Top Navigation
Main Navigation
शुक्रबार, वैशाख ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, वैशाख ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • भारतीय कलाकारकाे नजरमा नेपाल
भारतीय कलाकारकाे नजरमा नेपाल
अच्युतप्रसाद नेपाल
अच्युतप्रसाद नेपाल बिहीबार, असोज ३०, २०८२
सांकेतिक फाेटाे-एआइ

काठमाडौं । भारतीय नागरिक राजेश चौधरी एक मिडिया प्रोफेसनल तथा फिल्म निर्माता हुन् । उनी केही वर्षयता ‘इन्डो–नेपाल प्रोजेक्ट’मा काम गर्दै आएका छन् । हाल उनी यही परियोजनाअन्तर्गत नेपालका महानायक राजेश हमाल र सुन्दरी नायिका निती शाहसँग धुलिखेलमा गीतको सुटिङमा व्यस्त छन् ।

“ओस नेपाल” बाट प्रसारित एक भिडियो अन्तर्वार्तामा एक  पत्रकारको प्रश्नको उत्तर दिँदै उनले भनेका थिए, “राजेश हमाल निकै ठूला कलाकार हुन्। उहाँ राम्रो परिवारबाट आउनुभएको हाे । उहाँका पिता पनि एक ख्यातिप्राप्त कूटनीतिज्ञ हुनुहुन्थ्यो । राजेश दाइ सबैसँग सहज व्यवहार गर्नुहुन्छ, फोटो खिच्नुहुन्छ । जनताले उहाँलाई त नेपालको प्रधानमन्त्री बनाउन चाहेका छन् तर उहाँ मान्नुहुन्न ।”

उनी अझै अघि बढ्दै भने, “म त राजेश दाइलाई अमिताभ बच्चनभन्दा पनि माथि राख्छु । उहाँसँग काम गर्ने मौका पाएकोमा म अत्यन्तै खुशी छु र यो मेरो सौभाग्य ठान्छु ।”

उनका हरेक उत्तरमा नेपालप्रतिको मोह झल्किन्थ्यो । पत्रकारको अर्को प्रश्नमा उनले भने, “यति सुन्दर देश, जहाँ मनाङ–मुस्ताङजस्ता अद्भुत ठाउँहरू छन्, यहाँ हामी फिल्म सुटिङ गर्न सक्छौं र पर्यटनको विकास पनि फिल्मको माध्यमबाट गर्न सक्छौं। स्वीजरल्यान्ड जानै पर्दैन। नेपाल नै सौन्दर्यले भरिपूर्ण देश हो ।”

राजेश चौधरीले थपे, “बेंगलोरमा करिब १५ लाख नेपाली बसोबास गर्छन् । हरेक नेपाली कार्यक्रममा मलाई प्रमुख अतिथिका रूपमा बोलाइन्छ।” उनले नेपाली समुदायसँगको आफ्ना सम्बन्धबारे पनि बीचमा चर्चा गरे ।

राजेश हमालसँगको भेट सम्झँदै उनले भने, “४–५ वर्षअघि काठमाडौं आउँदा मेरो भेट तत्कालीन पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीसँग भएको थियो । कुराकानीको क्रममा काठमाडौंदेखि पोखरासम्म फैलिएको करिब ४ सय हेक्टर जमिनमा ‘फिल्म सिटी’ निर्माण गर्न सकिने योजना पनि छलफलमा आएको थियो ।”

“अहिले सरकार राम्रो बनेको छ, त्यसैले म भारतका बिलियनेयरहरूलाई नेपाल ल्याउन चाहन्छु,” उनले भने । “यस्ता परियोजनाहरू ९९ वर्षका लागि लिजमा लिएर दीर्घकालीन रूपमा ठूलो लगानीका साथ काम गर्न सकिन्छ । नेपालले फिल्मको माध्यमबाट पर्यटन प्रवर्द्धनमा ठूलो फड्को मार्न सक्छ।”

तर उनले यसअघि पनि यस्तो काम अघि बढाउन खोज्दा केही भ्रस्ट मन्त्रीहरूसँगको सामना गर्दा प्रक्रिया अघि बढ्न नसकेको आशय व्यक्त गरे। कलाकारहरूसँगको सहकार्यबारे प्रश्न गर्दा उनले भने, “कलाकारहरू त्यस्ता व्यक्ति हुन्, जो आफ्नो कलाको माध्यमबाट देश र दुनियाँको मन जित्छन्। त्यो कार्य अहिले राजेश दाइ र निती शाहले गरिरहेका छन् । मैले शीर्ष दुई कलाकारलाई समातेको छु। अब म यी कलाकारहरूलाई लिएर विश्वभर नेपाललाई प्रमोट गर्नेछु ।”

‘इन्डो–नेपाल’ गीतको सुटिङमा दक्षिण भारतीय फिल्मका कलाकारहरूको पनि अभिनय रहेको उनले जानकारी दिए।
 

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १९:३५
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम आइतबार, चैत २२, २०८२
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार आइतबार, चैत २२, २०८२
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो !
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो ! शुक्रबार, चैत १३, २०८२
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक बुधबार, चैत ४, २०८२
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स आइतबार, फागुन १०, २०८२
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक मंगलबार, फागुन ५, २०८२
गायिका तथा निर्माता सत्यकला राई सम्मानित
गायिका तथा निर्माता सत्यकला राई सम्मानित शुक्रबार, पुस ४, २०८२
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई बुधबार, मंसिर ११, २०८२
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक बुधबार, मंसिर ४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
  • नंः ३ भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
  • नंः ४ बोल्नै नपर्ने खाजा घर
विचार
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  शारदा बजगाईँ
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्