Top Navigation
Main Navigation
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • करोडौँको काठ कुहिँदै, मारमा उपभोक्ता
करोडौँको काठ कुहिँदै, मारमा उपभोक्ता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, कात्तिक ६, २०७९
Salko goliya kath.jpg
Api Himal

उदयपुर । कटारी नगरपालिकाको एक सामुदायिक वन उपभोक्ता समूहमा करोडौँ मुल्य पर्ने काठ विवादका कारण कुहिँने अवस्थामा पुगेको छ।

कटारी नगरपालिका-२ स्थित सितापोखरी सामुदायिक वन उपभोक्ता समूहको १२ वर्ष अगाडी कटान गरेको साल जातको काठ अहिले कुहिने अवस्थामा पुगेको हो ।

तीन हजार ८ सय ६८ दशमल ५२ क्युफिट काठ कामै नलाग्ने गरी कुहिएर जाने अवस्थामा पुग्न लागेको स्थानीय डिल्लीप्रसाद धमालले बताए।

Salko goliya kath11666516945.jpg

Nepal Oil Corporation

उनले भने, ‘१२ वर्ष अगाडी उपभोक्ताहरुका लागि भन्दै कटान आदेश लिएर काटिएका बहुमुल्य साल जातका काठ कामै नलाग्ने भईसकेको छ, न बिक्री गरिएको छ । न उपभोक्तालाई दिइएको छ ।’

उपभोक्तारुलाई काठको अभाव छ । घर बनाउनका लागि काठ अभाव भएपछि उपभोक्ताहरु आल्मुनियम, ग्रिलको प्रयोग गर्न वाध्य भएको उपभोक्ताको भनाइ छ।

विसं. २०६७ भदौ ४ गते वन पैदावार हानी नोक्सानी सम्बधि जिल्ला अदालत उदयपुरमा स्थानीय मनकुमारी भुजेलले समूहका पदाधिकारी विरुद्ध मुद्दा दर्ता गरेपछि काठ न बिक्री हुन पाएको न वितरण गरिएको छ ।

उक्त मुद्दा जिल्ला अदालतबाट पुनरावेदन हुँदै सर्वौच्च पुगेपछि जाहेरीकर्ताको माग दावी अनुसार समितिको संलग्नता नरहेको फैसला भएको थियो।

Goliya kath1666516737.jpgविसं. २०७१ असार २० गते जिल्ला र पुनरावेदनको फैसला सर्वोच्चले सदर गरेपछि समितिले सफाई पाएको थियो । तर, पनि काठलाई प्रयोगमा ल्याउन नसकेको डिभिजन वन कार्यालय उदयपुर त्रिवेणीका प्रुमख विष्णुलाल घिमिरेले बताए।

उनका अनुसार मुद्दा फैसला भएपनि ३ हजार ८ सय ६८ दशमल ५२ क्युफिट काठ रहेकोमा  २ हजार ४ सय १४ क्युफिट काठ मात्रै घाडगद्दीमा रहेको पाईएको छ ।

स्विकृत कटान लिई काटिएको ३ हजार ८ सय ६८ दशमल ५२ क्युफिट काठ नभएपछि विक्री वितरण गर्न नसकिएको सितापोखरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामप्रसाद गौतमको भनाइ छ ।

हाल उक्त काठ वितरण गर्न नसकिएपछि कुहिने अवस्थामा पुगेको छ । स्थानीयले तुरुन्त प्रकृया पुरा गरी उपभोक्तालाई वितरण नगरेपनि बिक्रि वितरण गर्न आग्रह गरेका छन् ।

करोडौंको काठ विक्री नहुँदा समुदायिक वन उपभोक्ता समूहको राजश्व समेत गुम्ने अवस्थामा पुगेको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १४:५९
##goliyakath
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जन्मेदेखि मृत्युसम्म करैकर ! जनताले के का लागि तिर्ने कर ?
जन्मेदेखि मृत्युसम्म करैकर ! जनताले के का लागि तिर्ने कर ? बुधबार, वैशाख २४, २०८२
यस्ताे आयाे  आव २०८२/२०८३ नीति तथा कार्यक्रम
यस्ताे आयाे आव २०८२/२०८३ नीति तथा कार्यक्रम शुक्रबार, वैशाख १९, २०८२
कोषले दियो १ अर्ब ५२ करोड थप प्रतिफल
कोषले दियो १ अर्ब ५२ करोड थप प्रतिफल सोमबार, वैशाख ८, २०८२
नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता
नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता मंगलबार, चैत १९, २०८१
नागरिक लगानी कोषले मनायो ३५ औं वार्षिकोत्सव
नागरिक लगानी कोषले मनायो ३५ औं वार्षिकोत्सव सोमबार, चैत ४, २०८१
भेडीगोठमा बास बस्नु पर्ने बाध्यता हट्यो
भेडीगोठमा बास बस्नु पर्ने बाध्यता हट्यो शनिबार, फागुन २४, २०८१
अब यती एअरलाइन्समा उडान भर्दा उपहारै उपहार
अब यती एअरलाइन्समा उडान भर्दा उपहारै उपहार सोमबार, फागुन १२, २०८१
नागरिक लगानी कोष र एलसीइनर्जीबीच सेयर प्रत्याभूति सम्झौता
नागरिक लगानी कोष र एलसीइनर्जीबीच सेयर प्रत्याभूति सम्झौता बुधबार, फागुन ७, २०८१
तुम्लिङटार-खाँदबारी-छ्याङ्गकुटी सडकखण्डको काम १५ वर्षपछि सुरु
तुम्लिङटार-खाँदबारी-छ्याङ्गकुटी सडकखण्डको काम १५ वर्षपछि सुरु मंगलबार, माघ २९, २०८१
लाेकप्रिय समाचार
  • नंः १ माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड
  • नंः २ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ३ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः ४ संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
  • नंः ५ कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्