Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • हुलाक टिकट एक वर्षमा २ लाख थान बिक्री 
हुलाक टिकट एक वर्षमा २ लाख थान बिक्री 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, साउन १६, २०७९

तनहुँ । जिल्ला हुलाक कार्यालय तनहुँले एक वर्षमा २ लाख थानभन्दा बढी टिकट बिक्री वितरण गरेको छ ।

कार्यालयले आर्थिक वर्ष ०७८/७९ मा २ लाख २ हजार ५ सय ५० थान टिकट बिक्री गरेको हो ।

यसअघि बजारका स्टेशनरी पसल, फोटो पसलबाट पनि टिकट बिक्री वितरण हुँदै आएकामा तोकिएको भन्दा बढी मूल्य लिने गरेपछि हुलाकबाट मात्रै टिकट बिक्री हुने गरेको हुलाक कार्यालय तनहुँका प्रमुख मित्रलाल भट्टराईले जानकारी दिएका हुन् ।

साउन महिनामा २५ हजार ८ सय २०, भदौमा २४ हजार ४ सय २०, असोजमा २७ हजार १ सय २०, कात्तिकमा १५ हजार ४ सय ४०, मङ्सिरमा १४ हजार ५ सय २०, पुसमा ८ हजार ४ सय २०, माघमा २१ हजार, फागुनमा १५ हजार २ सय ५०, चैतमा १५ हजार ७ सय ५०, वैशाखमा १० हजार ६०, जेठमा १० हजार १ सय १० र असारमा १४ हजार ६ सय ४० थान टिकट बिक्री भएको छ ।

कार्यालयले एक वर्षको अवधिमा विभिन्न सेवाबाट २६ लाख २१ हजार २ सय ४५ राजस्व सङ्कलन गरेको भट्टराईले जानकारी दिए । भन्सार महसुल आयात शीर्षकबाट ७३ हजार ९ सय २५, हुलाक सेवा शुल्कबाट २१ लाख २ हजार ५ सय ६८, अन्य क्षेत्रको आयबाट ३४ हजार ५ सय, धरौटी सदर स्याहाबाट ४४ हजार ४ सय २३ र अन्य बाडफाड हुने राजस्व शीर्षकबाट ३ लाख ६५ हजार ८ सय २ सङ्कलन भएको छ ।

हुलाक कार्यालयले तनहँुबाट प्रकाशित हुने ७ वटा दैनिक, ५ वटा साप्ताहिक र ७ वटा एफएम रेडियोलाई नेपाल सरकारको लोककल्याणकारी विज्ञापनको रकम भुक्तानी गर्दै आएको छ ।

जिल्लामा एउटा जल्ला हुलाक कार्यालय, १४ वटा इलाका हुलाक कार्यालय र ३७ वटा अतिरिक्त हुलाक कार्यालयमार्फत सेवा प्रवाह हुँदै आएको भट्टराईले जानकारी दिए । हुलाक कार्यालयले चाँडै नै घरघरमा राहदानी सेवा ढुवानीको कार्यसमेत गर्ने तयारी गरेको छ ।

सेवाग्राहीले राहदानीको फारम भरेर गएपछि केन्द्रबाट राहदानी आएपछि हुलाक कार्यालयमार्फत राहदानी उपलब्ध गराउने सेवा चाँडै नै सुरु हुने कार्यालय भट्टराईले बताए ।

चिठीपत्रको दर्ता चलानी र ढुवानीको सेवा बाहेक जिल्ला हुलाक कार्यालयले द्रुत डाँक सेवा, जिल्लामा सञ्चालित केबल टेलिभिजनको इजाजत नविकरण तथा रोयल्टी लिने सेवा, पाँच सय वाट क्षमतासम्मका एफएम रेडियोको इजाजत नवीकरण रोयल्टी लिने कार्य पनि गर्दै आएको छ ।

यसैगरी टिकट बिक्री, पत्रपत्रिका दर्ता तथा नविकरण, प्रेस प्रतिनिधिको प्रमाणपत्रको नविकरण, जिल्लास्थित सञ्चारगृहले लोककल्याणकारी विज्ञापन प्रकाशन गरे नगरेको यकिन गरि भुक्तानी दिने कार्य, जिल्लाभरका सार्वजनिक निकायको सूचना अधिकारीको विवरण सङ्कलन, अद्यावधिक गर्ने र प्रकाशन गर्ने काम तथा जिल्लाका सार्वजनिक निकायले त्रैमासिकरुपमा प्रकाशन गर्नुपर्ने सूचना प्रकाशित गरे नगरेको बारेमा पनि अनुगमन गर्दै आएको छ ।

भारतीय दूतावासको सहयोगमा विद्यालय भवन

भारतीय दूतावासको सहयोगमा तनहुँको घिरिङ गाउँपालिकामा एक विद्यालय भवन निर्माण गरिएको छ । घिरिङ गाउँपालिका–१ बैडीस्थित दीपक माध्यमिक विद्यालयमा दूतावासको सहयोगमा भवन निर्माण गरिएको हो ।

भारतीय दूतावासको २ करोड १९ लाख ५६ हजारको लागतमा विद्यालय भवन निर्माण गरिएको हो । उक्त भवनको आइतबार जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र भारतीय दूतावासका प्रथम सचिव डा साहिल कुमारले संयुक्तरुपमा उद्घाटन गरेको हो।

सो अवसरमा समन्वय समितिका प्रमुख वाग्लेले नेपालको शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा भारत सरकारको सहयोग महत्वपूर्ण रहेको बताउँदै उनले भने, “जिल्लाको ग्रामीण भेगमा अवस्थित यस विद्यालयको नयाँ भवन निर्माणका लागि भारतीय दूतावासले गरेको सहयोगको जति प्रशंसा गरेपनि कम हुन्छ ।”

भारतीय दूतावासका प्रथम सचिव डा कुमारले नेपालको स्वास्थ्य, शिक्षाको क्षेत्रमा भारत सरकार सदैव सहयोग गर्न प्रतिबद्ध रहेको बताएका थिए भने घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले घिरिङ गाउँपालिकालाई छनौट गरी सुविधासम्पन्न विद्यालय भवन बनाइदिएकामा दूतावासप्रति आभार व्यक्त गरेका थिए ।

नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहज हुने विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद अधिकारीले बताएका थिए । विद्यालयको पुरानो भवनबाट पठनपाठन हुँदै आएको र उक्त भवन साँघुरो रहेकाले पठनपाठनमा असहजता आएकामा नयाँ भवन निर्माण सम्पन्न भएपछि सहज हुने उनले बताएका थिए । 
 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्