Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • स्वीपरको कामदेखि चार ओटा बस र होटल मालिक जोशी
स्वीपरको कामदेखि चार ओटा बस र होटल मालिक जोशी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, कात्तिक ६, २०७९

टेकेन्द्र बोहरा
बझाङ । बझाङ जिल्लाको बझाङ दुर्गाथली गाउँपालिका-४ जुजिआमरुख घर भएका जनेस्वर जोशी नेपालमा मात्र नभई भारतको ठूलो सहर कर्नाटक राज्यको बैंङ्लोरमा रहेका प्रवासी नेपालीहरुमाझ निक्कै चिरपरिचित छन् ।

जोशीले अहिले भारतमा आफ्नै लगानीमा जय लक्ष्मी ट्राभल्स कम्पनी स्थापना गरी नेपालदेखि-बैङ्लोर-बैङलोरदेखि-नेपाल, दुई ओटा एसी भएका ठूला बस र दुई ओटा नन एसी भएका ठूला बस गरी ४ ओटा वस सञ्चालन गरिरहेका छन्।

जोशी भन्छन्, “आफू १३ वर्षको उमेर पुग्नै लाग्दा बुवाको असामयिक निधन भयोे घरमा कमाउने कोही भएन घरको आर्थिक अवस्था कमजोर भएपछि पढाईलाई निरन्तरता दिन सकिएन, ्घरमा चार भाई र दुई बहिनी र आमाको लुगा कपडा, घर खर्च भाई बहिनीहरुको पढाई खर्च, चलाउन गाह्रो भएपछि आफ्नो पढाईलाई थाती राखी गाउँका दाजुभाई सँग बैङ्लोर पुगेँ ।”

janeshor joshi.j13pg1666532123.jpg

"मेहनत गरे के हुदैन र म बैंङ्लोर आउँदा सुरुसुरुका दिनहरुमा निक्कै दुःख कष्ट झेल्नु पर्यो सुरुका दिनहरुमा मैले झाडु पुछा (स्विपरको काम) लगाउने काम गरेँ” जोशीले भने, "कामको सिलशिलामा भारतमै सामाजिक क्षेत्रमा पनि काम गर्दै जाँदा धेरै नेपालीहरुसँग परिचय हुँदै गयो, आफू पण्डित भएकोले मलाई सानैदेखि पुजापाठ, नित्यकर्म, आदि गर्न आउँथ्योे, दिनभर नेपालीहरले पुजापाठ गर्न बोलाउथे केही पैसा त्यहीबाट आउन आउँथ्यो, र साँझ विहानको समयमा ड्यूउटी जान्थेँ केहीवर्ष पछि भारतमै केही गर्नुपर्छ भन्ने सोँच आयो मैले वारियर सेकुरिटी सर्भिस खोले त्यसबाट पनि कैयौ  नेपालीहरुले रोजगारी पाए भने आफूलाई आर्थिक आयआर्जन गर्न राम्रो भयोे ।”

जोशी भन्छन्, “कैयौ प्रवासमा बसेका नेपालीहरुले भारतका विभिन्न सहरहरुमा बिना गल्ती समस्या पाउने गरेको देखेपछि केही साथीहरु जम्मा भएर मेरै सक्रियतामा नेपालीहरु एकजुट हुनुपर्छ भन्ने सोच आएपछि भारतमै पशुपतिनाथ नेपाली जन कल्याण समितिको स्थापना गरी प्रवासी नेपालीहरुको हकहितमा काम गर्दै आइरहेका छाै‌।”

यो समितिले बिना कसुर बैंङ्लोर पुलिस स्टेसनमा यातना पाइरहेका नेपालीहरुको उद्दार पैसाको अभावमा उपचार पाउन नसकेका नेपालीहरुलाई सहयोग सङ्कलन गरेर धेरै जनाकोे उपचार गर्न सफल भएका छौ ।

कोरोना देखिएको समयमा हाम्रो संस्थाले घेरै नेपालीहरुलाई खाद्यान्नको लागि रासन वितरण कामको खोजी नेपाल फर्कनेहरुका लागि टिकटको ब्यवस्था गरेका थियौ।

“कोरोना फैलिएको समयमा धेरै नेपालीलाई बैङ्लोरवाट नेपाल फर्कन समस्या भएपछि यातायातको सहजताको लागि आफ्नै बस किन्ने सोच गरेँ सुरुका दिनहरुमा एक सिलिपर एसी बस किनेँ र सञ्चालन गरेँ राम्रो नतिजा आएपछि अहिलेसम्म दुई एसी सिलिपर २ नन एसि सिलिपर बस गरी ४ ओटा आफ्नै बस सञ्चालन गरेको छु यो व्यवसाय पनि राम्रो नै चलेको छ।” जाेशीकाे भनाई छ।

बस मालिक जोशी भन्छन्, “मलाई यहाँसम्म पु¥याउन मेरा मेरो घर परिवार आफन्त इस्टमित्र, मेरा सवै (जजमान) पुजा गर्न बोलाउनेहरुको माया प्रेम सद्भावले र मेरो मेहनतले अहिलेसम्म राम्रो छ । यही व्यवसाएबाट धेरै गर्न नसके पनि घरपरिवारको खर्चर केही बचेको रकमले धनगढी चौराह नजिकै जय लक्ष्मी होटेल पनि सञ्चालन गरेको छु ।”

पछिल्ला दिनहरुमा सामाजिक क्षेत्र सँगसँगै प्रवासको ठाउँमा त यतिका वर्ष नेपाल र नेपालीको लागि गरियोे अब आउने दिनहरुमा केही समय मिलाएर आफू जन्मेको गाउँ-ठाउँमा फर्की गाउँ-ठाँउको विकासका लागि सामाजिक क्षेत्रमा काम गर्ने सोच बनाएको बताए।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १९:०८
##janeshworjoshi
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्