Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • नेपाल आयल निगम डेढ वर्षपछि नाफामा
नेपाल आयल निगम डेढ वर्षपछि नाफामा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असोज २२, २०७९

काठमाडौं । नेपाल आयल निगम डेढ वर्षपछि नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ८७ अमेरिकी डलरमा आएपछि निगमको मासिक नाफा १ अर्ब ६० करोड हुने भएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले अक्टोबरमा पठाएको मूल्यमा निगमलाई पेट्रोल लिटरमा ६ रुपैयाँ ४५ पैसा र डिजल लिटरमा १२ रुपैयाँ नाफा हुने भएकाे छ ।

निगमका वितरण विभाग निर्देशक वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेकाले निगम डेढ वर्षपछि नाफामा गएको जानकारी दिनुभयो । आइओसीले दशैं अघि पठाएको मूल्य अनुसार १५ दिनमा निगमलाई ८० करोड रुपैयाँ नाफा हुने अनुमान गरिएकाे छ । यो निगमको मासिक नाफा मात्रै हो । डेढ वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिंदा निगमले ५५ अर्ब गुमाएको थियो ।

निगमले यो अवधिमा तेल ल्याउन ४० अर्ब ऋण बोकिरहेको छ । ४० अर्ब मध्ये करिब २५ अर्ब आइओसी, १० अर्ब वाणिज्य बैंकबाट ऋण लिएर तेल आपूर्ति गरेको थियो । निगम नाफामा गएपछि मूल्य घटाउने दवाव पर्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्दा पनि निगमले नघटाएर ठूलो नाफा लिएको भन्दै नागरिकस्तरमा आलोचना हुन थालेको छ ।

मंसिरमा निर्वाचन समेत घोषणा भएकाले सरकारले पनि तेलको मूल्य घटाएर राजनीतिक लाभ लिन खोजिरहेको छ । तर, निगमका उच्च अधिकारी भने ओपेकले दैनिक २० लाख ब्यारल तेल उत्पादन कटौतीको घोषणा गरेपछि मूल्य उकालो लागेको भन्दै भाउ नघटाउने पक्षमा छन् ।

दशैं बिदामा नयाँ मूल्य आएकाले भाउ घटाउने बारेमा कुनै छलफल नभएको निगममा उच्च पदाधिकारी बताउँछन् । यसैबीच, मुलुककै प्रमुख व्यापारीक नाका वीरगञ्जबाट इन्धनको आयातमा कमी आएको छ । वीरगञ्ज नाका प्रयोग गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्याँस आयातमा १७ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्षको साउन र भदौमा वीरगञ्ज नाकाबाट २० अर्ब ४ करोड ४३ लाख मूल्यको २ लाख २७ हजार ५ सय ३६ किलोलिटर इन्धन आयात भएको थियो ।

चालू आर्थिक वर्षको सोही अवधिमा रु ९ अर्ब २० करोड ७३ लाखको १ लाख ९० हजार ९ किलोलिटर इन्धन आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको साउन र भदौमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले आयातमा कमी आएपनि खरिद मूल्यमा भने ४५.९३ प्रतिशतले वृद्धि भएको छ ।

वीरगञ्ज नाकाबाट इन्धनको आयात घटेपनि त्यसबाट संकलित राजस्व भने दुई प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा रु ९ अर्ब ६६ करोड ९६ लाख राजस्व संकलन भएको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा १६ करोड ७२ लाख रुपैयाँ भन्दा बढी अर्थात ९ अर्ब ८३ करोड ६९ लाख राजस्व संकलन भएको छ ।

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १८:४५
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्