Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • धमाधम उठ्न थाल्यो कर, कस्ले तिरे मनोरञ्जन कर  
धमाधम उठ्न थाल्यो कर, कस्ले तिरे मनोरञ्जन कर  
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, भदौ २९, २०७९
Kathmandu Metropolitan City Office

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको पटक पटकको ताकेतापछि लामो समयदेखि ढुक्कले बसेका करदाता कर तिर्न थालेका छन् । कामपाले यही भदौ १५ गतेदेखि पटकपटक कर तिर्न करदातालाई पत्राचार गरेको थियो । 

पत्राचार र कामपाको पटकपटकको ताकेताका आधारमा अहिलेसम्म रु ८४ लाख ३४ हजार असुल भएको कामपा राजश्व विभागका प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए ।

“अहिलेसम्म जति पनि असुल भएको छ त्यो सबै मनोरञ्जन कर हो । अन्य कर तिर्नका लागि केहीले विवरण लिएर आएका छन् भने केही सम्पर्कमा समेत आएका छैनन्”, उनले भने ।

मनोरञ्जन करबापत काठमाडौँ फन पार्कले १७ लाख ३६ हजार, डेन्टिन क्यासिनो होटल म्यारिटले २१ लाख ४२ हजार,  क्यासिनो प्यालेस अन्नपूर्ण होटलले ११ लाख  ८५ हजार,  प्राइट इन्टरटेनमेन्ट एन्ड सिक्रिएशन हयात होटलले ९ लाख ८९ हजार, माजोङ्ग इन्टरटेनमेन्ट होटल सोल्टीले ९ लाख ९३ हजार र बेलिज क्यासिनो मल्ल होटलले १३ लाख ८८ हजार रकम बुझाएको छ ।

मनोरञ्जन कर तिर्नका लागि अन्य केहीले विवरण बुझाएर आगामी मिति तय गरेका छन् । कामपाका नगरप्रमुख बालेन्द्र साह निर्वाचित भएर आएसँगै कामपाको विगत २९ वर्षदेखि असुल हुन नसकेको सम्पत्ति कर, बहाल कर र मनोरञ्जन करका ताकेता गरिँदै आएको छ ।

सो अवधिमा घरजग्गा र सम्पत्ति कर नतिर्नेमा ठूलाठूला व्यवसायी र सार्वजनिक संस्थान बढी छन् । “उक्त शीर्षकको करस्वरूप कामपाले ५० करोड बक्यौता असुल गर्नुपर्ने छ”,  अधिकारीले भने, “७० करोड असुल गर्नुपर्ने थियो, गत वर्ष २० करोड असुल गरियो । अब ५० करोड बाँकी छ ।”

गत वर्ष पनि कामपाले बक्यौता रकम असुलको सम्बन्धमा सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थालाई पटक–पटक जानकारी गराएको थियो । उक्त सूचनाका आधारमा केही संस्थाले सम्पर्कमा आएर कर तिरे पनि अझै धेरै करदाता  सम्पर्क गर्नसम्म नआएको कामपाले जनाएको छ ।

बक्यौता असुल गर्नका लागि कामपाले पहिलो चरणमा पत्राचार गरेको छ । पत्रका आधारमा विवरणसहित कर बुझाउन आनाकानी गरे दोस्रो पटक माइकिङ गरेर जानकारी दिने तथा त्यसको पनि बेवास्ता गरे महानगरबाट प्रवाह हुने सेवा रोक्ने र तालाबन्दी गर्ने तयारीमा कामपा छ ।

विगत २९ वर्षदेखिको करस्वरूपको बक्यौता नतिर्नेमा सबैभन्दा बढी सार्वजनिक संस्थान रहे पनि पछिल्लो समय विवरणसहित सम्पर्कमा आउने क्रम बढेको छ ।

पछिल्लो समय नेपाल विद्युत् प्राधिकरण, वीर अस्पताल र अन्य केही पनि कामपाको सम्पर्कमा  आएका छन् ।  यसरी कर नतिर्नेमा साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चय कोष, खाद्य संस्थान, कृषि सामग्री कम्पनी, नेपाल शेयर मार्केटलगायत छन् ।

त्यसैगरी ह्वाइट फिल स्कुल, रञ्जना ट्रेड सेन्टर, मनमोहन मेमोरियल कलेज एन्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, त्रिवेणी कम्प्लेक्स, डेन्टल अस्पताललगायतले हालसम्म आफ्नो विवरणसमेत विभागमा नबुझाएको कामपाले जनाएको छ।

समयमै कर नतिरे प्रत्येक वर्ष १० प्रतिशतका दरले जरिवानास्वरूप रकम वृद्धि हुँदै जान्छ । कामपाले अघिल्लो दुई वर्षमा भने कोरोनाका कारण करदाता समस्या परेको भन्दै जरिवाना करमा छुट दिएको थियो ।

लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले ५० करोड असुल गर्ने तयारीस्वरूप अहिले अभियानका रूपमा नै कर सङ्कलन थालेको छ ।

डा अधिकारी भन्छन्, “सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजश्व असुली गर्ने प्रक्रिया अगाडि बढाएका छौँ ।” 
 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १५:१६
##tax
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्