Top Navigation
Main Navigation
मंगलबार, असार २४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार २४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मतदाताको मन जित्ने प्रयत्नमा उम्मेद्वार : गाउँमा ‘पक्की सडक र पूर्वाधार’, शहरमा ‘रोजगारी र उद्योग’
मतदाताको मन जित्ने प्रयत्नमा उम्मेद्वार : गाउँमा ‘पक्की सडक र पूर्वाधार’, शहरमा ‘रोजगारी र उद्योग’
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, कात्तिक २१, २०७९

तनहुँ । निर्वाचन नजिकिएसँगै प्रतिनिधि र प्रदेशसभा सदस्यका उम्मेदवार अगुवा कार्यकर्तासहित अन्य जिल्लामा जस्तै तनहुँमा पनि मतदातालाई आकर्षित गर्न घरदैलोमा व्यस्त छन् ।

मत माग्दै तनहुँका जनतामाझ पुग्ने सबै उम्मेदवारको भाषण भने प्रायः एउटै हुने गर्छ । उनीहरु ग्रामीण बस्तीमा जाँदा पक्की सडक र सुविधा सम्पन्न अस्पतालको कुरा गर्न छुटाउँदैनन् ।

सहर क्षेत्रको कार्यक्रममा भने उद्योग स्थापना गर्ने र युवालाई रोजगारी दिने कुरा गर्छन् । आ-आफ्नो दलको घोषणापत्रमा उल्लेख गरिएका मुद्दा भन्दा पनि स्थानीय समस्यालाई प्रस्तुत गरेरै मतदाताको मन जित्ने प्रयत्न सबै दलका उम्मेदवार नेताको हुने गरेको आफूले पाएको काठमाडौँबाट हालै गाउँ आएका भानु नगरपालिका-१३ मिर्लुङका ४८ वर्षीय दुर्गाबहादुर अधिकारीले बताए ।

‘‘गाउँमा आएका तीन/चार जना उम्मेदवारले मलाई जिताउनुस् बाटो कालोपत्र गरेर देखाउँछु भनि छाडे,’’ अधिकारीले भने, ‘‘त्यसै नेता भएका होइनन् नि । उम्मेदवारलाई के कुरा बोल्दा गाउँलेको ताली पाइन्छ भन्ने थाहा हुने रहेछ ।’’

Nepal Oil Corporation

सबै दलका उम्मेदवारको कुरा सुन्ने तर राम्रो र विकासप्रेमी पहिचान गरी मतदान गर्ने कुरामा गाउँका बासिन्दा भने सचेत हुनुपर्ने उनले बताए । इमान्दार, छलकपट नभएको, भ्रष्टाचारमा नफसेको र सबैले पत्याएको उम्मेदवारलाई मतदान गर्न सके विकास निर्माण र पूर्वाधारले गति लिने आफूलाई लागेको उनले सुनाए ।

‘‘उम्मेदवारमध्येमा को इमान्दार छ ? कुन उम्मेदवारले विकास निर्माण र पूर्वाधारको काम गर्न सक्छ ? त्यो बुझेर मतदान गर्न सबै गाउँलेलाई आग्रह गरेका छौंँ,’’ अधिकारीले भने, “हामी गाउँका बासिन्दाले प्रष्ट विचार र दीर्घकालीन सोच भएका विकासप्रेमी उम्मेदवारलाई मात्र मत दिने निर्णय गर्न आवश्यक छ । त्यसो गर्न सके मात्र दिगो विकास र समृद्धि गाउँसम्म आउने छ ।”

अघिल्ला निर्वाचनमा केही मतदातानिहीत स्वार्थ र प्रलोभनमा परेको सुनिएकाले यसपटक त्यसो हुन नहुनेतर्फ सबै मतदाता र स्वयं उम्मेदवारसमेत सचेत हुनुपर्ने व्यास नगरपालिका-४ की रामकला गुरुङले बताए ।

‘‘हामीले गर्ने मतदानबाट विजयी उम्मेदवारले आफ्नो क्षेत्रको समस्या पहिचान गरी पूर्वाधार विकास गर्ने हुन्,’’ गुरुङले भने, ‘‘व्यक्तिगत स्वार्थ र प्रलोभनमा प¥यौँ भने इमान्दार र स्वच्छ छवि भएका नेता हार्ने छन् । त्यसले गर्दा विकास निर्माणको कार्यपछि पर्छ । त्यो कुरा सबैले बुझन जरुरी छ ।’’

मतदानको दुरुपयोग नहोस् भन्नेमा स्वयं मतदाता नै सचेत हुनुपर्ने शुक्लागण्डकी-१ तल्लिपोखरीकी जुना परियारले बताए। ‘‘हाम्रोलाई होइन, राम्रो उम्मेदवारलाई विजयी गराउनुपर्छ भन्नेमा सबै मतदाता लाग्नुपर्छ,’’ परियारले भने, ‘‘आफू निर्वाचित क्षेत्रको विकासमा चिन्तन गर्ने उम्मेदवारलाई मतदान गरी विजयी गराउनुपर्छ ।’’

केही वर्ष पहिले मत माग्न आउने उम्मेदवार माझ ग्रामीण बस्तीका बासिन्दाले लिफ्टिङ खानेपानी निर्माण पनि मुख्य मागमध्ये पर्ने गरेको व्यास नगरपालिका-१४ कुलुङकी ७२ वर्षीय नरबहादुर थापाले बताए ।

अहिले गण्डकी प्रदेश सरकारले स्थानीय तहमार्फत अनुदानको व्यवस्था गरेपछि गाउँका बासिन्दाबाट उम्मेदवारले लिफ्टिङ खानेपानीको समस्या छिटफुटबाहेक सुन्नुपरेको छैन । गाउँ र सहर क्षेत्रका मतदाताले उम्मेदवारसँग माग गर्ने मुख्य विषयमध्ये सामुदायिक भवन पनि एक हो । मतदाताको सामूहिक माग आएपछि उम्मेदवारले पनि आफूलाई विजयी गराए बनाई छाड्ने प्रतिबद्धता व्यक्त गर्छन् ।

‘‘प्रतिनिधि र प्रदेशसभा सदस्यले निर्वाचन क्षेत्र विकास कार्यक्रममा विनियोजन गर्ने अधिकांश योजनामा आफ्नै कार्यकर्ताको सामुदायिक भवन हुने गरेको छ’,’ व्यास नगरपालिका-१ का रामभक्त अधिकारीले भने, ‘‘सीमित जनतालाई मात्र राहत पुग्ने यस्ता कार्यक्रमप्रति सबै जनताले अपनत्व भाव जगाउन आवश्यक छ ।’’

दमौलीदेखि गजौडे र क्यामिनहुँदै मिर्लुङसम्म पुग्ने कच्ची मोटर मार्ग, दमौलीदेखि केशवटार हुँदै बन्दीपुर पुग्ने कच्ची सडक मार्ग, दमौलीदेखि आँबुखैरेनी-५ घुमाउनेघाट निस्कने ३१ किलोमिटर दूरीको बुद्धसिं मार्ग, शुक्लागण्डकीदेखि कालिमराङसम्मको कच्ची मोटरमार्ग, कोत्रेदेखि थप्रेकसम्म निस्कने कच्ची सडक, म्याग्देको थर्पुदेखि छाङसम्म पुग्ने कच्ची सडकलगायतका ग्रामीण मार्ग वरपर बाक्लो बस्ती छ ।

स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने यसपटक पनि तनहुँमा मुख्य दलहरुबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । तनहुँको दुई वटा क्षेत्रमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)को गठबन्धन र नेकपा (एमाले) लगायतका दलका उम्मेदवार चुनावी मैदानमा छन् ।

तनहुँ क्षेत्र नं १ मा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय गठबन्धनका कमाण्डर रामचन्द्र पौडेल र एमालेका उम्मेदवार एकबहादुर रानाबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीसमेत स्वतन्त्र उम्मेदवारीका साथ प्रतिस्पर्धामा छन् । तनहुँ क्षेत्र नं १ प्रदेशसभा १ (क) मा गठबन्धनबाट नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ र एमालेका रामबहादुर गुरुङ प्रतिस्पर्धामा छन् ।

तनहुँ क्षेत्र नं १ प्रदेशसभा १ (ख) मा गठबन्धनबाट माओवादी केन्द्रका हरिबहादुर चुमान र एमालेका पूर्णबहादुर गुरुङ प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि रहेका गुरुङले एमाले प्रवेश गरेपछि उम्मेदवारको टिकट हात पारेको हो ।

आफूले तनहुँको मतदाताको शिर झुकाउने गरी कुनै पनि नराम्रो काम अहिलेसम्म नगरेको र ग्रामीण क्षेत्रमा मोटर बाटो र दिगो विकास गर्ने कार्यमा आफू लागि परेकोले मतदाताले आफूलाई अत्याधिक मत दिई विजयी गराउनेमा आफू विश्वस्त रहेको कांग्रेसका वरिष्ठ नेता पौडेल बताउँछन् ।

ग्रामीण क्षेत्रमा पक्की सडक, शिक्षाको गुणस्तर सुधार र विकास निर्माणको पूर्वाधार पुर्याई ‘गाउँमै आम्दानी, गाउँमै रोजगारी’ भन्ने अभियानमा आफू जुटेको उनको भनाइ छ ।

एमालेका उम्मेदवार रानाले पनि आफूलाई सबै मतदाताको साथ र समर्थन रहेकाले आफू नै विजयी हुने बताउँदै आएको छ। कांग्रेसकै कार्यकर्ताको साथ र सहयोगले यस पटकको निर्वाचनमा आफू विजयी भई छाड्ने जोशीले बताउँछन् । सर्वोच्च अदालतमा भ्रष्टाचारको मुद्दा विचाराधीन अवस्थामा रहेपनि आफूलाई प्रतिनिधिसभा सदस्य हुनबाट कुनै कानुनले नरोक्ने जोशीले बताएको छ ।

तनहुँ क्षेत्र नं २ मा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी र एमाले स्थायी समिति सदस्य किरण गुरुङ चुनामी मैदानमा छन् । तनहुँ क्षेत्र नं २ प्रदेश सभा २ (क) मा गठबन्धनबाट माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपाने र एमालेका स्यामराजा महतबीच प्रतिस्पर्धा हुनेछ ।

तनहुँ क्षेत्र नं २ प्रदेश सभा २ (ख) मा गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापति जितप्रकाश आले र एमालेका केदार सिग्देलबीच चुनावी भीडन्त हुनेछ । आफू मतदाताको सुखदुःखमा साथ दिँदै विकास र पूर्वाधारको क्षेत्रमा अघि बढ्ने भएकाले आफू भारी मतले विजयी हुने क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार भण्डारी बताउँछन् । आफू तनहुँको विकासको लागि अहोरात्र खटिने नेता भएको तथ्य मतदाताले बुझेको उनको भनाइ छ ।

आफूले पनि ग्रामीण भेगमा पक्की बाटो, डाक्टरसहितको स्वास्थ्य केन्द्र गुणस्तरीय शिक्षा र रोजगारीलगायतका सुविधालाई महत्वमा राखेको भण्डारीले बताए ।आफूले गण्डकी प्रदेश सरकारको अर्थ मन्त्री हुँदा तनहुँको अधिकांश बस्तीमा विकास निर्माणको कार्य गरेकोले पनि आफूलाई जनताले मतदान गरी जिताउनेमा आफू विश्वस्त रहेको एमालेका उम्मेदवार गुरुङ बताउँछन् ।

पक्की सडक, स्वच्छ खानेपानी, सुविधासम्पन्न स्वास्थ्य केन्द्र, गुणस्तरीय शिक्षा आफ्नो प्राथमिकतामा पर्ने गुरुङले जानकारी दिए। तनहुँ क्षेत्र नम्बर १ र २ बाट प्रतिनिधिसभा सदस्यमा क्रमश : १५ र १० जना गरी २५ उम्मेदवार छन् ।

तनहुँ क्षेत्र नम्बर १ प्रदेशसभा १ (क) मा ११ जना, प्रदेशसभा १ (ख) मा सात जना, तनहुँ क्षेत्र न.१ प्रदेशसभा २ (क) मा ८ जना, प्रदेशसभा १ (ख) मा चारजना गरी ३० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

ग्रामीण र सहर क्षेत्रको मतदाताको समस्या र भूगोलको बारेमा जानकार हुने भएकाले पनि प्रायः उम्मेदवारको भनाइ एकैखालको हुनु स्वभाविक भएको मतदाताको भनाइ छ । सबै उम्मेदवारले दिगो विकास र सुशासनको नारा दिएर मतदातामाझ जाने गरेपनि इमान्दार, विकासप्रेमी र जनताको दुःखमा साथ दिने र आर्थिक पारदर्शी उम्मेदवारलाई विजयी गराउनुपर्ने म्याग्दे गाउँपालिका-२ का रामप्रसाद श्रेष्ठले बताए ।

 ‘‘यसपटक सबैले असल उम्मेदवार पहिचान गरेर मतदान गर्नुपर्छ,’’ उनले भने, ‘‘राम्रो उम्मेदवारलाई जिताउन सक्यौंँ भने मात्रै विकासले गति लिने हो । नराम्रोलाई जिताएर पठाए फेरि पाँच वर्ष पछुताउँदै बस्नुपर्ने हुनसक्छ।’’ 

तनहुँ निर्वाचन क्षेत्र नं १ मा पर्ने पाँच स्थानीय तहमध्ये व्यास र भानु नगरपालिका र  देवघाट गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा भने क्रमश : एमाले र माओवादी केन्द्रले जितेको छ ।

त्यसैगरी तनहुँ निर्वाचन क्षेत्र नं २ को स्थानीय तह निर्वाचनमा शुक्लागण्डकी र भिमाद नगरपालिकामा क्रमशः कांग्रेस र एमाले विजयी भएको थियो । म्याग्दे र घिरिङ गाउँपालिकामा एमाले तथा ऋषिङ गाउँपालिकामा कांग्रेसले जितेको थियो । तनहुँमा कूल मतदाता २ लाख ४८ हजार ४ सय ९५ रहेको छ ।

तनहुँ क्षेत्र नं १ मा ६३ हजार ८ सय ४३ महिलासहित कूल १ लाख २३ हजार ४ सय ८० मतदाता छन् । तनहुँ क्षेत्र नं १ को १ (क) मा ६७ हजार १ सय ४४ र तनहुँ क्षेत्र नं १ को १ (ख) मा ५६ हजार ३ सय ४६ मतदाता छन् ।

तनहुँ क्षेत्र नं २ मा ५६ हजार २ महिलासहित कूल १ लाख २४ हजार ५ मतदाता छन् । तनहुँ क्षेत्र नं २ को २ (क) मा ६७ हजार ३२ र तनहुँ क्षेत्र नं २ को २ (ख) मा ५७ हजार ९ सय ७३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तनहुँमा महिला मतदाता पुरुषको भन्दा ९ हजार १ सय ९५ ले बढी छ । महिला मतदाताको सङ्ख्या बढी भए पनि प्रत्यक्ष निर्वाचनतर्फ कुनै पनि दलले महिलालाई उम्मेदवार नबनाएको भन्दै आलोचना भएको थियो ।

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १४:३५
##Tanahu
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
त्रिवि सिनेट बैठक स्थगित गरेर प्रधानमन्त्री ओली पुल उद्घाटनमा 
त्रिवि सिनेट बैठक स्थगित गरेर प्रधानमन्त्री ओली पुल उद्घाटनमा  आइतबार, असार २२, २०८२
मन्त्रिपरिषदले गरेका निर्णयहरु
मन्त्रिपरिषदले गरेका निर्णयहरु सोमबार, असार १६, २०८२
युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।। आइतबार, असार १५, २०८२
प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पौडेल
प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पौडेल मंगलबार, असार १०, २०८२
लाज पचेका नेताहरुलाई सुनिल शर्माको शब्दवाण
लाज पचेका नेताहरुलाई सुनिल शर्माको शब्दवाण आइतबार, असार ८, २०८२
के अहिले पनि धनीमनीको लागि मात्र शिक्षा आउने ?
के अहिले पनि धनीमनीको लागि मात्र शिक्षा आउने ? शनिबार, असार ७, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक शनिबार, असार ७, २०८२
माओवादी पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड
माओवादी पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड शनिबार, जेठ ३२, २०८२
बाेल्दा बाेल्दै गृहमन्त्रीको घोक्रै सुके
बाेल्दा बाेल्दै गृहमन्त्रीको घोक्रै सुके शुक्रबार, जेठ ३१, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
  • नंः ३ दिदीभाइको कथानकतामा गजबको गीत सार्वजनिक
  • नंः ४ तुलसीपुरको पातुखोला जीर्ण पुलमा श्रमदानबाट तटबन्ध निर्माण
  • नंः ५ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्