Top Navigation
Main Navigation
बिहीबार, जेठ २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, जेठ २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • हुलाक टिकट एक वर्षमा २ लाख थान बिक्री 
हुलाक टिकट एक वर्षमा २ लाख थान बिक्री 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, साउन १६, २०७९
Api Himal

तनहुँ । जिल्ला हुलाक कार्यालय तनहुँले एक वर्षमा २ लाख थानभन्दा बढी टिकट बिक्री वितरण गरेको छ ।

कार्यालयले आर्थिक वर्ष ०७८/७९ मा २ लाख २ हजार ५ सय ५० थान टिकट बिक्री गरेको हो ।

यसअघि बजारका स्टेशनरी पसल, फोटो पसलबाट पनि टिकट बिक्री वितरण हुँदै आएकामा तोकिएको भन्दा बढी मूल्य लिने गरेपछि हुलाकबाट मात्रै टिकट बिक्री हुने गरेको हुलाक कार्यालय तनहुँका प्रमुख मित्रलाल भट्टराईले जानकारी दिएका हुन् ।

साउन महिनामा २५ हजार ८ सय २०, भदौमा २४ हजार ४ सय २०, असोजमा २७ हजार १ सय २०, कात्तिकमा १५ हजार ४ सय ४०, मङ्सिरमा १४ हजार ५ सय २०, पुसमा ८ हजार ४ सय २०, माघमा २१ हजार, फागुनमा १५ हजार २ सय ५०, चैतमा १५ हजार ७ सय ५०, वैशाखमा १० हजार ६०, जेठमा १० हजार १ सय १० र असारमा १४ हजार ६ सय ४० थान टिकट बिक्री भएको छ ।

Nepal Oil Corporation

कार्यालयले एक वर्षको अवधिमा विभिन्न सेवाबाट २६ लाख २१ हजार २ सय ४५ राजस्व सङ्कलन गरेको भट्टराईले जानकारी दिए । भन्सार महसुल आयात शीर्षकबाट ७३ हजार ९ सय २५, हुलाक सेवा शुल्कबाट २१ लाख २ हजार ५ सय ६८, अन्य क्षेत्रको आयबाट ३४ हजार ५ सय, धरौटी सदर स्याहाबाट ४४ हजार ४ सय २३ र अन्य बाडफाड हुने राजस्व शीर्षकबाट ३ लाख ६५ हजार ८ सय २ सङ्कलन भएको छ ।

हुलाक कार्यालयले तनहँुबाट प्रकाशित हुने ७ वटा दैनिक, ५ वटा साप्ताहिक र ७ वटा एफएम रेडियोलाई नेपाल सरकारको लोककल्याणकारी विज्ञापनको रकम भुक्तानी गर्दै आएको छ ।

जिल्लामा एउटा जल्ला हुलाक कार्यालय, १४ वटा इलाका हुलाक कार्यालय र ३७ वटा अतिरिक्त हुलाक कार्यालयमार्फत सेवा प्रवाह हुँदै आएको भट्टराईले जानकारी दिए । हुलाक कार्यालयले चाँडै नै घरघरमा राहदानी सेवा ढुवानीको कार्यसमेत गर्ने तयारी गरेको छ ।

सेवाग्राहीले राहदानीको फारम भरेर गएपछि केन्द्रबाट राहदानी आएपछि हुलाक कार्यालयमार्फत राहदानी उपलब्ध गराउने सेवा चाँडै नै सुरु हुने कार्यालय भट्टराईले बताए ।

चिठीपत्रको दर्ता चलानी र ढुवानीको सेवा बाहेक जिल्ला हुलाक कार्यालयले द्रुत डाँक सेवा, जिल्लामा सञ्चालित केबल टेलिभिजनको इजाजत नविकरण तथा रोयल्टी लिने सेवा, पाँच सय वाट क्षमतासम्मका एफएम रेडियोको इजाजत नवीकरण रोयल्टी लिने कार्य पनि गर्दै आएको छ ।

यसैगरी टिकट बिक्री, पत्रपत्रिका दर्ता तथा नविकरण, प्रेस प्रतिनिधिको प्रमाणपत्रको नविकरण, जिल्लास्थित सञ्चारगृहले लोककल्याणकारी विज्ञापन प्रकाशन गरे नगरेको यकिन गरि भुक्तानी दिने कार्य, जिल्लाभरका सार्वजनिक निकायको सूचना अधिकारीको विवरण सङ्कलन, अद्यावधिक गर्ने र प्रकाशन गर्ने काम तथा जिल्लाका सार्वजनिक निकायले त्रैमासिकरुपमा प्रकाशन गर्नुपर्ने सूचना प्रकाशित गरे नगरेको बारेमा पनि अनुगमन गर्दै आएको छ ।

भारतीय दूतावासको सहयोगमा विद्यालय भवन

भारतीय दूतावासको सहयोगमा तनहुँको घिरिङ गाउँपालिकामा एक विद्यालय भवन निर्माण गरिएको छ । घिरिङ गाउँपालिका–१ बैडीस्थित दीपक माध्यमिक विद्यालयमा दूतावासको सहयोगमा भवन निर्माण गरिएको हो ।

भारतीय दूतावासको २ करोड १९ लाख ५६ हजारको लागतमा विद्यालय भवन निर्माण गरिएको हो । उक्त भवनको आइतबार जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र भारतीय दूतावासका प्रथम सचिव डा साहिल कुमारले संयुक्तरुपमा उद्घाटन गरेको हो।

सो अवसरमा समन्वय समितिका प्रमुख वाग्लेले नेपालको शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा भारत सरकारको सहयोग महत्वपूर्ण रहेको बताउँदै उनले भने, “जिल्लाको ग्रामीण भेगमा अवस्थित यस विद्यालयको नयाँ भवन निर्माणका लागि भारतीय दूतावासले गरेको सहयोगको जति प्रशंसा गरेपनि कम हुन्छ ।”

भारतीय दूतावासका प्रथम सचिव डा कुमारले नेपालको स्वास्थ्य, शिक्षाको क्षेत्रमा भारत सरकार सदैव सहयोग गर्न प्रतिबद्ध रहेको बताएका थिए भने घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले घिरिङ गाउँपालिकालाई छनौट गरी सुविधासम्पन्न विद्यालय भवन बनाइदिएकामा दूतावासप्रति आभार व्यक्त गरेका थिए ।

नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहज हुने विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद अधिकारीले बताएका थिए । विद्यालयको पुरानो भवनबाट पठनपाठन हुँदै आएको र उक्त भवन साँघुरो रहेकाले पठनपाठनमा असहजता आएकामा नयाँ भवन निर्माण सम्पन्न भएपछि सहज हुने उनले बताएका थिए । 
 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विजनेश
सिद्धार्थ बैंकको अनलाइन पेमेन्ट गेटवे सेवा अब विश्वभर
सिद्धार्थ बैंकको अनलाइन पेमेन्ट गेटवे सेवा अब विश्वभर बुधबार, जेठ १, २०८२
हामी एकपछि अर्को सुधारका कदमहरु चाल्दै जान्छौ : अर्थमन्त्री पौडेल
हामी एकपछि अर्को सुधारका कदमहरु चाल्दै जान्छौ : अर्थमन्त्री पौडेल सोमबार, वैशाख २९, २०८२
मुलुक सुरुङमार्गको युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री ओली
मुलुक सुरुङमार्गको युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री ओली आइतबार, वैशाख २८, २०८२
अबैध रुपमा चुरे उत्खनन्, लाखौं राजस्व छलीको आरोप, अनुसन्धान गर्न माग
अबैध रुपमा चुरे उत्खनन्, लाखौं राजस्व छलीको आरोप, अनुसन्धान गर्न माग आइतबार, वैशाख २८, २०८२
जन्मेदेखि मृत्युसम्म करैकर ! जनताले के का लागि तिर्ने कर ?
जन्मेदेखि मृत्युसम्म करैकर ! जनताले के का लागि तिर्ने कर ? बुधबार, वैशाख २४, २०८२
यस्ताे आयाे  आव २०८२/२०८३ नीति तथा कार्यक्रम
यस्ताे आयाे आव २०८२/२०८३ नीति तथा कार्यक्रम शुक्रबार, वैशाख १९, २०८२
कोषले दियो १ अर्ब ५२ करोड थप प्रतिफल
कोषले दियो १ अर्ब ५२ करोड थप प्रतिफल सोमबार, वैशाख ८, २०८२
नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता
नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता मंगलबार, चैत १९, २०८१
नागरिक लगानी कोषले मनायो ३५ औं वार्षिकोत्सव
नागरिक लगानी कोषले मनायो ३५ औं वार्षिकोत्सव सोमबार, चैत ४, २०८१
लाेकप्रिय समाचार
  • नंः १ बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
  • नंः २ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः ३ कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन
  • नंः ४ संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
  • नंः ५ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्