Top Navigation
Main Navigation
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • विदेशबाट फर्किएका युवाको १ वर्षमा ४४ लाखको दूध बिक्री
विदेशबाट फर्किएका युवाको १ वर्षमा ४४ लाखको दूध बिक्री
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, पुस १३, २०७९
milk kisan
Api Himal

काठमाडाै । वैदेशिक रोजगारीबाट फर्केका युवाले गठन गरेको दुग्ध उत्पादक सहकारीले एक वर्षमा ४४ लाखको दूध बिक्री गरेको छ ।

बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेरामा रहेको जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानले एकै वर्षमा ४४ लाख बढीको दूध बिक्री गरेकाे हाे ।

साविक कुश्मीशेरा गाविस-३ र ४ बाट वैदेशिक रोजगारीबाट फर्केका युवाको सहभागितामा सहकारी सुरु गरिएको थियो । यस वर्ष मात्रै सहकारीले दूध निर्यातबाट ४१ लाख ६२ हजार आम्दानी गरेको छ । गाउँमै दूध बिक्री गरेर झण्डै ३ लाख आम्दानी गरेको संस्थाका अध्यक्ष विकास पौडेलले बताए। 

अधिकांश शेयर सदस्य वैदेशिक रोजगारीबाट फर्केका युवा रहेको सहकारीले व्यावसायिक पशु पालनमा जोड दिँदै आएको छ । विदेशमा हुने मेहनत आफ्नै माटोमा गर्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण सहकारीले प्रस्तुत गरेको पौडेलले बताए ।

Nepal Oil Corporation

“हाम्रो सहकारीमा आवद्ध अधिकांश किसानले दुई वा दुईभन्दा बढी गाईबस्तु पाल्नुभएको छ, धेरै युवाको व्यावसायिक फार्म छ”, पौडेलले भने, “विदेशबाट फर्केपछि आम्दानीको स्रोत नै दूध हो ।” सहकारीको दूध पोखरा, बागलुङ र कुश्मा लगायतका बजारमा बिक्री हुने गरेको सहकारीका सहसचिव गुरुप्रसाद शर्माले बताए ।

सहकारीले उत्पादन गरेको दूधमा जैमिनी नगरपालिका र गण्डकी प्रदेश सरकारले उत्पादन प्रोत्साहन दिँदै आएका छन् । बितेको एक वर्षमा दुवै निकायबाट १ लाख २७ हजार ६ सय ११ उत्पादन प्रोत्साहन सहकारीले पाएको छ ।

“बजार टाढा हुँदा ढुवानीमा समस्या छ, वर्षामा दूध बजार पुर्याउनै कठिन छ”, शर्माले भने, “समयमा दूधको भुक्तानी पाउने र बाह्रै महिना बजारको समस्या नहुँदा उत्पादन अझै बढी हुन्छ ।”

शेयर सदस्यले अनिवार्य दूध उत्पादन गर्नुपर्ने व्यवस्था सहकारीले गरेको छ । वार्षिक २ सय ५० लिटर दूध उत्पादन नगर्ने शेयर सदस्यलाई जरिवाना लगाउने र धेरै उत्पादन गर्ने शेयर सदस्यलाई उत्पादनका आधारमा प्रोत्साहन दिने गरिएको छ ।

जैमिनीमा उत्पादित दूधको मूल्य किसानले रु ६५ देखि ७५ प्रतिलिटर पाउँछन् भने सहकारीले ८० देखि ८५ प्रतिलिटरमा बजार पठाउने गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १९:२४
##milk #baglung
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जन्मेदेखि मृत्युसम्म करैकर ! जनताले के का लागि तिर्ने कर ?
जन्मेदेखि मृत्युसम्म करैकर ! जनताले के का लागि तिर्ने कर ? बुधबार, वैशाख २४, २०८२
यस्ताे आयाे  आव २०८२/२०८३ नीति तथा कार्यक्रम
यस्ताे आयाे आव २०८२/२०८३ नीति तथा कार्यक्रम शुक्रबार, वैशाख १९, २०८२
कोषले दियो १ अर्ब ५२ करोड थप प्रतिफल
कोषले दियो १ अर्ब ५२ करोड थप प्रतिफल सोमबार, वैशाख ८, २०८२
नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता
नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता मंगलबार, चैत १९, २०८१
नागरिक लगानी कोषले मनायो ३५ औं वार्षिकोत्सव
नागरिक लगानी कोषले मनायो ३५ औं वार्षिकोत्सव सोमबार, चैत ४, २०८१
भेडीगोठमा बास बस्नु पर्ने बाध्यता हट्यो
भेडीगोठमा बास बस्नु पर्ने बाध्यता हट्यो शनिबार, फागुन २४, २०८१
अब यती एअरलाइन्समा उडान भर्दा उपहारै उपहार
अब यती एअरलाइन्समा उडान भर्दा उपहारै उपहार सोमबार, फागुन १२, २०८१
नागरिक लगानी कोष र एलसीइनर्जीबीच सेयर प्रत्याभूति सम्झौता
नागरिक लगानी कोष र एलसीइनर्जीबीच सेयर प्रत्याभूति सम्झौता बुधबार, फागुन ७, २०८१
तुम्लिङटार-खाँदबारी-छ्याङ्गकुटी सडकखण्डको काम १५ वर्षपछि सुरु
तुम्लिङटार-खाँदबारी-छ्याङ्गकुटी सडकखण्डको काम १५ वर्षपछि सुरु मंगलबार, माघ २९, २०८१
लाेकप्रिय समाचार
  • नंः १ माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड
  • नंः २ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ३ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः ४ संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
  • नंः ५ कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्