउ फुकाउने सुविधाको प्रयोग गरेर जरिवानाको दर घटाएको हो ।

गण्डकीमा आर्थिक ऐनमार्फत यसअघिका वर्षमा कर र जरिवाना लाग्दै आएकामा सरकारले चालु वर्षदेखि सवारी तथा यातायात व्यवस्था ऐनमार्फत जरिवाना लिन सुरु गरेको थियो ।

Nepal Oil Corporation

चालु वर्षको सुरुआतदेखि सवारी करमा एक आर्थिक वर्ष नाघ्दा २०० प्रतिशतसम्म जरिवाना लिइएकामा अब घटाएर २० प्रतिशतमा झारिएको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले बताएका हुन् ।

मन्त्री खड्का अनुसार अबदेखि पहिलो आर्थिक वर्ष नाघेमा २०, दोस्रोमा ४०, तेस्रोमा ६०, चौथोमा ८० प्रतिशत र पाँचौँ वर्ष नाघेमा मात्र दोब्बर जरिवाना लिइने छ ।

मन्त्रिपरिषद्को निर्णय प्रदेश राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा जानेछ । मन्त्री खड्काले भने, “विगतमा आर्थिक ऐनअनुसार जरिवाना कार्यान्वयन हुँदै आएको थियो । एक आर्थिक वर्ष नाघेपछि ३२ प्रतिशत जरिवाना लगाउने व्यवस्था थियो तर यस वर्षको आर्थिक ऐन जरिवानाका बारेमा मौन रहेपछि सवारी ऐनअनुसार जरिवाना लगाउँदा सेवाग्राहीलाई मर्का परेको अनुभुति भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठकले त्यसलाई घटाएर पहिलाभन्दा पनि सस्तो बनाएका छौँ ।”

सवारी ऐनमा बाधा अड्काउ फुकाउको व्यवस्था प्रदेश सरकारलाई दिएअनुसार मुख्य न्यायाधीवक्ता, यातायायात मन्त्रालयका सचिवसहितको उच्चस्तरीय समितिको बैठकले अर्थमन्त्रालय र कानुन मन्त्रालयको समेत राय लिएर शुल्क घटाउने निर्णय गरिएको मन्त्री खड्काले बताएका छन्।

मन्त्री खड्काले भने, “जनतालाई जुन कुराले सहज हुन्छ सोही बाटोबाट जानुपर्दछ भनेर ऐनको व्याखा गरेका छौँ । यसलाई राजपत्रमा प्रकाशित गरेर यातायात व्यवस्था कार्यालयलाई पत्राचार गर्नेछौँ । जसरी कर सेवाग्राही पिडादायी र आतङ्कित भएर पीडा व्यक्त गर्नुभएको थियो यसलाई सरकारले समाधान गरेको छ ।”

अघिल्लो वर्ष प्रदेशको आर्थिक ऐनमा सवारी करको जरिवाना सम्बन्धमा म्याद सकिएको पहिलो महिनामा पाँच प्रतिशत, दोस्रो महिनामा १० प्रतिशत, तेस्रो महिनामा २० प्रतिशत, आर्थिक वर्षको अन्त्यसम्ममा २० प्रतिशत र एक आर्थिक वर्ष कटेपछि ३२ प्रतिशत जरिवाना गर्ने व्यवस्था थियो तर चालु आवको आर्थिक ऐनमा जरिवानासम्बन्धी कुनै व्यवस्था गरिएको थिएन ।

आर्थिक ऐनमा व्यवस्था नभएपछि यातायात व्यवस्था कार्यालय कास्कीले एक आव कट्नै बित्तिकै २०० प्रतिशत जरिवाना लिन थालेको थियो ।

सेवाग्राहीको चर्को आलोचनापछि यातायात व्यवस्था कार्यालयले आव २०७८/७९ र सोभन्दा अघिल्ला आवका तिर्नुपर्नै बक्यौता कर तथा जरिवाना सङ्कलन अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  ११:०५
##gandakiprovince.
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विजनेश
सिद्धार्थ बैंकको अनलाइन पेमेन्ट गेटवे सेवा अब विश्वभर
सिद्धार्थ बैंकको अनलाइन पेमेन्ट गेटवे सेवा अब विश्वभर बुधबार, जेठ १, २०८२
हामी एकपछि अर्को सुधारका कदमहरु चाल्दै जान्छौ : अर्थमन्त्री पौडेल
हामी एकपछि अर्को सुधारका कदमहरु चाल्दै जान्छौ : अर्थमन्त्री पौडेल सोमबार, वैशाख २९, २०८२
मुलुक सुरुङमार्गको युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री ओली
मुलुक सुरुङमार्गको युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री ओली आइतबार, वैशाख २८, २०८२
अबैध रुपमा चुरे उत्खनन्, लाखौं राजस्व छलीको आरोप, अनुसन्धान गर्न माग
अबैध रुपमा चुरे उत्खनन्, लाखौं राजस्व छलीको आरोप, अनुसन्धान गर्न माग आइतबार, वैशाख २८, २०८२
जन्मेदेखि मृत्युसम्म करैकर ! जनताले के का लागि तिर्ने कर ?
जन्मेदेखि मृत्युसम्म करैकर ! जनताले के का लागि तिर्ने कर ? बुधबार, वैशाख २४, २०८२
यस्ताे आयाे  आव २०८२/२०८३ नीति तथा कार्यक्रम
यस्ताे आयाे आव २०८२/२०८३ नीति तथा कार्यक्रम शुक्रबार, वैशाख १९, २०८२
कोषले दियो १ अर्ब ५२ करोड थप प्रतिफल
कोषले दियो १ अर्ब ५२ करोड थप प्रतिफल सोमबार, वैशाख ८, २०८२
नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता
नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता मंगलबार, चैत १९, २०८१
नागरिक लगानी कोषले मनायो ३५ औं वार्षिकोत्सव
नागरिक लगानी कोषले मनायो ३५ औं वार्षिकोत्सव सोमबार, चैत ४, २०८१
लाेकप्रिय समाचार
  • नंः १ बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
  • नंः २ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः ३ कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन
  • नंः ४ संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
  • नंः ५ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्