Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • चीनले दिएको शून्य भन्सार नीतिको सदुपयोग गरौँ : उपराष्ट्रपति पुन
चीनले दिएको शून्य भन्सार नीतिको सदुपयोग गरौँ : उपराष्ट्रपति पुन नेपाल चीन उद्योग वाणिज्य सङ्घको २३औँ वार्षिक साधारणसभा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, कात्तिक २४, २०७९

काठमाडाै । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीनबीचको सम्बन्ध आर्थिक कूटनीतिका माध्यमबाट अझै विस्तार र प्रगाढ बन्ने विश्वास गरेको छ ।

आयोजित नेपाल चीन उद्योग वाणिज्य सङ्घको २३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन निजी क्षेत्रको भूमिका अझै प्रभावकारी बन्ने बताएकाे हाे ।

पञ्चशीलको सिद्धान्तमा आधारित नेपाल-चीन द्विपक्षीय सम्बन्ध विविध क्षेत्रमा विस्तार हुँदै आएको जनाउँदै उपराष्ट्रपति पुनले विगत केही वर्षयता नेपाल र चीनबीचको सम्बन्ध अझ गहिरो तथा फराकिलो बनाउन नयाँ सहयोगका क्षेत्र पहिचान गरिएको बताएका हुन् ।

सोही आधारमा पछिल्ला केही वर्षयता दुई देशबीच महत्वपूर्ण सम्झौता सम्पन्न भएको उनको भनाइ छ । उपराष्ट्रपति पुनले आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाएको नेपालको व्यापार अवस्था भने सन्तोषजनक नरहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले प्रत्येक नेपालीको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध राष्ट्र निर्माणका लागि नेपाली अर्थतन्त्रमा व्यापक सुधार गर्नुपर्ने बताए ।

“जबसम्म हामी हरेक क्षेत्रमा आत्मनिर्भर हुँदै निर्यातमा वृद्धि गर्न सक्दैनौँ, तबसम्म समृद्धि टाढै रहनेछ”, उपराष्ट्रपति पुनले भने, “गुणस्तरीय वस्तुको उत्पादन, उत्पादित वस्तुको प्रवद्र्धन, आर्थिक कूटनीतिमार्फत अन्तर्राष्ट्रिय बजारमा निर्यात जस्ता कार्यबाट हामीले हाम्रो निर्यात व्यापार वृद्धि गर्नसक्नु पर्दछ ।”

यसै महिनादेखि लागू हुने गरी नेपालसहित अतिकम विकसित मुलुकबाट निर्यात हुने ९० प्रतिशत वस्तुको भन्सार शुल्क शून्य बनाउने चीनको नीति हाम्रा लागि राम्रो अवसर रहेको जनाउँदै उपराष्ट्रपति पुनले चीनको यस नीतिको नेपालले सदुपयोग गर्नुपर्ने बताए ।

“नेपालको मुख्य व्यापार छिमेकी मुलुक चीन र भारतसँग छ, संसारमा निकट भविष्यमै विश्वको आर्थिक महाशक्तिको नेतृत्व गर्ने उदेश्य बोकेको चीनसँग नेपालको व्यावसायिक सम्बन्ध विकास हुनु हाम्रा लागि ठूलो अवसर पनि हो”, उपराष्ट्रपति पुनले भने ।

नेपालले आफ्ना मौलिक उत्पादन चिनियाँ बजारमा निर्यातको अवसर पाउँदा देशको अर्थतन्त्रको तस्बिर नै बदलिन सक्ने भन्दै उनले कृषिजन्य उत्पादन, जडिबुटी तथा खानीजन्य सामग्री चीनतर्फ निर्यात गर्न सकिने बताए ।

“चिनियाँ बजारमा नेपाली बस्तु निकासीलाई प्राथमिकता दिइनुपर्दछ, यसका लागि नेपाल चीन उद्योग वाणिज्य सङ्घ लगायतका संस्थाहरुले समन्वय र सहकार्य गर्नु आवश्यक देखिन्छ”, उपराष्ट्रपति पुनले भने ।

नेपाल चीन उद्योग वाणिज्य सङ्घका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र चीनबीच रहेका मुख्य दुई तातोपानी र केरुङ नाका पूर्ण क्षमतामा सञ्चालनका लागि दुवै तर्फबाट पहल हुनुपर्नेमा जोडका दिए ।

सङ्घका अध्यक्ष तुलाधरले दैनिक कन्टेनरको कोटा तोक्ने व्यवस्था अन्त्य गरी सबै कन्टेनर भित्रने वातावरण सिर्जना गर्नसके मात्र चीनको निर्यात व्यापारका साथै नेपालको राजस्व पनि बढ्ने बताए।

काठमाडौँस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ छेनले दुई देशबीचको आर्थिक सम्बन्धलाई प्रगाढ बनाउन सबैको उत्तिकै भूमिका रहेको बताए ।

कार्यक्रममा नेपाल-चीन यातायात तथा कार्गो ढुवानीमा विशेष भूमिका निर्वाह गरेको भन्दै हिमालय एयरलाइन्स र सिल्क ट्रान्सपोर्टलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १८:०८
##vicepresident #nandakishorpun
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्