Top Navigation
Main Navigation
शनिबार, माघ १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, माघ १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
Multimedia
  • Home
  • Multimedia
  • राष्ट्रपतिसमक्ष आयोगद्वारा निर्वाचनको प्रतिवेदन पेस
राष्ट्रपतिसमक्ष आयोगद्वारा निर्वाचनको प्रतिवेदन पेस
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, मंसिर २९, २०७९

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न  प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गरेको हो ।

प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका निम्ति निर्वाचन महत्वपूर्ण रहेको बताए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै उनले यसका निम्ति निर्वाचन आयोग, सुरक्षा निकाय, सरोकारवाला निकाय र आममतदाता सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्वच्छ, भयरहित वातावरणमा आमनिर्वाचन सम्पन्न भएको बताए। यस निर्वाचनबाट प्रतिनिधिसभामा २ सय ७५ र प्रदेशसभामा पाँच सय ५० गरी ८ सय २५ जना निर्वाचित भएको उनले जानकारी गराए ।

प्रतिनिधिसभामा ३३ दशमलव १० प्रतिशत र प्रदेशसभामा ३६ दशमलव ३६ प्रतिशत महिला सहभागिता भएको उनको भनाइ छ ।

आयोगले आगामी पुस  २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने जनाएको छ ।

सो अवसरमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडीलगायत उच्च अधिकारी सहभागी थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १६:१५
##ElectionCommissionNepal
प्रतिक्रिया दिनुहोस्
थप Multimedia
मन्त्रीपरिषद्को निर्णयहरु
मन्त्रीपरिषद्को निर्णयहरु मंगलबार, पुस २९, २०८२
मन्त्रीपरिषद्को बैठकले के के निर्णय गर्यो ?
मन्त्रीपरिषद्को बैठकले के के निर्णय गर्यो ? शुक्रबार, असोज २४, २०८२
मन्त्रिपरिषद्को बैठकले गर्याे यस्ताे निर्णय
मन्त्रिपरिषद्को बैठकले गर्याे यस्ताे निर्णय बिहीबार, असोज २३, २०८२
काठमाडौको गुह्येश्वरी मन्दिरमा दर्शनार्थीहरु
काठमाडौको गुह्येश्वरी मन्दिरमा दर्शनार्थीहरु बिहीबार, असोज ९, २०८२
मन्त्रीपरिषदको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषदको महत्वपूर्ण निर्णयहरु सोमबार, असोज ६, २०८२
जेनजी प्रदर्शनको क्रममा जलाइएका भवनहरुमा रंगरोगन
जेनजी प्रदर्शनको क्रममा जलाइएका भवनहरुमा रंगरोगन आइतबार, असोज ५, २०८२
संविधान दिवसमा के भने प्रधानमन्त्री कार्कीले ?
संविधान दिवसमा के भने प्रधानमन्त्री कार्कीले ? शुक्रबार, असोज ३, २०८२
जेनजी प्रदर्शनमा खरानी भएका संसदभवनको निरीक्षण
जेनजी प्रदर्शनमा खरानी भएका संसदभवनको निरीक्षण बिहीबार, असोज २, २०८२
काठमाण्डूको इन्द्रजात्रा
काठमाण्डूको इन्द्रजात्रा शनिबार, भदौ २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ?
  • नंः २ पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
  • नंः ३ परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
  • नंः ४ निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड
  • नंः ५ सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्