Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • गृहिणीको आम्दानीको स्रोत घरआँगनकै फूल 
गृहिणीको आम्दानीको स्रोत घरआँगनकै फूल 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, कात्तिक ३, २०७९

दीपावली पर्व सर्वसाधारण गृहिणीलाई आफैँले नसोचेको आर्जनको अवसर बन्दैछ । घरआँगनमा शोभाका लागि लगाइएका फूलका बोटबाटै महोत्तरीका सर्वसाधारण गृहिणीले धेरथोर नगद थैलीमा भर्न पाएका छन् ।

दीपावली (तिहार) पर्व नजिकिएसँगै फूल खोज्ने व्यापारी घरघरै पुग्न थालेपछि महोत्तरी जिल्लाका गाउँ-नगर बस्तीका सर्वसाधारण गृहिणीका लागि आफ्नै घरआँगन र करेसामा शोभाका लागि लगाइएको फूल अतिरिक्त आम्दानीको स्रोत बनेको हो।

घरको सौन्दर्य र दैनिक पूजाअर्चनाको उद्देश्यले लगाइएको फूलबाट घरमै आएका व्यापारीले राम्रो रकम दिन थालेपछि यहाँका सर्वसाधारण गृहिणीका थैली अहिले पैसाले खँदिला बनेका छन् । 

“हेर्नोस न, त्यही मठवरिपरि लगाइएको फूल न हो”, भङ्गाहा नगरपालिका-४ की गृहिणी गोमादेवी फूँयालले भने, “हिजो घरमै फूल खोज्न आएका व्यापारीले रु दुई हजारमा दिनोस् भन्दै बैनास्वरुप (पेश्की, सामान किन्दा गरिने बोलकवोल)  रु एक हजार दिएर गए।” तुलसीको मठवरिपरि एकाध जग्गाकै सयपत्री फूलले आफ्नो घरको आवश्यकता टारेर २ हजार दिने भएपछि फुँयाल अब भने तिहारलक्षित सयपत्री फूलखेती नै गर्ने टुङ्गोमा पुगेको छ ।

आफ्नै घरआँगनको फूलले अतिरिक्त आम्दानी दिने भएपछि फुँयालका अन्य छिमेकी गृहिणी महिला पनि अब व्यावसायिकरूपमै फूलखेती गर्ने टुङ्गोमा पुगेका छन् । “मखमली र सयपत्री फूल खोज्न आउने व्यापारीले मैले भनेकै मूल्यमा फूल लाने टुङ्गो गरेका छन्”, आफ्नो आँगन छेउका ५० बोटजति सयपत्री फूलका बोट देखाउँदै सो बस्तीकै अर्की गृहिणी समिता महतोले भने, “अबचाहिँ बिक्री नै गर्ने गरी फूलखेती गरिन्छ ।”

यसपालि तिहार सुरु हुनपूर्व नै आफ्नो घरआँगनमा फुलेको फूलले नसोचेको आम्दानी दिएपछि जिल्लाको उत्तरवर्ती क्षेत्रका गृहिणी महिलाको अब  व्यावसायिक रूपमै फूलखेती गर्ने सोच बनेको हो ।

कुनै व्यावसायिक प्रयोजन बिना नै शोभा र चाडपर्वमा आफ्नै आवश्यकताका लागि लगाइएको घरआँगनको मखमली, सयपत्री र गोदावरीसहितका फूलले घरै बसीबसी दुई/चार हजार आम्दानी बनाइदिएको घरायसी काममै ब्यस्त रहने गृहिणी महिलाको भनाइ छ।

यसपालि तिहारकै लागि फूल खोज्दै आएका व्यापारी र अरु ग्राहकले आफ्ना ५० वटा जति बोटका सयपत्री फूल लाँदा तीन हजारभन्दा बढी आम्दानी हुने भएको बर्दिवास-२ बारनचौडीकी गायत्री आचार्य बताउँछन्।

अहिले तिहार नजिकिएसँगै फूल खोज्ने ग्राहक र व्यापारीको जिल्लाका गाउँ, नगर बस्तीमा लर्को नै देखिने गरेको छ । पर्व विशेषले गर्दा फूल खोज्नेहरूले मोलमोलाइ नगरीकनै राम्रो मूल्य दिएपछि हरेक वर्ष तिहारमा उत्पादन लिने गरी फूल खेती गर्न आफ्नो वरपरका सबैजसो गृहिणी महिला अग्रसर देखिएका बर्दिवास-६ कृष्णपुरकी दीपा राजभण्डारीको भनाइ छ ।

जिल्लामा फूलको व्यावसायिक खेती गरिएको खासै नदेखिए पनि अब यसको सम्भावना बढेको कृषि विज्ञ बताउँछन् । तिहार र छठ जस्ता पर्व र सालैभरि आयोजना हुने धार्मिक अनुष्ठान एवम् पूजाअर्चनालाई लक्षित गरी यसको व्यावसायिक खेती सुरु गरिए थप एउटा आर्जनको बाटो खुल्ने कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत डा रामचन्द्र यादव बताउँछन् ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह रहेका छन् ।  पछिल्ला पाँच/छ वर्षदेखि बलवा नगरपालिकाको बनौटा, धमौरा र पडौल बस्तीमा भने किसानले व्यावसायिकरूपमै फूलखेती सुरु गरेका छन् ।

यी बस्तीका फूलखेती गर्ने किसानले पनि जग्गाको अभाव नभए पनि दुई/तीन कठ्ठाभन्दा फूल खेतीको क्षेत्रफल बढाउन नसकेका बलवा नगरका प्रमुख रामविजय महतो बताउँछन् । “फूलखेतीबाट आम्दानी राम्रो भएको किसान बताउँछन्”, नगरप्रमुख महतोले भने, “तर खेती गर्ने किसान र खेतीको क्षेत्रफल भने जहीँको त्यहीँ नै छ ।” 

नगरपालिका कार्यालय फूलखेती गर्ने किसानलाई बीउ र अन्य प्राविधिक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउँदै प्रमुख महतोले आउने वर्ष गरिने फूलखेती बारे समय (सिजनअघि नै) मै कार्यालयमा सम्पर्क गर्न अपिल समेत गरे ।

बलवा नगरपालिकाका यी बस्तीमा व्यावसायिक फूलखेती गर्ने किसानका घरमै टाढा-टाढाबाट व्यापारी पुग्ने गरेका छन्। “हामीले फूल बेच्न अहिलेसम्म भौँतारिनुपरेको छैन”, पडौल बस्तीका किसान शुभनारायण यादव भन्छन्, “हाम्रो बारीको फूल व्यापारी यहीँ आएर लाने गरेका छन् ।”

यी बस्तीमा उत्पादित फूलको गुणस्तर राम्रो भएकाले यहाँको उत्पादन रोजाइमा पर्ने गरेको व्यापारी बताउँछन् । यी बस्तीमा उत्पादित फूल राजधानी काठमाडौँसहित विभिन्न सहरमा पुर्उाइने गरिएको वर्षौँदेखि फूल व्यापार गर्दै आएका जनकपुरका व्यापारी सकलदेव मण्डलले  बताए ।

बलवाका यी बस्तीको देखासिकीबाट छिमेकको पिपरा, भङ्गाहा, लोहारपट्टी र महोत्तरीसहितका स्थानीय तहका बस्तीमा केही किसानले व्यावसायिक फूलखेती थालेका छन् ।

पछिल्लो पटक फूलको खेती गर्नेलाई प्राविधिक सहयोग र बीउ सङ्कलनमा सहयोग गर्न जिल्लाका सबै स्थानीय तहलाई अनुरोध गरिने जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णको भनाइ छ ।

अहिले फूलखेतीबारे रुचि देखाउनेमा महिलाको सङ्ख्या अधिक छ। फूलखेती गर्न चाहनेलाई प्राविधिक परामर्श र उन्नत बीउ छनोटमा सहयोग गरिने कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरी जलेश्वरले जनाएको छ ।

जिल्लामा अहिले करिब १०/१५ बिघा क्षेत्रफलमा मात्र व्यावसायिक फूलखेती हुँदै आएको कार्यालय प्रमुख डा यादवको भनाइ छ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १६:४३
##flawer
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्