Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • उद्योग तत्काल सुचारु गर्न मजदूर युनियनहरुको माग
उद्योग तत्काल सुचारु गर्न मजदूर युनियनहरुको माग
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, कात्तिक २८, २०७९

उदयपुर । पूर्णरुपमा सरकारी स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले निर्वाचनपछि सञ्चालन हुने भएको छ ।

आईतबार उद्योग प्रशासन र उद्योगमाकार्यरत मजदूर युनियनबीच उद्योगलाई निर्वाचनपछि सञ्चालन गर्ने सहमति भएको हो।

यसभन्दाअघि कोइलाको अभाव र मर्मतको लागि लामो समय उद्योग बन्द गरिएको थियो । उद्योगलाई कोइलाको अभावमा पटक/पटक बन्द गरिएपछि मजदूर युनियनहरुले महाप्रबन्धकलाई तत्काल उद्योग सञ्चालन गर्न माग गर्दै आएका थिए ।

यस उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा क्रियाशिल ट्रेड युनियनहरुले सिमेन्ट प्लान्ट र बिक्री सुचारु भएतापनि क्लिङ्कर उत्पादन गर्न कच्चा पदार्थ अभवा भई बन्द भएको तर, (आईतबार) सम्म पाँच सय मेट्रिक टन कोइला आइसकेको र निर्वाचन अघिपछिसम्म पाँच सय मेट्रिक टन थप गरी तत्काल सञ्चालन गर्ने सहमति भई कार्यन्वयनमा लैजाने । ’उद्योग प्रशास र मजदुरहरुबीच सहमतिपत्रमा भनिएको छ, ‘निर्वाचन अघि मर्मत कार्य सम्पन्न गरि सक्ने र पूर्ण क्षमतामा सञ्चालन गर्ने र पुँजी लगानी गरिदिन नेपाल सरकारलाई अनुरोध गर्ने ।’

ucindustries1668397763.jpgउक्त सहमतिको पत्रमा उद्योगकातर्फबाट महाप्रबन्धक गोपीकृष्ण न्यौपाने, नायव महाप्रबन्धकहरुमा उमाशंकर आन्नद, महेशप्रसाद साह, प्रशासन प्रमुख प्रथमलाल चौेधरी र मजदुरहरुको तर्फबाट नेपाल कारखाना श्रमिक संघका अध्यक्ष देवेन्द्र झा, नेपाल औद्योगिक मजदुर संगठनका अध्यक्ष महावीर चौधरी, अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष विशेश्वर पालर  समग्र टे«ड युनियनका उपाध्यक्ष पुर्णप्रसाद गुरागाँइबीच सहमति भएको बताइएको छ।

चालु आर्थिक वर्षमा उद्योगका सहायक महाप्रबन्धक उमाशंकर आन्नदकाअनुसार चालु आर्थिक वर्षको साउनमा १२, भदौमा ८ दिन, असोजमा १५ दिन, कात्तिकमा हालसम्म उद्योग कोइला अभाव र मर्मतको लागि बन्द भएको छ ।सहायक महाप्रबन्धक आन्नदले भने, ‘उद्योग बन्द हुन मुख्य कारण कोइला अभाव मर्मत हो'  उनले भने ।

उनकाअनुसार साउनमा ६ हजार १४५, भदौमा ८ हजार ९७६, असोजमा ६ हजार ५१४, कात्तिकमा २ हजार ५१ मेट्रिक टन क्लिङ्कर उत्पदन भएको थियो । दैनिक ८ सय मेट्रिकटन क्लिङ्कर उत्पादन गर्ने क्षमता भएको उद्योगमर्मतको अभावले पूर्ण उत्पादन गर्न नसकेको उनको भनाइ छ ।

चालुआर्थिक वर्षको हालसम्म बिक्री शाखाका प्रमुख रामबहादुर जिसीले साउनमा ९८ हजार ८१० बोरा, भदौमा ८९ हजार ६४१, असोजमा ७६ हजार ५१३, कात्तिक २५ गतेसम्म ५७ हजार २२३ बोरा बिक्री गरेको बताए । उनले भने, ‘हामीले अहिले पहिला उत्पादन भएको सिमेन्टप्रति ५० किलोग्रामको बोरा सात सय ६० पैसामा बिक्री गरिरहेका छौँ ।'

महाप्रबन्धक न्यौपानेले दशैँतिहार विदा, मर्मत र कोइलाको अभावका कारण क्लिङ्क उत्पादन बन्द भएको बताए । उनले भने, उद्योगमा कोइलाको पनि अभाव भयो । समयमा आइदिएन । मर्मत सम्भार पनि थियो । त्यो मर्मत पूरा हुँदैछ । अब चुनावपछि उद्योग सञ्चालनमा आउँछ ।’ 

उनले विभिन्न कारण उद्योगबन्द भएपछि मजदूर युनियनहरुले तत्काल सुचारु गर्न माग गरेको जायज भएको पनि बताए । ‘उद्योगलाई माया गर्ने मजदुर साथीहरुले चिन्दा व्यक्त गर्नु भएको थियो । अब चुनावपछि पूर्ण क्षमतामा सञ्चालन हुन्छ’  उनले भने 'उद्योगको क्षमता बढाउनको लागि ५६ करोड ७२ लाख रुपैँयाँ सरकारले ऋण सहयोग माग गरेका छाै‌ । सरकारले त्यो ५६ करोड ७२ लाख सहयोग आवश्यक गरे हामी उद्योग पनि बचाउँछौँ । चार वर्षभित्र सरकारलाई फिर्ता दिन्छौ । सरकारबाट ऋण लिने हो । त्यही ऋणको लागि काठमाडौं धाउने काम गरेँ।’ 

उनले पछिल्लो समय आफू पारिवारिक कामले अलिबढी काठमाडौं बस्नु परेको बताउँदै उनले भने, ‘मैले काठमाडौं बसे पनि यहाँका रिर्पोटहरु हेरिरहेको हुन्छु । मैले निमित्त महाप्रबन्धक साथीहरुलाई दिएर गएको छु । भौतिक रुपमा पछिल्लो समय कमै समय उद्योगमा बसेको हुँ । उद्योग विर्सेर बसेको होइन ।’ 

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  ०९:१५
##udayapurcementindtries
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्