Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • माझीटारमा काठको डुङ्गा २६ वर्षपछि पुनःसञ्चालन
माझीटारमा काठको डुङ्गा २६ वर्षपछि पुनःसञ्चालन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, पुस १६, २०७९

पाँचथर । तमोर नदीको माझीटारमा २६ वर्षपछि काठको डुङ्गा (नाउ) पुनःसञ्चालनमा ल्याइएको छ ।

विगतमा बटुवाको नदी पार गर्ने एकमात्रै माध्यमका रूपमा रहेको डुङ्गा अहिले भने पर्यटकको मनोरञ्जनको माध्यम बनेको छ ।

माझी समुदायको आम्दानीको स्रोत बनाउने तथा परम्परागत पेशालाई निरन्तरता दिने उद्देश्यसहित माझीटारका १० युवाले डुङ्गा पुनःसञ्चालनमा ल्याएका हुन् ।

पाँचथर र तेह्रथुमको सीमा भई बग्ने तमोर नदीको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ को सीमावर्ती क्षेत्रमा गत सातादेखि डुङ्गा सञ्चालनमा ल्याइएको डुङ्गा सञ्चालकमध्येका एक वीरबहादुर माझीले बताए ।

माझी समुदायका युवाले केही समयदेखि काठको डुङ्गा सञ्चालनका लागि प्रयास गरिरहेका थिए । तर उपयुक्त रुख यहाँ नजिकै नभेट्टिँदा उनीहरूको प्रयास सार्थक भएको थिएन ।

गत वर्षायाममा तमोर नदीमा आएको भेलले बगाएर ल्याएको ठूलो रुख पाँचथरपट्टिकै नदी किनारामा अडिएपछि उनीहरूको प्रयास सार्थक भएको हो । सोही रुखलाई काटेर डुङ्गा बनाई सञ्चालनमा ल्याइएको हो ।

काठको डुङ्गा सञ्चालनमा आएपछि यहाँ जलयात्रा गर्न जानेको सङ्ख्या बढेको छ । चिसो मौसममा पनि न्यानो रहने यस क्षेत्रमा अहिले वनभोज खान जानेको लर्को नै लाग्ने गरेको छ ।

यही मौकामा जलयात्रा गर्न पाइने भएपछि यहाँ पुग्ने धेरैले यो मौकाको फाइदा लिने गरेका छन् । सुरुआत भएकाले डुङ्गामा शयर गरेको शुल्क यकिन नगरिएको सञ्चालक वीरबहादुरको भनाइ छ । “अहिले प्रतिव्यक्ति रु एक सयदेखि माथि नै दिइरहनु भएको छ”, वीरबहादुरले भने ।

असोज–कात्तिक महिनादेखि वैशाख–जेठसम्म डुङ्गा चलाउन सकिने उनको भनाइ छ । बाबुबाजेबाटै आफूहरूले सीप सिक्न पाएको र सीपको उपयोग गर्न पाउँदा खुसी लागेको वीरबहादुरले बताए । डुङ्गा सञ्चालनले परम्परागत पेशाको निरन्तरता रहने र राम्रो रकम सङ्कलन भएमा अर्को डुङ्गा निर्माण गरी सञ्चालन गर्ने युवाको योजना छ ।

माछा मार्ने, डुङ्गा चलाउनेजस्ता परम्परागत पेशा लोप नहोस् भन्ने उद्देश्यले डुङ्गा सञ्चालनमा ल्याइएको र यस स्थानमा डुङ्गा सञ्चालनको परम्परा भावी पुस्तासम्म हस्तान्तरण हुने अपेक्षा राखिएको अर्का युवा प्रकाश माझीले बताए ।

डुङ्गा चढेर जलयात्रा गर्नुभएका फिदिम नगरपालिका-४ जोरसालका विजय राई विगतमा नदी तर्ने माध्यमका रूपमा रहेको डुङ्गाको पुनःसञ्चालनले माझीटार क्षेत्रका स्थानीयवासीको आयआर्जन वृद्धि हुनुका साथै मौलिक संस्कृतिको जगेर्नामा मद्दत पुग्ने बताउँछन् । “काठको डुङ्गा चढेर नदी पार गर्दा साँच्चै रमाइलो हुने रहेछ”, राईले भने, “यो काम निरन्तर भए यहाँ आउने सबैले रमाइलो गर्न पाउँथे।”

माझीटार समुदायका अगुवा जसबहादुर माझीका अनुसार २०५३ सालमा पाँचथर-तेह्रथुम जोड्ने झोलुङ्गे पुल निर्माण हुनुअघि यहाँ डुङ्गा नै नदी पार गर्ने माध्यम थियो ।

सो समय नदीमा स-सानो भेलबाढी आएका समयसमेत डुङ्गा सञ्चालन गरेर बटुवालाई गन्तव्यसम्म पुग्न सहयोग गर्ने गरिएको थियो । डुङ्गाबाट नदी पार गराएबापत पैसाका अतिरिक्त चामल, दाल, सागसब्जी समेत लिने गरिएको थियो ।

पाँचथरसहित इलाम र झापा हुँदै बटुवाहरु यही बाटो हुँदै तेह्रथुम र दक्षिणी ताप्लेजुङसम्म जाने गर्दथे । सञ्चालन भएका बखत सल्ला र सिमलको रुखबाट डुङ्गा निर्माण गर्ने गरिएको थियो । डुङ्गा बनाउन तथा नदीसम्म पु¥याउन यस क्षेत्रका सबै स्थानीयवासीले सहयोग गर्ने गरेका थिए ।

डुङ्गा बनाइएपछि युवा स्वरोजगार हुनुका साथै यहाँ सञ्चालित पेशा व्यवसायको सम्वद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको जसबहादुरको भनाइ छ । युवासँग रोजगारीका अवसर नभइरहेको अवस्थामा डुङ्गा सञ्चालन एक आकर्षक माध्यम हुनसक्ने उनले बताए ।

यस क्षेत्रमा ४० घर माझी समुदायको बसोबास छ । यहाँका कतिपय माझी युवाले माछा मार्ने तथा माछाजन्य सामग्री बिक्रीका लागि ससाना होटेलसमेत सञ्चालन गरेका छन् ।
 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  ०८:३२
##majhitar
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्