Top Navigation
Main Navigation
आइतबार, पुस २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, पुस २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस् : सशस्त्र प्रहरी प्रवक्ता थापा    
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस् : सशस्त्र प्रहरी प्रवक्ता थापा    
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, पुस २६, २०८२

काठमाडौँ । यतिबेला मुलुक प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको छ ।

नेपाल सरकार, निर्वाचन आयोग, सबै सुरक्षा निकाय, राजनीतिक दल र सरोकार भएका पक्षले निर्वाचनका लागि आफ्नातर्फबाट तयारी गरिरहेका छन्।

एकीकृत सुरक्षा रणनीतिअनुसार सुरक्षाको दोस्रो घेरामा रहने सशस्त्र प्रहरी बल नेपालले पनि आफ्नो तयारीलाई तीव्रता दिएको छ। उक्त तयारीका सम्बन्धमा सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापासँग कुराकानीको सम्पादित अंशः

मुलुक निर्वाचनको सम्मुखमा छ, सशस्त्र प्रहरी बलको बुझाइमा शान्ति सुरक्षाको अवस्था कस्तो छ ?

मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुद छ । प्रमुख सुरक्षा सङ्गठनको हैसियतमा सशस्त्र प्रहरी बल नेपालले अन्य सुरक्षा निकायसँग समन्वयका साथ कार्य गर्दै आइरहेको छ । मुलुक निर्वाचनमय भइसकेको छ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्षरुपमा सम्पन्न गर्न सिङ्गो सङ्गठन क्रियाशील भइसकेको छ। निर्वाचन प्रहरी भर्नाको प्रक्रिया सुरु भएको छ। सशस्त्र प्रहरी ‘हेडक्वार्टर’, बाहिनी र जिल्लास्तरमा निर्वाचन सेल गठन गरेर अनुशिक्षण तालिमलगायत आवश्यक बन्दोवस्त गरिसकेका छौँ।

निर्वाचनलक्षित सुरक्षा रणनीति के कस्तो अवलम्बन गरिएको छ ?

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सम्पूर्ण सुरक्षा रणनीतिहरु तयार भइसकेको छ । सोही रणनीतिअनुसार चारवटै सुरक्षा फौज आपसी सहयोग र समन्वयका साथ अघि बढ्नेछन्। हामीसँग अप्ठ्यारो परिस्थितिमा यसअघि निर्वाचन सफल गराएको अनुभव छ। तीनै अनुभव र वर्तमान आवश्यकतालाई सम्बोधन गर्दै तदअनुरुप सुरक्षा व्यवस्था मिलाइने छ।

निर्वाचनमा हुनसक्ने सम्भावित चुनौतीलाई कसरी हेरिएको छ ?

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ। सोहीअनुरुप बाहिनी र जिल्लामा आवश्यक तैनाथी मिलाइएको छ। केन्द्रमा दुई प्लटुनलाई ‘स्पेसल टास्क फोर्स’ ९एसटिएफ०का रुपमा तयारी अवस्थामा राखिएको छ।

हरेक बाहिनीमा एक–एक प्लटुन ‘क्विक रियाक्सन टिम’को व्यवस्था गरिएको छ। यस्तै मोबाइल स्ट्राइकिङ, क्विक रेस्पोन्स टिम र तैनाथी टोलीहरु बाहिनी, गणमा मौज्दातमा राखेर सोहीअनुसार परिचालित गर्ने नीति बनाइएको छ। निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सुरक्षा रणनीति तयार छन् । सोहीअनुसार सशस्त्र प्रहरी परिचालित भइसकेको छ। सुरक्षाको सबालमा कुनै ‘कम्प्रोमाइज’ हुँदैन।

निर्वाचनका समयमा सशस्त्र प्रहरी बलका कति जनशक्ति खटिन्छन् ? 

निर्वाचनमा सशस्त्र प्रहरीतर्फ ३४ हजार ५७६ जना र १५ हजार ११० ‘निर्वाचन प्रहरी’ गरी कूल ४९ हजार ६८६ जना परिचालित हुन्छन्। आवश्यक जनशक्ति अभावका कारण निर्वाचन प्रहरी लिन लागिएको हो। सुरक्षा चुनौतीलाई मध्यनगर गरी अन्य सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मजबुद बनाउने कार्य भइरहेको छ ।

निर्वाचनका समयमा असहज स्थिति बनेको खण्डमा कसरी व्यवस्थापन गर्नुहुन्छ ?

निर्वाचनमा सशस्त्र प्रहरीले दोस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्ने हो । जिल्ला सुरक्षा समिति र अन्य सुरक्षा निकायसँगको समन्वयमा सशस्त्र प्रहरी परिचालन हुन्छ । निर्वाचनको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन उच्चसतर्कता अपनाएका छौँ। जुनसुकै अवस्थामा पनि सशस्त्र प्रहरी १० मिनेटभित्र घटनास्थलमा पुग्नेगरी परिचालित गरेका छौँ ।

जेनजी आन्दोलनका क्रममा फरार कैदी र लुटिएका हतियारलाई मुख्य सुरक्षा चुनौतीका रुपमा विश्लेषण गरिएको छ। यसलाई सशस्त्र प्रहरीले कसरी लिएको छ ?

नेपाल प्रहरी र अन्य सुरक्षा निकायसँग समन्वयमा सशस्त्र प्रहरीले काम गरिरहेको छ । सुरक्षा चुनौतीका विषय पहिचान गरिसकेका छौँ। फरार कैदी र लुटिएका हतियार उल्लेख्य सङ्ख्यामा नियन्त्रणमा आइसकेका छन्। प्रश्न उठाइएको जस्तो सुरक्षा चुनौती हुन्न।     
     
पछिल्लो समय सुरक्षा फौजको मनोबलको विषय उठाइएको छ। के बाहिर टिप्पणी भएजस्तै अवस्था हो र ?

सशस्त्र प्रहरी बलको मनोबल हिजो पनि उच्च नै थियो । आज पनि उच्च नै छ र भोलि पनि उच्च नै हुनेछ। राष्ट्र र जनताप्रति समर्पित सुरक्षाकर्मीको मनोबल खस्केको छैन । विगतका अनुभवका आधारमा आसन्न निर्वाचनलाई सफल बनाउन उच्च मनोबलका साथ खटिएका छौँ। निर्वाचनको जिम्मेवारी सहज रुपमा पूरा गर्छौँ।

सशस्त्र प्रहरी मातहत खटिने १५ हजार निर्वाचन प्रहरीको भूमिका कस्तो रहन्छ ?

सशस्त्र प्रहरी बलले १५ हजार ११० निर्वाचन प्रहरी लिन लागेको छ। निर्वाचन प्रहरी छनोट भइसकेपछि सशस्त्र प्रहरीलाई चाहिएको जनशक्ति उपलब्ध हुने हो । उनीहरुलाई १० दिनको तालिम दिएर परिचालन गर्छौँ। उनीहरुलाई सशस्त्र प्रहरीले नै कमाण्ड गर्नेछ। १२ जना रहने एउटा मोबाइल टोलीमा सात जना सशस्त्र प्रहरी र पाँच जना निर्वाचन प्रहरी हुनेछन्। उनीहरुले मतदानस्थलसम्म पुगेर सुरक्षा प्रदान गर्नेछन्।     
     
सशस्त्र प्रहरी बलको प्रमुख जिम्मेवारी सीमा सुरक्षा पनि हो । निर्वाचनको समयमा सीमा क्षेत्रबाट हुनसक्ने अवाञ्छित क्रियाकलाप रोक्न के–कस्तो तयारी गरिएको छ ? 

सशस्त्र प्रहरी बल तोकिएका १४ वटा ‘म्याण्डेड’अनुसार सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व चुहावट नियन्त्रण र विपद् व्यवस्थापनलाई प्रमुख कार्यभार मानेर परिचालित भएको छ । निर्वाचनसँगै अन्य समयमा पनि सीमालाई कसरी व्यवस्थित र सुरक्षित बनाउन सकिन्छ भनेर काम भइरहेको छ।

निर्वाचनका समयमा कुनै पनि घटना नहोस् भनेर बोर्डर आउट पोस्ट ९बिओपी०मा पनि त्यहीअनुसार समन्वयात्मक ढङ्गबाट परिचालन गरिएको छ। समकक्षी सङ्गठनसँग समन्वय गरेर गस्ती भइरहेको छ । यस्तै समयसमयमा सीमा सुरक्षा बैठक पनि भइरहेका छन्।

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीको योगदान कस्तो छ ?

चुहावट नियन्त्रण गरेर राजस्व सङ्कलनमा सशस्त्र प्रहरी बल सक्रियतापूर्वक खटिइरहेको छ। पछिल्लो छ महिनामा मात्रै सशस्त्र प्रहरीले १ अर्ब ८५ करोडभन्दा बढी अवैध सामान नियन्त्रणमा लिएर राजस्व अनुसन्धान तथा भन्सार कार्यालयमा दाखिला गरेको छ। चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी चनाखो छ ।

सशस्त्र प्रहरी बल स्थापनाको २५ वर्ष पुगेको छ। रजत महोत्सवको तयारी कसरी भइरहेको छ ?

रजत महोत्सवलाई भव्यतापूर्वक सफल बनाउन विभिन्न कार्यक्रम तय गरिएका छन्। भर्खरै मात्रै पूर्वपश्चिम ‘झण्डा मार्च’ कार्यक्रम सुरु भएको छ। सशस्त्र प्रहरी हेडक्वार्टर, बाहिनी, गणमा विभिन्न कार्यक्रम हुनेछन्। मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गराउँदै आन्तरिक र बाह्य सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी खटिइरहेको छ ।

निर्वाचनका लागि देशवासीलाई सशस्त्र प्रहरीको सन्देश के छ ?

आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरी खटिइसकेको छ। कुनै पनि कमिकमजोरी हुन नदिइ शान्ति सुरक्षालाई अझ मजबुत बनाएर लैजान्छौँ । आममतदातालाई ढुक्क भएर निर्वाचनमा भाग लिन आग्रह गर्दछौँ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्
थप सम्वाद
महान्यायाधिवक्ता भण्डारीले के भने ?
महान्यायाधिवक्ता भण्डारीले के भने ? बिहीबार, असोज २, २०८२
रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी शनिबार, भदौ १४, २०८२
उदयपुरगढी गाउँपालिकाले तरकारी र धान निर्यात गर्न थालेको छ : अध्यक्ष केप्छाकीमगर 
उदयपुरगढी गाउँपालिकाले तरकारी र धान निर्यात गर्न थालेको छ : अध्यक्ष केप्छाकीमगर  शनिबार, भदौ ७, २०८२
म त हिरो त होइन, चरित्र हिरो हुन सक्ला : अभिनेता बराल
म त हिरो त होइन, चरित्र हिरो हुन सक्ला : अभिनेता बराल शनिबार, साउन ३२, २०८२
शिक्षक नखटेसम्म गुणस्तर सुधार हुँदैन : प्रधानाध्यापक राई
शिक्षक नखटेसम्म गुणस्तर सुधार हुँदैन : प्रधानाध्यापक राई शनिबार, साउन १८, २०८२
नीतिगत र संस्थागत कानुनी सुधार सरकारको प्राथमिकता हो : मन्त्री गृहमन्त्री लेखक
नीतिगत र संस्थागत कानुनी सुधार सरकारको प्राथमिकता हो : मन्त्री गृहमन्त्री लेखक शुक्रबार, साउन १७, २०८२
संघीयताको यो आठ वर्षमा गाउँघरमा आमूल परिवर्तन भएको छ : अध्यक्ष विरेन्द्रकुमार मगर
संघीयताको यो आठ वर्षमा गाउँघरमा आमूल परिवर्तन भएको छ : अध्यक्ष विरेन्द्रकुमार मगर शनिबार, साउन ४, २०८२
मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ :  नगर प्रमुख श्रेष्ठ
मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ शनिबार, असार २८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
  • नंः २ प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
  • नंः ५ तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्