Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नयाँ र पुराना उम्मेदवारबीच काठमाडौँ क्षेत्र नं ६ मा मुख्य प्रतिस्पर्धा : के भन्छन् उम्मेदवार ?
नयाँ र पुराना उम्मेदवारबीच काठमाडौँ क्षेत्र नं ६ मा मुख्य प्रतिस्पर्धा : के भन्छन् उम्मेदवार ?
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, कात्तिक १६, २०७९

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका भीमसेनदास प्रधान र नेकपा (एमाले)बाट सर्वेन्द्र खनाल चुनावी मैदानमा छन् ।

उक्त क्षेत्रमा प्रधान दुई पटक सांसदमा निर्वाचित उम्मेदवार हु् । खनाल भने पहिलो पटक उक्त क्षेत्रबाट प्रतिस्पर्धा गर्दैछन् ।

काठमाडौँको बागबजार, पुरानो बसपार्क, कमलादी, असन, ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुशी, नयाँ बसपार्क, गोँगबु, बानियाँटार, काभ्रेस्थली, धर्मस्थली, मनमैजु, साङ्ला, झोरलगायतका क्षेत्र रहेको सो क्षेत्रमा ६२ हजार १ सय २ मतदाता छन्।

क्षेत्र नं ६ ‘क’मा कांग्रेसबाट हरिप्रभा श्रेष्ठ ‘खड्गी’ र (ख) मा विष्णुभक्त तिमल्सिना उम्मेदवार बनेको छ । एमालेबाट क्षेत्र नं ६ ‘क’ मा निरेशलालसिंह महर्जन र ‘ख’ मा अमनकुमार मास्के उम्मेदवार बनेको छ ।

को को छन् अरु उम्मेद्वार 

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रधान र एमालेका खनालबाहेक विवेकशील साझा पार्टीका अजित खड्का, मौलिक जरोकिलो पार्टीका कमल न्यौपाने, एकीकृत शक्ति नेपालका काजी कार्की, राष्ट्रिय जनमुक्ति पार्टीका तारा रसाइली, जनता समाज पार्टी नेपालका मनोज आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महेश्वर कार्की, हाम्रो नेपाल पार्टीका मुकुन्द सिलवाल, नेपाल आमा पार्टीका राजेन्द्र खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र नेपाल मजदुर पार्टीका सनकमान महर्जनले उम्मेदवारी दिएको छ ।

यस्तै प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार किरण इङनाम, खगेन्द्र ढकाल, जनकराज थपलिया, दिपु उप्रेती, निर्देश सिलवाल, प्रेमसागर कर्माचार्य, बलबहादुर केसी, विष्णुप्रसाद ढकाल, राजेश श्रेष्ठ (मास्के), सञ्जयमान श्रेष्ठ र सानुकान्छा महर्जनले उम्मेदवारी दिएको छ ।

यस्तै प्रदेशसभा (क)मा कांग्रेसकी खड्गी, एमालेका महर्जनसहित मौलिक जरोकिलो पार्टीकी कल्पना ओझा, जनता समाजवादी पार्टीका गणेश शाक्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतसागर महर्जन, नेपाल मजदुर किसान पार्टीका देवलक्ष्मी महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बुद्धकाजी महर्जन, नेकपा (माओवादी केन्द्र)का रवीन्द्र श्रेष्ठ र स्वतन्त्र उम्मेदवार सरिता कामी र योगेन्द्र खतिवडाले उम्मेदवारी दिएको छ ।

प्रदेशसभा (ख)मा कांग्रेसका तिमल्सिना, एमालेका मास्के, नेकपा (माओवादी केन्द्र)का प्रकाश फुँयाल, नेकपा (एकीकृत समाजवादी)का कृष्णबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका चिरागमानसिंह कुँवर, जनता समाजवादी पार्टीका धनरुजी बुढा, मौलिक जरोकिलो पार्टीका बासु उप्रेती, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रिजन रम्तेल र नेपाल मजदुर किसान पार्टीका श्यामकृष्ण महर्जनले उम्मेदवारी दिएको छ ।

यस्तै प्रदेशसभा (ख)मा स्वतन्त्र उम्मेदवार सपना सिंखडा, भरत शर्मा, बबिन्द्रकुमार कार्की, प्रमेश श्रेष्ठ, ख्यामनारायण पङ्गाली र अरुण महर्जनले उम्मेदवारी दिएको छ। कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका प्रधान काठमाडौँ क्षेत्र नं ६ को संस्कृति, सम्पदा, संस्कार र परम्परा जगेर्ना आफ्नो मुख्य प्राथमिकता भएको बताउँँछन् ।

“नेवारी संस्कृतिको संरक्षण गर्दै नैतिक शिक्षामा आधारित प्राविधिक शिक्षालाई जोड दिने मेरो प्रमुख एजेन्डा हो”, उनी भन्छन् । उनी विगत १० वर्षमा काठमाडौँ क्षेत्र नं १० को विकासमा आफूले महत्वपूर्ण काम गरेकाले आगामी दिनमा उक्त कामलाई पूरा गर्ने आफ्नो चाहना रहेको बताउँछन् ।

एमालेका तर्फबाट प्रतिनिधिसभामा उम्मेवारी दिएका खनाल काठमाडौँ क्षेत्र नं ६ लाई आफूले नमूना क्षेत्रका रूपमा विकास गर्ने बताउँछन् । उनी क्षेत्र नं ६ भित्रको संस्कृति तथा सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमार्फत ६ नं क्षेत्रको विकास गर्ने आफ्नो प्रमुख योजना रहेको बताउँछन् ।

“सहरी क्षेत्रमा संस्कृति तथा सम्पदाको संरक्षण, बस्ती क्षेत्रमा खानेपानी, ढल र विद्युतको समस्या समाधान र काठक्षेत्रमा कृषि र घरेलु उद्योगको विकास गर्नु मेरो प्रमुख योजना हो”, खनाल भन्छन् ।

काठमाडौँ क्षेत्र नं ६ भित्रका खोलानालाको संरक्षण गर्दै करिडोर निर्माण गरी ट्राफिक व्यवस्थापनमा समेत नमूना बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ ।

काठमाडौँको बागबजारबाट नुवाकोटसम्म छोएको उक्त क्षेत्रमा ३२ मतदान केन्द्र र ७५ मतदानस्थल छन् । काठमाडौँ क्षेत्र नं ६ का निर्वाचन अधिकृत सम्झना खनाल सबै मतदान केन्द्र र मतदानस्थलको अनुगमन भइसकेको बताउँछन् । यस्तै मतदानका लागि निर्वाचन कार्यालयमा समानुपातिक मतपत्र, ब्यालेट बक्सलगायतका सामग्री आइसकेको उनको भनाइ छ ।

उक्त निर्वाचन कार्यालयमा आचारसंहिता उलङ्घनको उजुरी मौखिकरूपमा आए पनि लिखितरूपमा भने कुनै नआएको निर्वाचन अधिकृत खनाल बताउँछन् ।

यस्तै मतदाता शिक्षाका लागि भने निर्वाचन कार्यालयले स्थानीय तहका कर्मचारीलाई जिम्मेवारी दिएको छ । काठमाडौँ क्षेत्र नं ६ मा काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७ र २८, टोखा नगरपालिकाको वडा नं १, ८, ९, १० र ११ साथै तारकेश्वर नगरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११ वडा पर्छन् ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  ११:०४
##Election
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्