काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक झण्डै ६ अङ्कले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ५ दशमलब ९१ अङ्कले ओरालो लागेर २ हजार ५६ दशमलब ८८ अङ्कमा ओर्लिएको हो ।
ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलब ६८ अङ्कले घटेर ३ सय ९५ दशमलब ७५ मा सीमित भएको छ ।
नेप्से परिसूचकको ओरालो यात्रासँगै कारोबार रकमसमेत सस्तोमा समेटिएको छ । कूल २ सय १८ कम्पनीको ४६ लाख ४० हजार ८ सय ४४ कित्ता शेयर १ अर्ब ९३ करोड ५५ लाख २० हजार १ सय ४७ मूल्यमा खरिद बिक्री भएका छन् ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ ।
बैंकिङ ५ दशमलब ३१, व्यापार ३१ दशमलब ८७, होटल तथा पर्यटन ११ दशमलब ६३, विकास बैंक ७ दशमलब ६१, जलविद्युत् १२ दशमलब ३५, वित्त १६ दशमलब १५, निर्जीवन बीमा ७५ दशमलब ८२, अन्य चार दशमलब ६६, लघुवित्त १५ दशमलब ५१, जीवन बीमा ९ दशमलब ७३ र सामूहिक लगानी कोष ० दशमलब १अङ्कले ओरालो लागेको छ ।
त्यस्तै उत्पादन २७ दशमलब १ र लगानी ० दशमलब ४७ अङ्कले उकालो लागेको छ । आजको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब ३६ अर्ब ७८ करोड २४ लाख २८ हजार ४५३ बराबर रहको छ ।
कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कोषको १० करोड ६८ लाख ७९ हजार ४ सय ६७ बराबरको कारोबार भयो ।
त्यस्तै, शिवम् सिमेन्ट ६ करोड ८८ लाख ४८ हजार १ सय २, हिमालयन डिस्टिलरी ६ करोड ७१ लाख ३७ हजार १ सय ६५, नबिल बैंक ६ करोड ४६ लाख ८९ हजार ४ सय २० र नेपाल दूरसञ्चार कम्पनी ४ करोड ६८ लाख ६१ हजार २ सय २६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार हिमालयन हाइड्रोपावर ९ दशमलब ९७, युनिलिभर नेपाल ४ दशमलब ३०, सिटिजन म्युचुअल फण्ड ४, विन नेपाल लघुवित्त ३ दशमलब ५२ र उपकार लघुवित्तका लगानीकर्ताले २ दशमलब ८२ अङ्कले कमाएका छन् ।
त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स ९ दशमलब ९९, हिमालयन पावर पार्टनर ३ दशमलब ७२, गुडबिल फाइनान्स ३ दशमलब ४५, सिद्धार्थ इक्विटी फण्ड ३ दशमलब ३१ र लक्ष्मी लघुवित्तका लगानीकर्ताले ३ दशमलब २६ प्रतिशतले गुमाएका छन् ।