Top Navigation
Main Navigation
बुधबार, भदौ २५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ २५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, मंसिर २३, २०७९

काठमाडौ । अङ्ग्रेजी नयाँ वर्ष पारेर आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास गरिएको छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलमा विमानस्थल सञ्चालन ल्याउनुअघिको कार्यअन्तर्गतको आपत्कालीन उद्धार अभ्यास गरेको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, स्वास्थ्यकर्मीलगायत गरी ६ सय जना उद्धार अभ्यासमा सहभागी भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता अनुप जोशीले बताएका छन् ।

प्रवक्ता जोशीका अनुसार यस्तो खालको उद्धार अभ्यास हरेक दुई–दुई वर्षमा गर्ने गरिए पनि विमानस्थल सञ्चालनमा ल्याउनुअघि पहिलोपटक गरिएको हो ।

Nepal Oil Corporation

जोशीले भने, “विमानस्थलमै जहाज दुर्घटना भएको अवस्थामा उद्धारका कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर पूर्वअभ्यास गरिएको हो । घटनापछि त्यसलाई कसरी ‘ह्याण्डल’ गर्ने र जनधनको क्षति कमका लागि यस्ता अभ्यासले सघाउ पुग्दछ ।”

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान (क्यालिब्रेसन फ्लाइट) गत मङ्सिर ५ गतेदेखि १२ गतेसम्म गरिएको थियो । यान्त्रिक उडान परीक्षणको प्रतिवेदन प्राप्त भइनसकेको प्रवक्ता जोशीले बताए ।

विमानस्थल सञ्चालनको चुनौतीका रूपमा रहेको रिठ्ठेपानीडाँडा कटानको काम सुरु भए पनि ल्याण्डफिल साइट स्थानान्तरण अझै हुनसकेको छैन । रिठ्ठेपानीको ४० मिटरमध्येमा १४ मिटर काटिसकिएको र बाँकी अवधिमा सबै काम सम्पन्न हुने विश्वास रहेको प्राधिकरणले जनाएको छ ।

पोखरा महानगरले विमानस्थल नजिकको ल्याण्डफिल साइट हटाउने प्रतिबद्धता जनाए पनि अझै सोही स्थलमै फोहोरमैला विसर्जन हुँदै आएको छ । महानगरले ल्याण्डफिलका लागि महानगरका विभिन्न वडामा स्थान खोजी गरे पनि टुङ्गोमा पुग्न सकेको छैन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ निर्माण कम्पनी सिएएमसीईले निर्माण गरेको हो । यसअघि गत वर्ष चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेलामा विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो ।

चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो ।विमानस्थलका लागि विसं २०३२ मा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि बल्ल निर्माण सुरु भएको थियो ।

विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकामा विसं २०७४ देखि निर्माण सुरु भएको हो । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १९:५९
##pokharaairport
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि शुक्रबार, भदौ ६, २०८२
उड्ने कार हेर्नेकाे ओइरो
उड्ने कार हेर्नेकाे ओइरो बुधबार, भदौ ४, २०८२
१७ औं नाडा अटो शो मेला
१७ औं नाडा अटो शो मेला मंगलबार, भदौ ३, २०८२
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना बिहीबार, साउन २३, २०८२
सिंहदरवारमा कोदोको दश परिकार
सिंहदरवारमा कोदोको दश परिकार मंगलबार, साउन २१, २०८२
महालक्ष्मी विकास बैंक र एच.डी.एफ.सी (HDFC)  बैंकबीच समझदारी
महालक्ष्मी विकास बैंक र एच.डी.एफ.सी (HDFC) बैंकबीच समझदारी सोमबार, साउन २०, २०८२
सात वर्षकाे प्रगति ३७ प्रतिशत मात्रै
सात वर्षकाे प्रगति ३७ प्रतिशत मात्रै आइतबार, साउन १९, २०८२
हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ विजेता घोषणा
हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ विजेता घोषणा शुक्रबार, साउन १७, २०८२
विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा
विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा बुधबार, साउन १५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
  • नंः ३ आजको जेन-जी प्रदर्शनकारीकाे मृत्यु र कति घाइते भए ?
  • नंः ४ मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
  • नंः ५ Gen-Z जनविद्रोह अन्तिम चरणमा प्रवेश
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्