Top Navigation
Main Navigation
बुधबार, भदौ २५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ २५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • लागू भयो बीमा ऐन, समिति अब प्राधिकरण
लागू भयो बीमा ऐन, समिति अब प्राधिकरण
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, कात्तिक २२, २०७९

काठमाडौ । बीमा ऐन २०७९ आजबाट लागू भएसँगै नेपाल बीमा प्राधिकरणले औपचारिक रुपमा काम कारबाही सुरु गरेको छ ।

ऐनमा भएको व्यवस्थाअनुसार साविकको बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’मा रुपान्तरण भएको हो ।

आज एक कार्यक्रमकाबीच अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको अधिकारसम्पन्न निकायका रुपमा प्राधिकरणले औपचारिक रुपमा काम सुरु गरेको बताए ।

ऐनमा भएका व्यवस्था विस्तारै कार्यान्वयनमा लैजानुपर्ने दायित्व प्राधिकरणको रहेको पनि उनको भनाइ छ । “ऐनमा भएका प्रावधान क्रमशः लागू गर्दै र काम गर्दै जाँदा थप व्याख्या गर्दै जानुपर्छ । प्राधिकरणलाई सशक्तिकरण गर्ने र प्रविधिमैत्री बनाउनमा हामी केन्द्रित हुन्छौँ,” अध्यक्ष सिलवालले भने।

Nepal Oil Corporation

नयाँ ऐन कार्यान्वयनमा आएसँगै बीमासम्बन्धी नियामक निकायका रुपमा प्राधिकरण थप सशक्त भएर अघि बढ्ने पनि उनको भनाइ छ ।

नेपाल बीमा प्राधिकरण बीमा व्यवसायको नियमनकारी निकायका रुपमा रहने र नेपाल सरकारको बीमासम्बन्धी सल्लाहकारका रुपमा काम गर्ने व्यवस्था नयाँ बीमा ऐनमा राखिएको छ । 

बीमा कम्पनीको स्थापनाका लागि पूर्वस्वीकृति दिने, इजाजतपत्र दिने तथा खारेज गर्ने, बीमा व्यवसायका लागि आवस्यक कानुनी व्यवस्था गर्ने, बीमा मध्यस्थकर्तालाई इजाजत दिने तथा उनीहरुको इजाजत नवीकरण एवम् खारेजीलगायतका अधिकार प्राधिकरणलाई दिइएको छ ।

त्यस्तै, प्राधिकरणसँग सम्बन्धित पुँजी तथा पुँजीकोष निर्धारण गर्ने, बीमा व्यवसायको जोखिम न्यूनीकरण गर्ने सम्बन्धमा आवश्यक काम गर्ने, बीमाको पहुँच बढाउन लघुबीमा प्रवद्र्धन गर्नेलगायतका काम पनि प्राधिकरणले गर्नेछ ।

ऐनमा भएको व्यवस्थाअनुसार आर्थिकरुपले विपन्न वर्गका नागरिकसम्म बीमाको पहुँच पुर्‍याइ यसका माध्यमबाट नागरिकको हित संरक्षणका लागि प्राधिकरणमा एक बीमा कोष रहनेछ ।

उक्त कोषमा नेपाल सरकारबाट प्राप्त रकम, प्राधिकरणलाई बीमकबाट प्राप्त हुने लघुबीमा नियमन शूल्कको ५० प्रतिशत बराबर हुन आउने रकम, बीमकबाट प्राप्त हुने नियमन शूल्कको ३३ प्रतिशत र अरु स्रोतबाट प्राप्त हुने रकमसमेत राख्न सकिनेछ ।

प्राधिकरण अन्तर्गत नै रहने गरी एक बीमित हित संरक्षण कोष रहने व्यवस्था पनि ऐनले गरेको छ । बीमक गाभ्न वा गाभिन सक्ने, बीमा व्यवसाय हस्तान्तरण गर्न सक्ने, कानून विपरीत काम गरेमा त्यस्तो बीमकको इजाजत निलम्बन गर्ने तथा व्यवसायमा रोक लगाउनेलगायतका अधिकार ऐनले प्राधिकरणलाई दिइएको छ ।

प्राधिकरणले बीमा क्षेत्रका सूचना सङ्कलन गरी व्यवस्थित गर्नका लागि बीमा सूचना केन्द्र स्थापना गर्न सक्ने, बीमा व्यवसायमा हुने जालसाजी, कीर्ते, ठगी जस्ता आपराधिक क्रियाकलापको अनुसन्धानका गर्ने काम समेत गर्नेछ ।

ऐनमा भएको व्यवस्थाअनुसार अब बीमक कम्पनीले एउटा बीमा कोष स्थापना गर्नुपर्नेछ । साथै बीमकले बीमा व्यवसायसम्बन्धी दायित्व बहन गर्न एक छुट्टै अनिवार्य जगेडा कोषसमेत खडा गर्नुपर्ने व्यवस्था ऐनमा राखिएको छ ।

बीमकको कूल सम्पत्ति कूल दायित्वभन्दा बढी हुनुपर्ने र कूल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्नका लागि छुट्याउनु पर्ने व्यवस्था पनि ऐनमा छ ।

साथै अब प्रत्येक बीमक कम्पनीले न्यून आय भएका वर्ग तथा पिछडिएको क्षेत्रका लागि लक्षित गरी लघुबीमा गर्नुपर्नेछ। यद्यपि, लघुबीमा मात्रै गर्ने प्रयोजनका लागि पनि कम्पनी खोल्न सकिनेछ । 

लघुबीमाको नियमनकारी सेवा पाउन प्रत्येक बीमक कम्पनीले आर्जन गरेको कुल बीमा शूल्कको शून्य दशमलव ५ प्रतिशतका दरले प्राधिकरणलाई बुझाउनुपर्नेछ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १५:०१
##beema
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि शुक्रबार, भदौ ६, २०८२
उड्ने कार हेर्नेकाे ओइरो
उड्ने कार हेर्नेकाे ओइरो बुधबार, भदौ ४, २०८२
१७ औं नाडा अटो शो मेला
१७ औं नाडा अटो शो मेला मंगलबार, भदौ ३, २०८२
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना बिहीबार, साउन २३, २०८२
सिंहदरवारमा कोदोको दश परिकार
सिंहदरवारमा कोदोको दश परिकार मंगलबार, साउन २१, २०८२
महालक्ष्मी विकास बैंक र एच.डी.एफ.सी (HDFC)  बैंकबीच समझदारी
महालक्ष्मी विकास बैंक र एच.डी.एफ.सी (HDFC) बैंकबीच समझदारी सोमबार, साउन २०, २०८२
सात वर्षकाे प्रगति ३७ प्रतिशत मात्रै
सात वर्षकाे प्रगति ३७ प्रतिशत मात्रै आइतबार, साउन १९, २०८२
हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ विजेता घोषणा
हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ विजेता घोषणा शुक्रबार, साउन १७, २०८२
विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा
विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा बुधबार, साउन १५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
  • नंः ३ आजको जेन-जी प्रदर्शनकारीकाे मृत्यु र कति घाइते भए ?
  • नंः ४ मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
  • नंः ५ Gen-Z जनविद्रोह अन्तिम चरणमा प्रवेश
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्