Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो भाषण होइन, परिणाम माग्ने राजनीति
विदुर कटुवाल
विदुर कटुवाल सोमबार, असोज १९, २०८३

काठमाडौं । कांग्रेसलाई अब केवल चुनाव जित्ने पार्टी भएर पुग्दैन । नागरिकको भरोसा जित्ने पार्टी बन्नुपर्छ । गगन थापाले १५औँ महाधिवेशनमा अघि सारेको राजनीतिक रोडम्यापको मूल सन्देश यही हो । त्यसैले उनको प्रस्तावलाई अर्को एउटा सांगठनिक दस्ताबेजका रूपमा मात्र बुझ्नु कांग्रेसको आगामी राजनीतिक यात्रालाई साँघुरो ढंगले हेर्नु हुनेछ । 

यसले कांग्रेसभित्रको नेतृत्व, निर्वाचन, सुशासन, अर्थतन्त्र र नागरिकसँगको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्न खोजेको छ । थापाले कांग्रेसलाई निर्वाचन आउँदा मात्र सक्रिय हुने संगठनबाट निरन्तर नागरिकसँग जोडिने राजनीतिक संस्थामा बदल्ने प्रस्ताव गरेका छन् । त्यसका लागि विगतका कमजोरीको समीक्षा, नागरिकसँगको दूरी घटाउने प्रयास र नेतृत्वको मूल्यांकन परिणामका आधारमा गर्ने प्रणाली अघि सारिएको छ । ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’लाई मूल आधार बनाइएको उनको राजनीतिक प्रतिवेदनको यही पक्ष सबैभन्दा महत्वपूर्ण देखिन्छ । 

गठबन्धनको भर होइन, आफ्नै शक्तिको भरोसा

कांग्रेसको राजनीतिमा लामो समयदेखि उठ्दै आएको एउटा प्रश्न हो–पार्टी आफ्नो विचार, संगठन र मतदाताको भरोसामा उभिन सक्छ कि सत्ताका लागि गठबन्धनको सहारा खोजिरहन्छ ? गगनको रोडम्यापले यसको जवाफ आफ्नै संगठन र आफ्नै राजनीतिक पहिचानतर्फ फर्केर दिन खोजेको छ । निर्वाचनपूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने, आफ्नै चुनाव चिह्न र आफ्नै उम्मेदवार लिएर जनतामाझ जाने प्रस्ताव त्यसैको संकेत हो । उम्मेदवार छनोटमा गुट, पहुँच र संरक्षणभन्दा योग्यता, योगदान र कार्यसम्पादनलाई आधार बनाउने भनिएको छ । 

प्राइमरी निर्वाचन, सार्वजनिक मतसर्वेक्षण र सदस्यको प्रत्यक्ष मतलाई उम्मेदवार छनोटमा महत्व दिने प्रस्तावले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई पनि फराकिलो बनाउन खोजेको देखिन्छ । यसको अर्थ नेतृत्वले टिकट बाँड्ने होइन, कार्यकर्ता र नागरिकको विश्वासले उम्मेदवार निर्माण गर्ने अभ्यासतर्फ जाने प्रयास हो । त्यस्तै, कुनै व्यक्ति दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका लागि पहल गर्ने प्रस्तावले सत्तामा व्यक्तिको दीर्घकालीन पकडभन्दा संस्थागत लोकतन्त्रलाई प्राथमिकता दिने सन्देश दिएको छ । 

‘समुन्नति’को अर्थ कुर्सी होइन, नागरिकको जीवन

गगनको प्रस्तावको अर्को महत्वपूर्ण पक्ष विकासको परिभाषासँग जोडिएको छ । आर्थिक वृद्धिदर बढ्नु मात्रै समुन्नति होइन भन्ने उनको निष्कर्ष छ । शिक्षा, स्वास्थ्य, पोषण, सीप, क्षमता, अवसरमा पहुँच र नागरिकको वास्तविक स्वतन्त्रतालाई विकासको आधार मानिएको छ । यो दृष्टिकोणले विकासलाई केवल सडक, पुल वा बजेट खर्चको अंकबाट नागरिकको जीवनस्तरसँग जोड्न खोजेको छ । सरकार एक्लैले विकास गर्ने होइन, नागरिक, समुदाय, निजी क्षेत्र, सहकारी, विश्वविद्यालय र विज्ञसँग सहकार्य गरेर अघि बढ्ने प्रस्ताव छ ।

अर्थतन्त्रमा उत्पादन, उद्यम र रोजगारी विस्तारलाई केन्द्रमा राख्ने, विप्रेषणलाई कृषि, उद्योग, पर्यटन र प्रविधिमा लगानी गर्ने वातावरण बनाउने तथा जलस्रोत र स्वच्छ ऊर्जालाई औद्योगीकरणको आधार बनाउने प्रस्तावले आर्थिक नीतिलाई रोजगारी र उत्पादनसँग जोड्न खोजेको छ । नेपालमा विकासको बहस धेरै भयो । अब प्रश्न विकासका कुरा कति गरियो भन्ने होइन, नागरिकको जीवनमा कति परिवर्तन आयो भन्ने हो । थापाको प्रस्तावले यही प्रश्नलाई राजनीतिक जवाफदेहितासँग जोड्न खोजेको छ ।

भाषण होइन, परिणाम माग्ने राजनीति

गगनको रोडम्यापको सबैभन्दा व्यवहारिक पक्ष सार्वजनिक जवाफदेहिताको प्रस्ताव हो । कुनै महत्वपूर्ण सार्वजनिक निर्णय गर्दा पाँच प्रश्नको जवाफ खोज्ने भनिएको छ ।  निर्णय भयो ? किन भयो ? जिम्मेवारी कसको हो ?  परिणाम के आयो ? अपेक्षित परिणाम आएन भने के सुधार गरियो ? 

यी प्रश्न सामान्य लाग्न सक्छन् । तर नेपाली शासन प्रणालीमा यिनै प्रश्नको जवाफ प्रायः हराइरहेको हुन्छ । आयोजना ढिलो हुन्छ, बजेट खर्च हुँदैन, निर्णय विवादमा पर्छ, तर अन्ततः जिम्मेवारी कसले लिने भन्ने प्रश्न अनुत्तरित रहन्छ । डिजिटल प्रणालीमार्फत आयोजना, खर्च र जिम्मेवार पदाधिकारीको विवरण नागरिकले हेर्न सक्ने व्यवस्था गर्ने प्रस्तावले यही कमजोरी हटाउने लक्ष्य राखेको छ । 

भ्रष्टाचारमा आफ्नै पक्षका मानिसलाई पनि संरक्षण नगर्ने, पार्टीभित्र वित्तीय पारदर्शिता र सार्वजनिक लेखापरीक्षण अनिवार्य गर्ने तथा भ्रष्टाचारसम्बन्धी छानबिनका लागि स्वतन्त्र आन्तरिक संयन्त्र बनाउने प्रस्ताव पनि राजनीतिक संस्कार बदल्ने दिशाको महत्वपूर्ण प्रतिबद्धता हो । न्यायपालिका, संवैधानिक निकाय, विश्वविद्यालय र प्रशासनमा दलीय भागबन्डा नगर्ने प्रस्तावले यसलाई अझ गम्भीर बनाएको छ । 

अर्कोतर्फ, जेन–जी पुस्ताको असन्तोष र अपेक्षालाई बुझ्न स्वतन्त्र युवाविज्ञ सम्मिलित कार्यदल बनाउने, युवा सहभागिता र नेतृत्व विकासलाई पार्टी नवीकरणको केन्द्रमा राख्ने तथा डिजिटल माध्यमबाट नीति निर्माणमा युवाको सहभागिता बढाउने प्रस्तावले कांग्रेसले नयाँ पुस्तासँग संवादको ढोका खोल्न खोजेको देखाउँछ । 

अन्ततः गगनको रोडम्यापको परीक्षा दस्ताबेजमा होइन, व्यवहारमा हुनेछ । गठबन्धन नगर्ने भनिएको कांग्रेसले आफ्नै संगठन बलियो बनाउन सक्छ कि सक्दैन ? योग्यता र योगदानलाई टिकटको आधार बनाउन सक्छ कि सक्दैन ? आफ्नै पार्टीभित्र सुशासन लागू गर्न सक्छ कि सक्दैन ? सरकारमा हुँदा डेलिभरी र प्रतिपक्षमा हुँदा प्रभावकारी निगरानी गर्न सक्छ कि सक्दैन ? यी प्रश्नको उत्तरले मात्रै उनको रोडम्यापको वास्तविक अर्थ तय गर्नेछ । 

तर एउटा कुरा स्पष्ट छ–कांग्रेसभित्र परिवर्तनको बहस अब केवल पुस्तान्तरणमा सीमित छैन । राजनीतिक संस्कार, संगठन, अर्थनीति, सुशासन र नागरिकसँगको सम्बन्धसमेत बदल्ने प्रस्ताव अघि सारिएको छ । स्वयं थापाले भनेझैँ, ‘बदलिएको कांग्रेसले यो देश पनि बदल्छ ।’ त्यसैले गगनको रोडम्यापको सबैभन्दा सकारात्मक सन्देश कांग्रेसका लागि मात्रै होइन, समग्र नेपाली राजनीतिका लागि हो । जनीति फेरिन सक्छ, यदि दलहरू आफ्ना पुराना अभ्यासमाथि प्रश्न उठाउन र त्यसको जवाफ व्यवहारबाट दिन तयार हुन्छन् । 

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  १२:२९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो सोमबार, असोज १९, २०८३
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर आइतबार, असोज १८, २०८३
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार बुधबार, असोज १४, २०८३
कांग्रेसमा युवा लहर
कांग्रेसमा युवा लहर आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए शनिबार, असोज १०, २०८३
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी शनिबार, असोज १०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ३ रूम नं १९४
  • नंः ४ शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
  • नंः ५ महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता 
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्