Prime Commercial Bank Ltd. from 27/09/025
x
Top Navigation
Main Navigation
मंगलबार, असोज २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, असोज २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • विधि र प्रक्रिया भित्रबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ: अध्यक्ष प्रचण्ड
विधि र प्रक्रिया भित्रबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ: अध्यक्ष प्रचण्ड यस्ताे छ, प्रचण्डकाे सम्बाेधनकाे सम्पादित अंश
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असोज ९, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी नेतृत्वको हस्तान्तरण निश्चित विधि र प्रक्रियाबाट हुनुपर्ने बताउनु भएको छ । आजदेखि काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेतृत्व हस्तान्तरणको विषयलाई वैज्ञानिक र वस्तुवादी ढंगले छलफल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले भन्नुभयो, 'मैले हिजोदेखि आजसम्म पार्टीमा, आन्दोलनमा, राष्ट्रको लागि, परिवर्तनको लागि जे जति गर्ने मौका पाए र मलाई लाग्छ अहिले पनि कम्युनिस्ट आन्दोलनको निम्ति, देशको निम्ति, अझ राष्ट्रिय स्वाधीनताको निम्ति वा वैचारिक विमर्श, बहस र संघर्षको निम्ति म आफ्नो जिम्मेवारीबाट पन्छिने, पलायन हुने मेरो दिमागमा बिल्कुलै छैन ।'


प्रचण्डले पार्टीका प्रमुख नेताहरूले राजनीति वा पदबाट छोड्नुपर्ने भन्ने चर्चा मिडिया र बाहिर चलेको सन्दर्भमा आफ्नो धारणा राख्नुभएको हो । उहाँले बताउनुभयो, 'पहिलो कुरा जिम्मेवारीबाट पन्छिने, पलायन हुने, अब चाहिँ पुग्यो भन्ने पक्षमा म छैन । अन्तिम समयसम्म पनि म लडिराख्नुपर्छ भन्ने संकल्प मभित्र छ ।'

तर, उहाँले पदमा बसिराख्नुपर्छ भन्ने लोभ आफूमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, 'मलाई अब पदमा बसिराख्नुपर्छ, त्यसको लागि भन्ने मलाई लाग्दैन । विगतमा पनि मैले केही संक्षिप्त र संकेतको रूपमा गएको केन्द्रीय समितिको बैठकमा पनि नेतृत्व सम्बन्धि चर्चा चल्दा, नेतृत्व हस्तान्तरण कसरी के हो त भन्ने बारे छलफल हुँदा मैले यो कुरा राख्ने नै गरेको छु ।'

Nepal Oil Corporation

प्रचण्डले नेतृत्व हस्तान्तरणलाई एउटा निश्चित विधि र प्रक्रियाबाट गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, 'नेतृत्व सधैं अध्यक्ष भइराख्नुपर्ने भए मात्रै नेतृत्व हुने, अध्यक्ष पद नभएपछि नेतृत्व नहुने भन्ने चाहिँ हुँदैन । हामीले एउटा निश्चित विधि र यस्ता निश्चित प्रक्रिया भित्रबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ, त्यसको तयारी गर्नुपर्छ । यो कसैलाई टिको लगाएर हुने कुरा होइन, यो वैचारिक पनि, राजनीतिक पनि, संगठनात्मक पनि एउटा प्रक्रियाबाट गुज्रेर नेतृत्व निर्माण गर्ने कुरा, नेतृत्व हस्तान्तरण गर्ने कुरालाई चाहिँ मार्क्सवादले, इतिहासले, घटनाक्रमले पुष्टि गरेको छ ।'

उहाँले विगतका भिडियो सन्देश र संविधान दिवसको कार्यक्रममा पनि नेतृत्व हस्तान्तरणबारे छलफल चलेको स्मरण गराउनुभयो । उहाँले बताउनुभयो, 'मैले दुइटा ठाउँमा बोलेको औपचारिक ढंगले, अध्यक्षको हैसियतले मैले भिडियो सन्देशमा पनि निश्चित विधि प्रक्रियाबाट हामी नेतृत्व हस्तान्तरण तिर अगाडि बढ्ने, बढिराखेका छौं भन्ने वाक्य प्रयोग गरेको पक्कै पनि कमरेडहरूले नोट गर्नुभएको होला ।' 

प्रचण्डले आफ्नो पार्टी इतिहास स्मरण गर्दै भन्नुभयो, 'मैले पार्टीको नेतृत्व मैले बल गरेर, अनेक गरेर लिएको नेतृत्व होइन । मेरो ४६ सालको ऐतिहासिक जनआन्दोलन अगाडि एउटा विशेष परिस्थितिमा तीन वर्षसम्म मलाई नेतृत्व गर् भन्दा हुँदैन भनेर रोक्दा रोक्दै रोक्दै अन्तिममा एउटा यस्तो परिस्थिति आइपर्‍यो, मैले लिनै पर्ने ।' उहाँले थप्नुभयो, 'पद लोभता मेरो नेचर होइन भन्न चाहन्छु । मलाई पद नभए नहुने भन्या जस्तो गरि प्रतिक्रियावादी र अवसरवादीहरूले जसरी प्रचार गर्ने गरेका छन्, त्यो सत्य होइन भन्ने मेरो अन्तर आत्माले भन्छ ।'

उहाँले देशी–विदेशी प्रतिक्रियावादीहरूको चलखेल र षड्यन्त्र बढेको सन्दर्भमा नेतृत्वको विषयलाई उजागर गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, 'नेताहरूको कार्यकर्ताहरूको जीवन शैलीको बारेमा, कार्य शैलीको बारेमा, सांस्कृतिक आचरणको बारेमा विभिन्न विभिन्न रूपमा कुरा उक्सिएका छन्, उठेका छन् । यो उठ्नेमा एउटा इमान्दार जनताले र आम आदिहरूले अपेक्षा गरे अनुसार काम नभएको हुनाले पार्टी प्रति, नेताहरू प्रति वितृष्णा साँच्चै मनमा लागेकै छ जनतालाई ।'

प्रचण्डले यो केन्द्रीय समिति बैठक र विशेष महाधिवेशनसम्म पुग्दा नेतृत्वबारे छलफलले सबैको बुझाइमा स्तर उन्नति हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, 'यो पटक यो केन्द्रीय समिति र यहाँबाट विशेष महाधिवेशनसम्म पुग्दा हामीले गर्ने विचार विमर्श छलफलले नेतृत्व बारे हामी सबैको बुझाइमा अझ स्तर उन्नति हुने, अझ विकसित र परिमार्जित हुने र नेतृत्व हस्तान्तरणको सही विधि प्रक्रिया पनि अवलम्बन हुने छ भन्ने मेरो विश्वास म सुरुमै कमरेडहरूलाई भन्न चाहन्छु ।'

उहाँले अन्त्यमा पार्टी एकताबद्ध बनाउने र विचारलाई अपग्रेड गर्ने विषयमा जोड दिनुभयो ।

यस्ताे छ, प्रचण्डकाे सम्बाेधनकाे सम्पादित अंश

कमरेडहरु मैले केन्द्रीय समितिको बैठकको आह्वान गर्नु अगाडि र पदाधिकारीको बैठकबाट नयाँ परिस्थितिको सामना गर्न सिंगो पार्टी पक्तिलाई केन्द्रित गर्न जरुरी छ । यसका लागि सबैको सुझावहरुलाई केन्द्रित गर्न जरुरी छ भन्दै गर्दा बाहिर देख्ने आन्दोलनले पैदा गरेको परिस्थितिमा दुइटा कुरा चाहिँ अझ विशेष रुपले चाहिँ उठेको छ । मलाई लाग्छ तपाईहरु सबैले पनि सुनि राख्नु भएकै छ । हेरि राख्नु भएकै छ ।

एउटा पार्टीहरु अझ ठुला भनिएका हिजोका पार्टीहरुको प्रमुख नेताहरुले छोड्नु पर्छ राजनीतिबाट या पदबाट भन्ने निकै ठुलो मार्केटमा चर्चा मिडियामा चर्चा भइराखेको छ । तपाईँहरु सबैले सुनेका पनि छौँ । अझ हाम्रै पार्टीको बारेमा र मेरो बारेमा त ३५/३६ वर्षदेखि कति गरेको भन्ने कुरा पनि विगत देखि पनि हुँदै गरेका हुन् । अहिले पनि भइराखेकै छ । म कमरेडहरुलाई अहिले अरु व्याख्या नगरिकन के भन्न चाहन्छु भने मैले हिजो देखि आज सम्म पार्टीमा आन्दोलनमा राष्ट्रको लागि परिवर्तनको लागि जे जति गर्ने मौका पाए र मलाई लाग्छ अहिले पनि कम्युनिस्ट आन्दोलनको निम्ति देशको निम्ति अझ राष्ट्रिय स्वाधीनताको निम्ति या वैचारिक विमर्श बहस र संघर्षको निम्ति म आफ्नो जिम्मेवारीबाट पन्छिने पलायन हुने मेरो दिमागमा बिल्कुलै छैन भन्ने कुरा म पहिले नै सबै कमरेडहरुलाई राख्न चाहन्छु । पहिलो कुरा जिम्मेवारीबाट पन्छिने पलायन हुने अब चाहिँ पुग्यो भन्ने पक्षमा म छैन । अन्तिम समय सम्म पनि म लडि राख्नु पर्छ भन्ने संकल्प म भित्र छ । त्यसो भनिरहँदा म अर्को कुरा पनि सायद समृद्धले विगत देखि पनि मेरो भनाई सुनि राख्नु भएको छ । मलाई अब पदमा बसि राख्नु पर्छ त्यसको लागि भन्ने मलाई लाग्दैन । विगतमा पनि मैले केही संक्षिप्त र संकेतको रुपमा गएको केन्द्रीय समितिको बैठकमा पनि नेतृत्व सम्बन्धि चर्चा चल्दा नेतृत्व हस्तान्तरण कसरी के हो त भन्ने बारे छलफल हुदा मैले यो कुरा राख्ने नै गरेको छु । नेतृत्व सधै अध्यक्ष भइराख्नु पर्ने भए मात्रै नेतृत्व हुने अध्यक्ष पद नभएपछि नेतृत्व नहुने भन्ने चाहिँ हुदैन भन्दै हामीले एउटा निश्चित विधि र यस्ता निश्चित प्रक्रिया भित्रबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ त्यसको तयारी गर्नुपर्छ । यो कसैलाई टिको लगाएर हुने कुरा होइन यो वैचारिक पनि राजनीतिक पनि संगठनात्मक पनि एउटा प्रक्रियाबाट गुज्रेर नेतृत्व निर्माण गर्ने कुरा नेतृत्व हस्तान्तरण गर्ने कुरालाई चाहिँ मार्क्सवादले इतिहासले घटनाक्रमले पुष्टि गरेको छ । त्यसकारण तै पनि हामीले नेतृत्व हस्तान्तरण बारे पक्कै पनि अब सोच्नु पर्छ छलफल गर्नुपर्छ भन्ने कुरा भनिएको थियो ।

त्यो विगतको कुरालाई स्मरण गर्दै म कमरेडहरुलाई के भन्न चाहन्छु भने यही जनवादी आन्दोलनको क्रममा जसरी बाहिर कुरा उठि राखेको छ प्रमुख नेताहरुको बारेमा आदि इत्यादि त्यो सन्दर्भमा मैले दुइटा ठाउँमा बोलेको औपचारिक ढंगले अध्यक्षको हैसियतले मैले भिडियो सन्देशमा पनि निश्चित विधि प्रक्रियाबाट हामी नेतृत्व हस्तान्तरण तिर अगाडि बढ्ने बढिराखेका छौ भन्ने वाक्य प्रयोग गरेको पक्कै पनि कमरेडहरुले नोट गर्नु भएको होला र अर्को संविधान दिवसको उपलक्ष्यमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाडामा आयोजित समारोहमा पनि मैले नेतृत्व हस्तान्तरण गर्ने बारे छलफल चलेको छ । हामी यसलाई त्यो अघिल्लो भिडियो सन्देशमा पनि र भोलिपल्टको संविधान दिवसको वक्तव्यमा पनि मैले यो नेतृत्व हस्तान्तरणको छलफल चलेको छ र यसलाई निश्चित विधि प्रक्रियाबाट हामी एउटा टुंगोमा पुग्छौ भनेर भनेको थिए । म आज केन्द्रीय समितिको बैठकको सुरुवातमा नै सबै कमरेडहरुलाई यो विषय पक्कै पनि धेरै गम्भीर संवेदनशिल विषय हो नै र हामी सबैले यसको बारेमा सोच्नु नै पर्छ ।

नेतृत्व निर्माण नेतृत्व हस्तान्तरणको सबभन्दा वैज्ञानिक वस्तुवादी र परिस्थिति ले माग के गरेको छ भन्ने कुरालाई हामी सबैले सोच्नै पर्छ । त्यही उद्देश्यको लागि पनि केन्द्रीय समितिको बैठक आवश्यक छ । कमसेकम पनि यो बारेमा न्यूनतम हाम्रो बुझाईमा एकरुपता हुन जरुरी छ । म फेरी पनि यसलाई संश्लेषित रुपमा भन्न चाहन्छु म पार्टी आन्दोलन देश राष्ट्र र वर्ग प्रतिको जिम्मेवारीबाट पन्छिने त मैले बिल्कुल सोचेको छैन तर पद अध्यक्ष हुन पर्ने किनकि मैले पार्टीको नेतृत्व मैले बल गरेर अनेक गरेर लिएको नेतृत्व होइन मेरो ४६ सालको ऐतिहासिक जनआन्दोलन अगाडि एउटा विशेष परिस्थितिमा तीन वर्ष सम्म मलाई नेतृत्व गर् भन्दा हुदैन भनेर रोक्दा रोक्दै रोक्दा रोक्दै अन्तिममा एउटा यस्तो परिस्थिति आइपर्यो मैले लिनै पर्ने गुरुङ जी यहाँ हुनुहुन्छ त्यतिबेलाको अरु पनि को को हुनुहुन्छ मलाई थाहा भएन जे होस् गुरुङ जी र हामी सँगै थियौ कस्तो परिस्थितिमा म पार्टीको ४६ सालको ऐतिहासिक जनआन्दोलन अगाडि पार्टीको महामंत्री बन्न पुगे । मैले महामंत्री बनिसकेपछि एकता केन्द्र बन्ने जनयुद्ध हुने सबै सबै कुराहरुका कथाहरु हामी सबैलाई स्मरण छदै छन् परिघटनाहरु म के भन्न चाहन्छु दोस्रो कुरा पहिलो कुरा जसरी मैले भने जिम्मेवारीबाट पन्छिने आन्दोलनबाट निष्क्रिय हुने भन्ने मेरो सम्भव पनि छैन मेरो नेचर पनि होइन । 

त्यस्तै दोस्रो कुरा पद लोभता मेरो नेचर होइन भन्न चाहन्छु । मलाई पद नभए नहुने भन्या जस्तो गरि प्रतिक्रियावादी र अवसरवादीहरुले जसरी प्रचार गर्ने गरेका छन् त्यो सत्य होइन भन्ने मेरो अन्तर आत्माले भन्छ। म नेतृत्वमा आएको पनि बल गरेर मलाई बनाउनै पर्यो भन्ने ढंगले होइन जबरजस्ती मेरो चाहिँ काधमा जिम्मेवारी आइपर्यो र मैले बोकेको हो। र अहिले पनि म हुन पर्ने मलाई भन्ने छैन। मैले कहिलेकाहीँ भनेको केही वाक्य कतिपय साथीहरुलाई राम्रो लाग्यो कतिपयलाई राम्रो लागेन। 

म नेतृत्वमा आएपछि ४६ सालको ऐतिहासिक जनआन्दोलन भयो। हामीले संयुक्त राष्ट्रिय जनआन्दोलन गर्यौ म त्यसमा सक्रिय सहभागी पनि भयौ। एकता केन्द्र बन्यो एकता महाधिवेशन भयो। माओवादी बन्यो जनयुद्ध भयो जनआन्दोलन भयो शान्ति सम्झौता भयो संविधान सभा भयो संघीय गणतन्त्र भयो आदि इत्यादि यो सबैमा मलाई पार्टीले र मलाई जनताले भरोसा गरेर विश्वास गरेर जे जिम्मेवारी दियो म पार्टी प्रति साच्चै नै आभार व्यक्त गर्दै आएको छु गर्न चाहन्छु आज पनि पार्टीले मलाई जिम्मेवारी दियो मैले सकेको कुरा गर्ने कोशिश गरिराख्ने छु। अहिले जुन बिन्दुमा हामी आइपुगेका छौ र जुन किसिमका देशी विदेशी प्रतिक्रियावादी चलखेल षडयन्त्र निकै तीव्रतामा भएका छन् यस्तो परिस्थितिमा नेतृत्वको विषय पनि चाहिँ उज्यालिएको छ। नेता सबै यहाँ एउटा मात्रै नेताको कुरा होइन हामी सबै नेतृत्वमा हुने कमरेडहरुको बारेमा पनि धेरै किसिमले कुरा उठेको छ। नेताहरुको कार्यकर्ताहरुको जीवन शैलीको बारेमा कार्य शैलीको बारेमा सांस्कृतिक आचरणको बारेमा विभिन्न विभिन्न रुपमा कुरा उक्सिएका छन् उठेका छन्। यो उठ्नेमा एउटा इमान्दार जनताले र आम आदिहरुले अपेक्षा गरे अनुसार काम नभएको हुनाले पार्टी प्रति नेताहरु प्रति वितृष्णा साच्चै मनमा लागेकै छ जनतालाई। त्यसो भएर इमान्दारिता साथ पार्टी नभए हुन्थ्यो कि कहिले पार्टी भन्दा चाहिँ बरु राजै आए हुन्थ्यो कि भन्ने पनि मानिसहरुलाई लाग्ने गरेका पनि हामीले देख्यौ। गएको २०७४ हामी सबैले सम्झेकै छौ। भने अर्को चाहिँ त्यो इमान्दार अभिव्यक्तिको लाई उपयोग गरेर लोकतन्त्र गणतन्त्र र नेपालको राष्ट्रिय स्वाधीनतालाई सदाभुंग पार्ने अन्तराष्ट्रिय षडयन्त्र पनि झन् तीव्र रुपले र गम्भीर रुपले अगाडि बढेको छ। कमरेडहरु यो दुइटा एउटै होइन देख्दा एउटै देखिन्छन् तर त्यस भित्रको अन्तर यसको सार यसको अन्तरवस्तु चाहिँ एउटै होइन। त्यसकारण यो पटक यो केन्द्रीय समिति र यहाँबाट विशेष महाधिवेशन सम्म पुग्दा हामीले गर्ने विचार विमर्श छलफलले नेतृत्व बारे हामी सबैको बुझाईमा अझ स्तर उन्नति हुने अझ विकसित र परिमार्जित हुने र नेतृत्व हस्तान्तरणको सही विधि प्रक्रिया पनि अवलम्बन हुने छ भन्ने मेरो विश्वास म सुरुमै 

कमरेडहरुलाई भन्न चाहन्छु मलाई अध्यक्ष भइराख्नु पर्छ म चाहिँ छोड्न हुदैन भन्ने मेरो छैन तर कतिपय साथीहरुलाई त्यस्तो लाग्ने गर्छ फेरी। यिनी अनेक गरेर आफैले नछोड्ने वातावरण बनाउन ला त होइन भन्ने भाव पनि म सुन्छु अलि अलि म यो ऐतिहासिक र असाधारण परिस्थितिको केन्द्रीय समितिको बैठक अगाडि उभिएर तपाईहरुलाई भन्दै छु ममा त्यस्तो छैन। यो पार्टीलाई अझ एकताबद्ध कसरी गर्ने होला विचारलाई अझ अप कसरी गर्ने होला अहिलेका चुनौतीहरुको सामना गर्नको लागि राष्ट्रिय स्वाधीनताको निम्ति र लोकतन्त्र गणतन्त्र यो हजारौ शहीदहरुको बलिदानबाट प्राप्त भएको उपलब्धि र त्यसमाथि निकै ठुलो प्रहार अन्तराष्ट्रिय डिजाइनमा हुदै छ भन्ने कुरा हामीले प्रत्यक्ष देखेका छौ हेरेका छौ भोगेका छौ। त्यसकारण त्यसको सामना गर्ने नीति योजना र कार्यक्रमको विकासको उद्देश्यले नै केन्द्रीय समितिको यो बैठक र अधिवेशन सम्मको यात्रा बारे सोच बनेको हो। यो अर्थ अन्यथा साबित भएछ भने हामी सबै यही यही छौ हामी सबैले देख्ने नै छौ। म नेतृत्वमा अलि अलि चाहिँ असन्तुष्टि अलि अलि थोरै अन्तराष्ट्रिय कमरेडहरुलाई पनि म भन्न चाहन्छु अ यो कुरालाई तपाई हामी सबैले हेक्का राख्नु। यो परिस्थितिको सामना हामीले नयाँ विचार, नयाँ योजना, नयाँ कार्यशैली, नयाँ संस्कृति आचरणको विकास गरेर जनताको तहबाट नै एउटा नयाँ शक्ति निर्माण एउटा विवेकाधीन रणनीति अन्तर्गत तत्काल नयाँ कार्य नीतिको श्रृंखला खडा गरेर हामीले शक्ति आर्जन गर्न सकेनौँ। शक्ति आर्जन गर्न सकेनौँ भने हाम्रो पार्टी र आन्दोलन मात्रै होइन यो राष्ट्रको स्वाधीनता यसको स्वतन्त्रता नै अहिले यति ठूलो संकटमा मैले इतिहास पढे अनुसार पहिला कहिल्यै पनि थिएन। यति ठूलो संकटमा परेको छ अहिले।

जसरी यी सबै छन्। त्यसकारण यसको सामना गर्ने उद्देश्यले नै तत्कालै विद्रोही आन्दोलनले पाइला पाइला गरेको मानसिकता, मनोविज्ञान त्यसलाई पनि सम्बोधन गरिहाल्नु पर्ने पार्टीलाई एकताबद्ध पनि गर्नुपर्ने र विचारलाई र संगठनलाई अप पनि गर्नुपर्ने उद्देश्य राखेर नै मैले पदाधिकारीको बैठकमा केन्द्रीय समितिको बैठक र अधिवेशन सम्मको यात्राको कुरा गरेको हुँ। आज हामी त्यही बैठकमा छौँ।
साभार -एभरेष्ट दैनिकबाट

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रको नाउँमा प्रधानमन्त्रीको सम्बोधन
राष्ट्रको नाउँमा प्रधानमन्त्रीको सम्बोधन बिहीबार, असोज ९, २०८२
मन्त्रीको पदभार सम्हाल्दै महावीर पुनले दिए निर्देशन
मन्त्रीको पदभार सम्हाल्दै महावीर पुनले दिए निर्देशन सोमबार, असोज ६, २०८२
हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने मन्त्रीपरिषद्को निर्णय
हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने मन्त्रीपरिषद्को निर्णय आइतबार, असोज ५, २०८२
अब पानी मुनि गएपनि उर्जा मन्त्री कुलमान घिसिङले नछोड्ने
अब पानी मुनि गएपनि उर्जा मन्त्री कुलमान घिसिङले नछोड्ने सोमबार, भदौ ३०, २०८२
मन्त्रीपरिषद् विस्तार
मन्त्रीपरिषद् विस्तार सोमबार, भदौ ३०, २०८२
युवापुस्ताको सोचबमोजिम काम गर्न निर्देशन
युवापुस्ताको सोचबमोजिम काम गर्न निर्देशन आइतबार, भदौ २९, २०८२
नवनियुक्त प्रधानमन्त्रीद्वारा पदभार ग्रहण
नवनियुक्त प्रधानमन्त्रीद्वारा पदभार ग्रहण आइतबार, भदौ २९, २०८२
घाइतेलाई भेट्न पुगे प्रधानमन्त्री कार्की अस्पताल–अस्पतालमा
घाइतेलाई भेट्न पुगे प्रधानमन्त्री कार्की अस्पताल–अस्पतालमा शनिबार, भदौ २८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ‘बा’ को चुरी फुरी
  • नंः २ टि–२० विश्वकप छनोटमा नेपालको सानदार विजयी सुरुवात
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ मन्त्रिपरिषद्को बैठकले गर्याे यस्ताे निर्णय
विचार
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन अच्युतप्रसाद नेपाल
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्