Top Navigation
Main Navigation
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • चीनले दिएको शून्य भन्सार नीतिको सदुपयोग गरौँ : उपराष्ट्रपति पुन
चीनले दिएको शून्य भन्सार नीतिको सदुपयोग गरौँ : उपराष्ट्रपति पुन नेपाल चीन उद्योग वाणिज्य सङ्घको २३औँ वार्षिक साधारणसभा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, कात्तिक २४, २०७९
Api Himal

काठमाडाै । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीनबीचको सम्बन्ध आर्थिक कूटनीतिका माध्यमबाट अझै विस्तार र प्रगाढ बन्ने विश्वास गरेको छ ।

आयोजित नेपाल चीन उद्योग वाणिज्य सङ्घको २३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन निजी क्षेत्रको भूमिका अझै प्रभावकारी बन्ने बताएकाे हाे ।

पञ्चशीलको सिद्धान्तमा आधारित नेपाल-चीन द्विपक्षीय सम्बन्ध विविध क्षेत्रमा विस्तार हुँदै आएको जनाउँदै उपराष्ट्रपति पुनले विगत केही वर्षयता नेपाल र चीनबीचको सम्बन्ध अझ गहिरो तथा फराकिलो बनाउन नयाँ सहयोगका क्षेत्र पहिचान गरिएको बताएका हुन् ।

सोही आधारमा पछिल्ला केही वर्षयता दुई देशबीच महत्वपूर्ण सम्झौता सम्पन्न भएको उनको भनाइ छ । उपराष्ट्रपति पुनले आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाएको नेपालको व्यापार अवस्था भने सन्तोषजनक नरहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले प्रत्येक नेपालीको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध राष्ट्र निर्माणका लागि नेपाली अर्थतन्त्रमा व्यापक सुधार गर्नुपर्ने बताए ।

Nepal Oil Corporation

“जबसम्म हामी हरेक क्षेत्रमा आत्मनिर्भर हुँदै निर्यातमा वृद्धि गर्न सक्दैनौँ, तबसम्म समृद्धि टाढै रहनेछ”, उपराष्ट्रपति पुनले भने, “गुणस्तरीय वस्तुको उत्पादन, उत्पादित वस्तुको प्रवद्र्धन, आर्थिक कूटनीतिमार्फत अन्तर्राष्ट्रिय बजारमा निर्यात जस्ता कार्यबाट हामीले हाम्रो निर्यात व्यापार वृद्धि गर्नसक्नु पर्दछ ।”

यसै महिनादेखि लागू हुने गरी नेपालसहित अतिकम विकसित मुलुकबाट निर्यात हुने ९० प्रतिशत वस्तुको भन्सार शुल्क शून्य बनाउने चीनको नीति हाम्रा लागि राम्रो अवसर रहेको जनाउँदै उपराष्ट्रपति पुनले चीनको यस नीतिको नेपालले सदुपयोग गर्नुपर्ने बताए ।

“नेपालको मुख्य व्यापार छिमेकी मुलुक चीन र भारतसँग छ, संसारमा निकट भविष्यमै विश्वको आर्थिक महाशक्तिको नेतृत्व गर्ने उदेश्य बोकेको चीनसँग नेपालको व्यावसायिक सम्बन्ध विकास हुनु हाम्रा लागि ठूलो अवसर पनि हो”, उपराष्ट्रपति पुनले भने ।

नेपालले आफ्ना मौलिक उत्पादन चिनियाँ बजारमा निर्यातको अवसर पाउँदा देशको अर्थतन्त्रको तस्बिर नै बदलिन सक्ने भन्दै उनले कृषिजन्य उत्पादन, जडिबुटी तथा खानीजन्य सामग्री चीनतर्फ निर्यात गर्न सकिने बताए ।

“चिनियाँ बजारमा नेपाली बस्तु निकासीलाई प्राथमिकता दिइनुपर्दछ, यसका लागि नेपाल चीन उद्योग वाणिज्य सङ्घ लगायतका संस्थाहरुले समन्वय र सहकार्य गर्नु आवश्यक देखिन्छ”, उपराष्ट्रपति पुनले भने ।

नेपाल चीन उद्योग वाणिज्य सङ्घका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र चीनबीच रहेका मुख्य दुई तातोपानी र केरुङ नाका पूर्ण क्षमतामा सञ्चालनका लागि दुवै तर्फबाट पहल हुनुपर्नेमा जोडका दिए ।

सङ्घका अध्यक्ष तुलाधरले दैनिक कन्टेनरको कोटा तोक्ने व्यवस्था अन्त्य गरी सबै कन्टेनर भित्रने वातावरण सिर्जना गर्नसके मात्र चीनको निर्यात व्यापारका साथै नेपालको राजस्व पनि बढ्ने बताए।

काठमाडौँस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ छेनले दुई देशबीचको आर्थिक सम्बन्धलाई प्रगाढ बनाउन सबैको उत्तिकै भूमिका रहेको बताए ।

कार्यक्रममा नेपाल-चीन यातायात तथा कार्गो ढुवानीमा विशेष भूमिका निर्वाह गरेको भन्दै हिमालय एयरलाइन्स र सिल्क ट्रान्सपोर्टलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १८:०८
##vicepresident #nandakishorpun
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जन्मेदेखि मृत्युसम्म करैकर ! जनताले के का लागि तिर्ने कर ?
जन्मेदेखि मृत्युसम्म करैकर ! जनताले के का लागि तिर्ने कर ? बुधबार, वैशाख २४, २०८२
यस्ताे आयाे  आव २०८२/२०८३ नीति तथा कार्यक्रम
यस्ताे आयाे आव २०८२/२०८३ नीति तथा कार्यक्रम शुक्रबार, वैशाख १९, २०८२
कोषले दियो १ अर्ब ५२ करोड थप प्रतिफल
कोषले दियो १ अर्ब ५२ करोड थप प्रतिफल सोमबार, वैशाख ८, २०८२
नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता
नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता मंगलबार, चैत १९, २०८१
नागरिक लगानी कोषले मनायो ३५ औं वार्षिकोत्सव
नागरिक लगानी कोषले मनायो ३५ औं वार्षिकोत्सव सोमबार, चैत ४, २०८१
भेडीगोठमा बास बस्नु पर्ने बाध्यता हट्यो
भेडीगोठमा बास बस्नु पर्ने बाध्यता हट्यो शनिबार, फागुन २४, २०८१
अब यती एअरलाइन्समा उडान भर्दा उपहारै उपहार
अब यती एअरलाइन्समा उडान भर्दा उपहारै उपहार सोमबार, फागुन १२, २०८१
नागरिक लगानी कोष र एलसीइनर्जीबीच सेयर प्रत्याभूति सम्झौता
नागरिक लगानी कोष र एलसीइनर्जीबीच सेयर प्रत्याभूति सम्झौता बुधबार, फागुन ७, २०८१
तुम्लिङटार-खाँदबारी-छ्याङ्गकुटी सडकखण्डको काम १५ वर्षपछि सुरु
तुम्लिङटार-खाँदबारी-छ्याङ्गकुटी सडकखण्डको काम १५ वर्षपछि सुरु मंगलबार, माघ २९, २०८१
लाेकप्रिय समाचार
  • नंः १ माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड
  • नंः २ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ३ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः ४ कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
  • नंः ५ प्रतिनिधि सभा बैठक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्