Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • राज्यले लगानी नगर्दासम्म सार्वजनिक यातायातमा परिवर्तन हुँदैन :  कार्यकारी निर्देशक गजुरेल
राज्यले लगानी नगर्दासम्म सार्वजनिक यातायातमा परिवर्तन हुँदैन :  कार्यकारी निर्देशक गजुरेल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, साउन ३०, २०७९
Api Himal

नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् ।

सरकारले यस क्षेत्रमा कम लगानी गरेर सबै जिम्मा निजी क्षेत्रको जिम्मामा छाडेको छ । विकृति र विसङ्गति उत्तिकै छ । नेपालमा ठूलाठूला राजनीतिक परिवर्तन भए तर कहिल्यै परिवर्तन हुन नसकेको क्षेत्रका रुपमा यातायात क्षेत्रलाई लिइन्छ।

समस्यै समस्याको चक्रव्यूहमा फसेको यस क्षेत्रलाई नयाँपन दिन र लगानी बढाउनेतर्फ राज्यको ध्यान पुग्न सकेको छैन। विगतमा काठमाडौँ उपत्यकाभित्र विद्युतीय सवारीका रुपमा ट्रली बस चल्थ्यो भने देशका मुख्य शहरहरुमा साझा यातायातका बस पुग्थे । नागरिकले सेवा पनि पाएका थिए । ती विषय अब इतिहास भइसकेका छन् ।

पछिल्ला दिनमा सार्वजनिक यातायात क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्छ भनेर आवाज उठाउने मानिस समेत कमै मात्र भेटिन्छन् कोही कसैले पनि यस क्षेत्रलाई ध्यान नै दिएको छैन ।

Nepal Oil Corporation

जर्मनीबाट सार्वजनिक यातायातको क्षेत्रमा अध्ययन गरेर फर्कनु भएका आशिष गजुरेलले यस क्षेत्रको सुधारका लागि लामो समयदेखि बोल्दै र लेख्दै आएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक समेत रहेका गजुरेलसँग गरेको अन्तरवार्ताको संक्षिप्त अंश :

नेपालको सार्वजनिक यातायात प्रणालीमा आधारभूत रुपमा परिवर्तन हुन सकेको छैन । विगतमा जस्तो थियो, अहिले पनि उस्तै छ, यसलाई कसरी सुधार गर्न सकिन्छ होला ?

सार्वजनिक यातायात विगतको भन्दा सुदृढ भएको छैन । त्योभन्दा बिग्रेको छ, राम्रो भएको छैन । सार्वजनिक यातायातलाई शहरको महत्वपूर्ण पाटो हो भनेर कहिल्यै पनि हेरेनौँ । निजी सवारी साधन खरिद गर्नुपर्दो रहेछ, त्यसबाट आरामदायी यात्रा गर्न सकिन्छ भनेर मात्रै राज्यले सिकायो । नीति पनि यस्तै भयो । नेपालभित्र ४० लाख बढी सवारी साधन दर्ता भएका छन् । हरेक वर्ष १५ प्रतिशतले दरले वृद्धि भएको छ । सार्वजनिक यातायात महत्वको क्षेत्र बन्न सकेन । यसको महत्वका बारेमा कोही कसैले बुझाउने प्रयास नै भएन । सार्वजनिक यातायातमा आकर्षण बढेन ।

यससम्बन्धी योजना बनाउनेहरु नै निजी सवारी साधन प्रयोग गर्छन् । ठूलो ओहोदामा बस्नेलाई यातायात कार्यालयले सवारीसाधन उपलब्ध गराउँछ, या त आफैँ निजी सवारीसाधन चढ्छन्र । व्यवसाय गर्नेले पनि निजी सवारी साधन नै प्रयोग गर्छ । कहीँ कतैबाट पनि सार्वजनिक सवारी साधनको विकास गर्नुपर्छ भन्ने भएन । नेता, मन्त्रीले सार्वजनिक यातायात प्रयोग गरेको भए, समस्या बुझ्थ्याे र यसको विकास गर्नुपर्छ भन्ने हुन्थ्यो । हाम्रो बुझाई के हो भने सार्वजनिक यातायात पैसा नहुने गरिब दुःखीले चढ्ने साधन हो भन्ने मात्रै रह्यो । पैसा हुने बित्तिकै मोटरसाइक, कार किनौ, शान नै बढ्छ भन्ने सोचाइले काम गरेको छ । यो सोचमा परिवर्तन नहुँदासम्म यस क्षेत्रको विकास हुन सक्दैन । 

सार्वजनिक यातायातमा हाल देखिएको समस्याहरु के के होलान् ?

सार्वजनिक यातायात एउटा सोचमा रहेर विकास गर्नुपर्छ । यो भरपर्दो, सुरक्षित, सस्तो हुनुपर्छ । यो कुरा सार्वजनिक यातायातको आधारभूत मूल्य र सोच हो । यसैमा हामी चुकिरहेका छौँ । विश्वसनीय छ त ? छैन । भनेको ठाउँमा सार्वजनिक यातायात पाउँदैनौँ । जबसम्म यात्रु भरिदैन, तबसम्म रोकेर राख्ने प्रचलन छ । विश्वसनीय नै छैन, आरामदायी छैन र सुरक्षित पनि छै । कोचाकोच गरेर यात्रु राखिएको छ । दुर्घटना भएको खबर पनि उत्तिकै आइरहेको छ । पकेटमारको बिगबिगी छ । रोग फैलने जोखिम पनि छ । हामीले खोजेजस्तो केही छैन । राज्यले यातायातलाई सेवा क्षेत्र भनेर घोषणा गर्नुपर्नेमा यो त व्यवसाय हो भनेर त्यत्तिकै छाडिदिएको छ । यसमा निजी क्षेत्रलाई लगानी गर्नुस्, नाफा कमाउनुस् भनेर त्यत्तिकै छाडेको छ । हाम्रोमा एउटा सोचमा रहेर चलाउने भन्ने नै भएन । यो क्षेत्र राज्यको लगानी र नियन्त्रणमा हुनुपर्छ । आज नियन्त्रण पनि छैन, लगानी पनि न्यून छ । यस क्षेत्रमा रहेको अवधारणालाई नै हामीले प्रयोग गर्न सकेका छैनौँ।

तपाईले सरकारको लगानीको कुरा गर्नुभयो । अहिले हेर्ने हो भने यस क्षेत्रमा निजी क्षेत्रको मात्रै ठूलो लगानी छ । यो सन्दर्भमा सरकारले कसरी यसलाई व्यवस्थित बनाउन सक्ला र त्यसका आधारहरु के के हुन सक्लान् भन्ने लाग्छ यहाँलाई ?

राज्यले निजी क्षेत्रलाई लगानी गर्नुस् नाफा कमाउनुस् भनेको छ । एउटा सवारीसाधन दर्ता गर्दा र सवारी चालक अनुमतिपत्र दिँदा मात्रै भूमिका देखाएको छ । रुट परमिटर र भाडा दर पनि नेपाल सरकारले तोकेअनुसार हुने भनिएको छ । त्यसबाहेक अरु कुनै पनि भूमिका राज्यको छैन । समय तालिका छैन । कति बजेदेखि कति बजेसम्म चलाउने, के कति मात्रामा यात्रु राख्ने भन्ने  व्यवस्था छैन । भए पनि कार्यान्वयन भएको छैन । निजी क्षेत्रले चाहेको बेलामा सवारी साधन निकाल्न सक्ने भयो, नचाहेको बेलामा थन्क्याउन सक्ने भयो। यात्रुले कहिल्यै पनि सेवाको प्रत्याभूति पाउन सकेका छैनन् । अरु देशको सफल उदाहरण हेरेर यहाँ कार्यान्वयन गर्ने गराउने हो । विगतदेखि भन्दै आएका छौँ, एउटा सार्वजनिक यातायात प्राधिकरण खडा गर्ने । त्यसबाट नै देशभर नै विस्तार गर्न सकिन्छ । अन्य देशहरुको ठूलो ठूलो शहरमा आआफ्नै प्राधिकरण हुन्छ । हाम्रोमा पहिले काठमाडौँ उपत्यकामा सुरु गरौँ र विस्तारै अन्य क्षेत्र र सहरमा विस्तार गर्न सकिन्छ । यसको अनुभवले पनि काम गर्छ । प्राधिकरणभित्र सार्वजनिक यातायात कम्पनी खडा गर्नुपर्छ । त्यसमा राज्य र निजी क्षेत्र दुवैले लगानी गर्नुपर्छ । निजी व्यवसायीले पनि आफ्नो सम्पत्तिको आधारमा सो कम्पनीको शेयरधनीका रुपमा रहन सक्छन् । निश्चित मुनाफा हुने हिसाबले राज्यले अनुदान दिएर चलाउनुपर्छ । एकीकृत समय तालिका हुनुपर्छ । टिकेटिङ सिस्टम, रुट तथा अन्य सबै जे जति विषय र क्षेत्र समेटिनुपर्छ, त्यो सबै त्यसैमा एकीकृत गर्नुपर्छ । माग र आपूर्तिका आधारमा सो कम्पनीले काम गर्नुपर्छ । कति बस छन्, कस्ता रुटमा कस्तो बस चलाउने हो भनेर दिशा निदृष्ट गरेर चलाउनुपर्छ । राज्यले पनि अहिले आएर यो विषय विचारणीय नै रहेछ भनेर प्राधिकरण बनाऔं भनेर लागेको छ ।

तपाइँले जर्मनीमा बसेर सार्वजनिक यातायातकै विषयमा अध्ययन गर्नुभयो। विश्वकै राम्रो सार्वजनिक यातायात प्रणाली भएको क्षेत्रका रुपमा युरोपलाई लिइन्छ ? त्यहाँको अनुभवका आधारमा नेपालका तत्काल सुधार गर्न सकिने विषयहरु के कस्ता छन् ?

युरोप भनेको सार्वजनिक यातायातका लागि नमूना नै हो । युरोपले सार्वजनिक यातायातलाई प्राथमिकता दिएको छ । जर्मनीलाई संसारभरकै उदाहरण लिने गरिन्छ । जर्मनीमा सार्वजनिक यातायात प्राधिकरण गठन गरी काम अगाडि बढाए । जर्मनीमा राज्यले अनुदान पनि दिन्छ । उनीहरुको नीति अनुसार सञ्चालन खर्चको ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरिएको छ । सार्वजनिक यातायात भनेको नाफा कमाउने क्षेत्र होइन भन्नेमा उनीहरु प्रष्ट छन् । यातायात प्रणालीलाई विकास गरियो भने यसले अन्य क्षेत्रको विकासमा सहयोग गर्छ भन्नेमा उनीहरुको बुझाइ छ । अन्य क्षेत्रबाट फाइदा लिन सकिन्छ । सस्तोमा चलाएर व्यवस्थित गरेको छ । अमेरिकामा भने निजी सवारी साधनलाई प्राथमिकता दिएको छ । सोही अनुसारको सडक बनाएको छ । हाल भने अमेरिकाले पनि सार्वजनिक यातायातको विकास गर्न थालेको छ । भारतको राजधानी नयाँ दिल्लीमा राज्यले लगानी गरेर सेवा दिएको छ । मेट्रो बनाएर सेवा उपलब्ध गराएको छ । हाम्रो जस्तो देशमा पनि राज्यले नै लगानी गरेर नियन्त्रण गर्नुपर्छ ।

नेपालमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने भन्दै सडक विस्तारको अभियान पनि चलिरहेको छ । सडक विस्तार र सार्वजनिक यातायातलाई सहज बनाउने विषयमा एक अर्कामा अन्तरनिर्भर छ भन्ने लाग्छ यहाँलाई ? 

सडकमा किन सवारी चाप बढी हुन्छ भन्ने कुराबाट नै हेरौ । यो माग र आपूर्तिको सन्तुलनको विषय हो । सडकमा धेरै सवारी साधन छन् । सडकको क्षेत्र कम छ । सोही आधारमा पालो कुर्नपर्छ । पालो पर्खने भनेको चाप हो । सडक चौडा गरेर दीर्घकालीन रुपमा समस्याको समाधान हुँदैन । यो केही समयका लागि व्यवस्थापन गर्छ । चौडा सडक बनायो, केही समयका लागि ट्राफिक चाप हुँदैन । बानेश्वरको सडक आठ लेनको छ । भक्तपुरको सडक छ लेनको छ । केही समय ती सडकमा चाप नै भएन । त्यसले त झनै मानिसलाई निजी सवारी साधन खरिद गर्नलाई प्रेरित गर्‍यो । राम्रो सडक छ, राम्ररी चलाउन पाइयो भन्ने भयो। त्यसपछि बढेको सडक पनि सानो भयो ।

काठमाडौँ उपत्यकामा बेलाबेला मेट्रो रेलको विषय पनि मुख्य भएर आउँछ, कहिले सेलाउँछ पनि । तपाईको विचारमा काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि मेट्रो रेल नै उपयुक्त विकल्प हो त ?

यातायात क्षेत्रको इञ्जिनीयरिङका आधारमा हेर्दा, कुनै शहरको जनसङ्ख्या ३० लाख माथि गयो भने त्यसलाई व्यवस्थित गर्न रेल सेवा नै आवश्यक हुन्छ भन्ने सिद्धान्त छ । काठमाडौँको जनसङ्ख्या नै पछिल्लो जनगणनाअनुसार ३० लाख छ । त्यो बाहेक आउने जाने जनसङ्ख्या थप १० लाख छ । यो हुँदा, हामीले खोजेअनुसार मेट्रो रेलमा नै जानुपर्छ । हामी ढिलो भइसकेका छौँ । मोनो रेलमा त जानै हुन्न । यो संसारभर नै असफल भइसकेको छ । काठमाडौँमा मोनो रेल ठीक छैन ।  हामीले तत्काल मेट्रोको सपना देख्नुभन्दा पनि भएका बस तथा सवारी साधनलाई व्यवस्थित बनाउन लाग्नुपर्छ । ठूलाठूला बस सञ्चालन गर्नुपर्छ । दीर्घकालीन रुपमा मेट्रोमा जानुपर्छ । स्थानीय निकायले त्यो बनाउन सक्दैन । सङ्घीय सरकारले बनाउनुपर्छ । स्थानीय निकायले सहयोग गर्नुपर्छ । प्राविधिक रुपमा पनि जटिल परियोजना हो यो । वित्तीय रुपमा पनि यो महंगो हुन्छ । प्रतिकिलोमिटर लागत नै रु १० अर्ब बराबर हुन्छ । अन्य क्षेत्रको विकासलाई हेरेर यस क्षेत्रमा लगानी गर्नुपर्छ। 

मेट्रो बनाउनुअघि काठमाडौँ उपत्यकाभित्र के कसरी ठूला बस सञ्चालन गर्न सकिएला ?

काठमाडौँ उपत्यकाको सडकलाई तीन वटा तहमा विभाजन गरिएको छ । त्यसमा प्राइमरी, सेकेण्डरी र टर्चरी रुट भनिएको छ । प्राइमरी रुटमा ठूला बस चलाउनुपर्छ । सेकेण्डरी रुटमा मिनिबस चलाउने र टर्चरी रुटमा माइक्रो, मिनी बस र ट्याम्पु चलाएर व्यवस्थित गर्न सकिन्छ । हाम्रो मागअनुसार नै सङ्ख्या र समय मिलाउन सकिए केही हदसम्म व्यवस्थापन गर्न सकिन्छ।

सार्वजनिक यातायातमा संलग्न रहेका मजदुरको विषय पनि उत्तिकै महत्वपूर्ण छ । उनीहरुलाई यस क्षेत्रको काम पनि उत्तिकै महत्वपूर्ण हो भन्ने कुराका ज्ञान दिँदै उनीहरुलाई वित्तीय रुपमा सबल बनाउनेतर्फ कसरी अगाडि बढ्न सकिन्छ?  

राज्यले नै यस क्षेत्रमा  के कति रोजगारी सिर्जना हुन्छ भनेर हेर्नुपर्छ । कानूनले पनि आठ घण्टा बढी काम गर्नु हुँदैन भनेको छ । यातायात क्षेत्रमा त यो विषय भयावह नै छ । एउटा चालकले २५० किलोमिटर अथवा छ घण्टा मात्रै सवारी चलाउने व्यवस्था गरेको छ । तर, त्यसलाई लागू गर्ने हो । चालक सहचालकको न्यूनतम् पारिश्रमिकको प्रबन्ध गरिनुपर्छ । चालकको व्यवस्थित छ तर सहचालकको भने छैन । चालकहरुले नसुतीनसुती सवारी चलाएका हुन्छन् । व्यवसायीले चलाउनै पर्ने भनेर दबाव दिएको हुन्छ । यसका लागि निश्चित मापदण्ड बनाउनुपर्छ । रोजगारी पाउनेले सबै सुविधा पाउनुपर्छ । राज्यको नियन्त्रण र लगानी नै हुनुपर्छ ।

बेलाबेलामा काठमाडौँ उपत्यकामा साइकल लेनको विषय पनि उठ्ने गरेको छ । यसबाट सार्वजनिक सवारी प्रणालीमा केही सुधार हुन सक्छ ?

साइकल लेन बनाउने कुरा आफैँमा राम्रो र महत्वपूणर् विषय हो । सम्भव पनि छ । तर, काठमाडौँ उपत्यकाभित्रको भुगोल हेर्दा भने सम्भवना नहुन पनि सक्छ । साइकल शहर भनेर किसित गर्न सक्छौ । हामीले शहरलाई कस्तो बनाउने भन्ने विषयबाट यो कुरा शुरु हुन्छ । सार्वजनिक यातायात प्रेमी शहर बनाउने हो कि निजी सवारी साधनमैत्री बनाउने हो कि रु साइकलमैत्री बनाउने भन्ने निर्धारण हुनुपर्छ । जोखिम कम गरी शहरको विकास गर्नुपर्छ । तर, जोखिम कम हुने गरी सडक बनाउनुपर्छ । साइकल सिटी बनाउन सक्छौँ। पैदलयात्री, साइकलयात्री र सार्वजनिक सवारीलाई पनि उत्तिकै ध्यान दिनुपर्छ ।

नेपालमा सवारीसाधनको दुर्घटनाका कारण ज्यान जानेहरुको सङ्ख्यामा बढोत्तरी भइरहेको छ ? तपाईको विचारमा दुर्घटना बढ्नुको पछाडिको खास खास कारणहरु के के हुन सक्छन् ?

यसमा विभिन्न कारणहरु छन् । जस्तै, सडक पूर्वाधार सुरक्षित छ कि छैन भन्ने हो । हामीले चढ्ने सवारी साधन तन्दुस्त अवस्थामा छ कि छैन भन्ने पनि हो । निजी सवारी साधन कन्डिसनमा राख्छौँ । सार्वजनिक सवारी साधनमा हामी त्यो देख्दैनौँ । हामीलाई प्रत्याभूति पनि छैन । नियम कानून पनि लागू भएको छैन । त्यसलाई कति मानेका छौ भन्ने पनि रह्यो । सडक प्रयोगकर्ताको अनुशासन पनि त्यसैमा जोडिएर आउँछ । चिल्लो सडक भएर मात्रै सुरक्षित हुन्छ भन्ने होइन । सुरक्षित सडकको आफ्नै मापदण्ड हुन्छ । हामीले सडकलाई विभिन्न मापदण्डमा राखेका छौँ । नेपालमा अधिकांश राजमार्ग शहरी क्षेत्रबाट गएको छ । त्यसलाई हामीले राजमार्गको हिसाबले डिजाइन गरेका छौ । ग्रामीण सडकमा डोजर इन्जिनीयरिङका आधारमा खनिएको छ । सडकमा रेलिङ राखिएको छैन । त्यो मात्रै हुने हो भने पनि दुर्घटनामा मृत्युदर कम हुन्छ ।

अधिकांश सडक पहाडी क्षेत्रमा छन् । यस्तै, भिजिविलिटीको विषय पनि जोडिन्छ, असाध्यै ठूलो उकालो हुन्छ । खाल्डाखुल्डी पनि उत्तिकै छ । सवारी साधनको अवस्था पनि उत्तिकै महत्वपूणर् छ । राज्यले सवारी साधनको मर्मत गरेको प्रमाणपत्रका आधारमा नवीकरण गर्ने व्यवस्था गर्न सक्दछ । हेल्मेट लगाउने पनि प्रहरीका लागि हो भन्ने अवस्था छ । सवारी साधन सडकमा निकालेपछि हामी सबैलाई हतार पनि उत्तिकै हुन्छ । तीव्र गतिका कारण पनि क्षति उत्तिकै बढेको छ । सडक भनेको सार्वजनिक थलो हो, यसमा सबैको उत्तिकै अनुशासन हुन्छ । यसबारेमा कोही कसैले ध्यान दिइएको छैन । सार्वजनिक सवारी साधन चलाउने पनि सोच्नुपर्ने विषय छ । दुर्घटनापछिको उद्धार गर्ने विषय पनि उत्तिकै गाह्रो छ । अनेकन असावधानीका कारण वार्षिक रुपमा दुई हजारदेखि दुई हजार पाँच सय बराबरको ज्यान जाने गरेको छ ।

शहरी क्षेत्रमा राखिएका ट्राफिक बत्ती बाल्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ, तर हाम्रोमा ट्राफिक बत्ती बाल्नका लागि भन्दा पनि देखाउनका लागि राखिएको जस्तो भएको छ, यसलाई सञ्चालन गर्ने आधार के के हुन् ? किन प्रभावकारी बन्न सकेको छैन, ट्राफिक बत्ती ?

बत्तीले काम गरेन, यो भन्दा म नै प्रभावकारी हो भन्ने सोचाइले घर गरेको छ । ट्राफिक प्रहरीले पनि यसले काम गर्दैन भन्ने गरेका छन् । यो एउटा सोच हो, विस्तारै प्रभावकारी बनाउन सकिन्छ । विभिन्न समयमा ट्राफिक लाइटको समयसीमा निर्धारण गर्नुपर्छ । हरेक चोकमा लाइट हुनुपर्छ । सबै एकीकृत रुपमा चल्नुपर्छ । बत्तीको ग्रीन साइकल, रेड साइकल हुनुपर्छ । सामान्यतया ग्रीन लाइनमा गइयो भने तीन वटासम्म चोक पार गर्ने हुनुपर्छ । सबै चोकमा राखेर एकीकृत रुपमा चलाउनुपर्छ । हाम्रो समाधान नै यही हो । ढिला नगरौ, चाँडै नै यसलाई लागू गरौँ । 

कानुनी रुपमा केही कमजोरी भएर पो सार्वजनिक सवारी प्रणालीमा सुधार आउन नसकेको हो कि भन्ने तपाईलाई लाग्छ कि ?

मैले कानुनी रुपमा बाधा परेको देखेको छैन । कानुन नभएर समस्या भएको होइन । त्यसलाई कार्यान्वयन गर्ने विषय नै महत्वपूणर् हो । समयसापेक्ष सुधार गर्नुपर्ने केही विषय भए, त्यसलाई क्रमशः अगाडि बढाउनुपर्छ । 

विस्तार भइरहेका नयाँ शहरमा यातायात प्रणालीलाई व्यवस्थित बनाउनका लागि सरकार र राज्यका तर्फबाट तत्काल नै चाल्नुपर्ने कदमहरु के कस्ता होलान् ? काठमाडौँ उपत्यकामा देखिएको विकृति अन्यत्र पनि विस्तार हुने खतरा बढेर गएको छ । यसलाई रोक्न के गर्नुपर्ला ?

हामी सिक्ने सवालमा एकदमै कमजोर छौँ । काठमाडौँमा यस्तो समस्या भोगिरहेका छौँ, त्यसबाट पोखरा महानगरले सिकेको छ त भन्दा छैन । विराटनगर, भरतपुरले पनि सिकेको छैन । सोचेको छैन । सार्वजनिक यातायातको विकासका लागि योजना, सोच नै छैन । यातायात क्षेत्रमा ध्यान दिइएको छैन । सबै क्षेत्रलाई ध्यानमा राखेर गुरुयोजना बनाउनुपर्छ । राजनीतिक नेतृत्वले पनि घरघरै बाटो पुर्‍याइदिन्छु भन्ने गरेका छन् । सडक कहाँ कसरी बनाउने, यातायात कसरी चलाउने भन्ने कुनै योजना नै छैन । शहरी पूर्वाधार कस्तो बनाउने भन्ने विषयमा ध्यान दिनुपर्छ । यसतर्फ कोही कसैले ध्यान दिएको अवस्था छैन । विकृति विस्तार हुने क्रममा छ । समयमै ध्यान दिनु जरुरी छ ।

राजनीतिक नेतृत्व र उच्च ओहोदामा रहेका व्यक्तिलाई सार्वजनिक सवारी साधनमा यात्रा गर्ने बनाउन के गर्नुपर्ला? किन चढ्दैनन् त उनीहरु सार्वजनिक सवारी साधनमा ?

विगतमा उहाँहरुको विकल्प थिएन ।  नचढी सुखै थिएन । आम्दानी थिएन सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था पनि थिएन । थोरै कमाई हुने, कमजोर वर्गले यो हाम्रा लागि हो भन्ने सोचेको छ । पैसा हुने कमाई हुने वर्गले भन निजी सवारीसाधन नै हाम्रा लागि हो भन्ने सोचेको छ । सार्वजनिक यातायातमा चढ्यो भने  त इज्जत नै जान्छ भन्ने छ । सोचमा नै परिवर्तन गर्नुपर्छ । राज्यले लगानी गरेर स्तरीय सेवा दिने हो भने आकर्षण बढ्छ । समयमा नपुग्ने, खाँदाखाँद मान्छे राख्ने, व्यवहार पनि राम्रो नभएकाले पनि आकर्षण बढाउन सकिएको छैन । निजी सवारी साधनमा असहज हुन्छ भन्ने दिन आउनुपर्छ । रातभरि सवारीसाधन पाउने व्यवस्था हुनुपर्छ । तयसका लागि नेतृत्व नै ध्यान दिनुपर्छ । विगतमा नेताहरु नारायणकाजी श्रेष्ठ सार्वजनिक साधनमा चढ्नुहुन्थ्यो । चित्रबहादुर केसी पनि नियमित रुपमा नै सार्वजनिक सवारी साधन चढ्नुहुन्छ । अरुले पनि यसबाट सिक्न जरुरी छ ।

काठमाडौँको सवारी चाप कसरी हटाउन सकिएला ? त्यसको केही उपायहरु छन् ?

बिगार्ने बिगार्ने अनि एक झट्कामा समाधान गर्ने भन्ने कुनै उपाय छैन । ट्राफिक चापको समाधान गर्ने उपयुक्त विकल्प भनेकै सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्ने हो । अरु कुनै विकल्प छैन । सडक चौडा गरेर हेर्‍यौँ । तर, समाधान भएन । सार्वजनिक यातायातलाई प्रभावकारी अरामदायी बनाइयो र व्यवस्थित बनाउन सकियो भने जाम हटाउन सकिन्छ। निजी सवारी साधनप्रतिको आकर्षण क्रमशः कम गर्दै जानुपर्छ । त्यसो भए मात्रै जाम पनि कम हुन जान्छ । काठमाडौँको जाम हटाउन सकिन्छ ।

अन्त्यमा सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि के गर्नुपर्ला ?

यातायात प्राधिकरण स्थापना गरौँ । सार्वजनिक यातायात कम्पनीमार्फत सञ्चालन गरौँ । राज्यको लगानी त्यसमा बढाऔंँ । यात्रुमैत्री, आरामदायी एवम् भरपर्दो बनाऔँ । त्यसो भएमात्रै यस क्षेत्रमा सुधार हुन सक्छ ।


 

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  १४:५०
##AashishGajurel
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप सम्वाद
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल सोमबार, जेठ १३, २०८२
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान सोमबार, मंसिर १०, २०८१
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे मंगलबार, असोज १, २०८१
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे आइतबार, असार १६, २०८१
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली शुक्रबार, असार १४, २०८१
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई शुक्रबार, असार ७, २०८१
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी शनिबार, जेठ १२, २०८१
डमी संसदीय प्रणाली हाबी भइरहेको छ : नागिना यादव
डमी संसदीय प्रणाली हाबी भइरहेको छ : नागिना यादव शनिबार, चैत २४, २०८०
शक्ति र पहुँचका आधारमा बजेट नछुट्याइयाेस् : सांसद शाह
शक्ति र पहुँचका आधारमा बजेट नछुट्याइयाेस् : सांसद शाह शनिबार, चैत ३, २०८०
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्