Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • कूल गार्हस्थ्य उत्पादन (जिडिपी) ४२ खर्ब ६६ अर्ब ३२ करोड पुग्ने अनुमान
कूल गार्हस्थ्य उत्पादन (जिडिपी) ४२ खर्ब ६६ अर्ब ३२ करोड पुग्ने अनुमान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, जेठ १४, २०७८
Api Himal

काठमाडौ । मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) ४२ खर्ब ६६ अर्ब ३२ करोड पुग्ने भएको छ । 

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार उत्पादकको मूल्यअनुसार कूल गार्हस्थ्य उत्पादन उक्त परिमाणमा पुग्ने अनुमान गरिएको हो ।  

कोभिड महामारीका कारण आर्थिक वर्ष २०७६/७७ मा आर्थिक गतिविधिमा सङ्कुचन आएको भए पनि चालु आर्थिक वर्ष २०७७/७८ का प्रमुख आर्थिक परिसूचकहरु सन्तोषजनक रहेका छन् । 

यद्यपि पछिल्लो एक महिनाभन्दा बढी समयदेखि कोरोनाको दोस्रो लहर आएका कारण अर्थतन्त्र थप सङ्कुचित हुने अवस्था देखिएको छ। आव २०७६/७७ मा कोभिड-१९ का कारणले नेपालको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलोपटक २.१२ प्रतिशतले ऋणात्मक रहेको थियो ।

Nepal Oil Corporation

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा आर्थिक गतिविधिमा सुधार आएकाले स्वास्थ्य सङ्कटको अवस्थामा सुधार आई आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने अनुमान गरिएको थियो । कोरोनाको दोस्रो लहरका कारण उक्त प्रक्षेपणसमेत पूरा नहुने अवस्थामा पुगेको छ। 

सबै प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशत 

आव २०७६/७७ मा कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर ऋणात्मक रहेकामा चालु आर्थिक वर्ष २०७७/७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशतभन्दा उच्च रहने अनुमान गरिएको चालु आर्थिक वर्षको तेस्रो चौमासिकबाट तीव्र गतिले फैलिइरहेको कोभिड-१९ को दोस्रो लहरका कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्न चुनौतीपूर्ण हुनसक्ने अर्थ मन्त्रालयले उल्लेख गरेको छ । 

चालु आर्थिक वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रको कूल मूल्य अभिवृद्धि क्रमशः २.६ प्रतिशत, ५.० प्रतिशत र ४.४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। 

यस्तै चालु आर्थिक वर्षको कूल मूल्य अभिवृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.८ प्रतिशत, १३.१ प्रतिशत र ६१.१ प्रतिशत रहने अनुमान अर्थ मन्त्रालयले गरेको छ ।

आव २०७६/७७ मा कूल लगानी ३०/४ प्रतिशतले सङ्कुचन भएकामा चालु आवमा १८/१ प्रतिशतले वृद्धि भई १३ खर्ब १२ अर्ब ७१ करोड पुग्ने अनुमान छ। 

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) मा ५.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १ हजार १९१ पुगेको अनुमान छ।  प्रतिव्यक्ति कूल राष्ट्रिय खर्चयोग्य आम्दानी (प्रचलित मूल्यमा) ४.५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर एक हजार ४८६ पुगेको अनुमान मन्त्रालयको छ । 

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म औसत उपभोक्ता मुद्रास्फीति ३.५ प्रतिशत रहेको छ ।  यो अघिल्लो वर्षको सोही अवधिमा ६.५ प्रतिशत थियो । सार्वजनिक खर्च व्यवस्थापनमा गरिएका सुधारबाट अपेक्षित नतिजा हासिल भएको मन्त्रालयको विवरणमा उल्लेख छ । 

यस अवधिमा सरकारबाट वित्तीय व्यवस्थापनका लागि चालिएका कदमहरुबाट वित्तीय अनुशासनको अवस्था सुदृढ हुँदै गएको छ। चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय सरकारको बजेट घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.५ प्रतिशतले सुधार भई २९ अर्ब १६ करोड रहेको छ । 

आव २०७६/७७ मा सङ्घीय सरकारको बजेट घाटा कूल गार्हस्थ्य उत्पादनको ८.१ प्रतिशत रहेको थियो । यस अवधिमा सार्वजनिक ऋण र आन्तरिक ऋण परिचालन तथा उपयोग क्षमतामा अभिवृद्धि भएको छ । चालु आर्थिक वर्षको फागुनसम्म १ खर्ब १२ अर्ब ५२ करोड बराबरको आन्तरिक ऋण परिचालन भएको छ ।

चालु आवको फागुनसम्म ७ अर्ब ४८ करोड अनुदान र रु ८५ अर्ब २ करोड ऋण गरी जम्मा ९२ अर्ब ५० करोड अन्तर्राष्ट्रिय विकास सहायता परिचालन भएको छ । 

त्यसैगरी यस अवधिमा ऋणतर्फ ५० अर्ब ३८ करोड र अनुदानतर्फ ९ अर्ब ७१ करोड गरी जम्मा ६० अर्ब ९ करोड अन्तर्राष्ट्रिय विकास सहायता उपयोग भएको छ।

सात सय ५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा

गत फागुन मसान्तसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगी वित्तीय पहुँच विस्तार भएको छ। अब मात्रै ३ वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेको छ । 

चालु आवको फागुन महिनासम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ११ प्रतिशतले वृद्धि भई ४२ खर्ब ६० अर्ब ४७ करोड र कर्जा प्रवाह १७.५ प्रतिशतले वृद्धि भई ३८ खर्ब ४६ अर्ब ३१ करोड पुगेको अर्थमन्त्रालयले जनाएको छ । 

कोभिड-१९ का कारण सिर्जित प्रतिकूलता तथा नकारात्मक प्रभावबाट अर्थतन्त्र तथा आर्थिक क्षेत्रमा परेको प्रभाव न्यूनीकरण गर्न सरकारले कार्यान्वयन गरेका नीतिको कार्यान्वयन भइरहेको जानकारी दिँदै मन्त्रालयले महामारी प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्योग क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि मात्रै २० करोड ८८ लाख प्रवाह गरिएको जनाएको छ। 

महामारीमा पनि आर्थिक गतिविधि चलायमान बनाउन कर्जा भुक्तानी अवधिको म्याद थप, कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको व्यवस्था गरिएको छ । ऋणीहरूलाई चालु पुँजी कर्जाको अधिकतम २० प्रतिशतसम्म र आवधिक कर्जाको अधिकतम १० प्रतिशतसम्म थप कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । 

त्यस्तै गत फागुन मसान्तसम्म १ खर्ब २ अर्ब ४० करोड बीमाशुल्क सङ्कलन भएको छ भने बाह्य क्षेत्रतर्फ समेत सुधार देखिएको छ। चालु आर्थिक वर्षको फागुनसम्म कूल वस्तु पैठारी २.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ४३ अर्ब ९९ करोड पुगेको छ।

यस्तै कूल वस्तु निकासी ७.८ प्रतिशतले वृद्धि भई ८० अर्ब ७८ करोड पुगेका छ । आर्थिक वर्ष २०७६र७७ को सोही अवधिमा वस्तु निर्यात ७४ अर्ब ९१ करोड रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । 

पूँजी खाता र वित्तीय खाता बचतमा रहेका कारण शोधनान्तर स्थितिमा सुधार आएको छ । चालु आवको  फागुनसम्म शोधनान्तर स्थिति ६८ अर्बले बचतमा रहेको छ भने चालु खाता १ खर्ब ४८ अर्ब ६८ करोडले घाटामा रहेको छ। 

गत आवाको सोही अवधिमा शोधनान्तर स्थिति ३७ अर्ब ८४ करोडले बचतमा रहेको थियो भने चालु खाता १ खर्ब १९ अर्ब ७० करोडले घाटामा थियो। 

छ खर्ब ४२ अर्ब बराबरको विप्रेषण भित्रियो 

गत फागुन मसान्तसम्म ६ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । गत आवको सोही अवधिमा ५ खर्ब ९१ अर्ब १९ करोड बराबरको विप्रेषण आप्रवाह भएको थियो भने फागुन मसान्तसम्म १४ खर्ब ३६ अर्ब ५४ करोड बराबरको कूल विदेशी विनिमय सञ्चिति रहेको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गत आवमा ३ लाख ७० हजार ७३४ सूचीकृत बेरोजगारमध्ये १ लाख ५ हजार ६३५ ले रोजगारी प्राप्त गरेकामा चालु आवको फागुन मसान्तसम्ममा रोजगार सेवा केन्द्रमा सूचीकृत ७ लाख ४३ हजार ५०३ बेरोजगारले रोजगारी प्राप्त गरेको सर्वेक्षणमा समेटिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  २०:२४
##MinistryOfFinance
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विजनेश
आ‍.व. २०८२/०८३ काे राजश्व र व्ययको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री
आ‍.व. २०८२/०८३ काे राजश्व र व्ययको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री आइतबार, असार १, २०८२
न्यूरोडमा धर्मपथ महोत्सव, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति
न्यूरोडमा धर्मपथ महोत्सव, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति शुक्रबार, जेठ ३१, २०८२
सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता बिहीबार, जेठ ३०, २०८२
रामेछापका आठ स्थानीय तहले संघीय सरकारबाट तीन अर्वमाथि बजेट पाउने
रामेछापका आठ स्थानीय तहले संघीय सरकारबाट तीन अर्वमाथि बजेट पाउने बिहीबार, जेठ २३, २०८२
उद्यमशीलता विकासको विकल्प छैन : प्रधानमन्त्री ओली
उद्यमशीलता विकासको विकल्प छैन : प्रधानमन्त्री ओली बिहीबार, जेठ २३, २०८२
धम्पुस जोडियो पक्की सडकमा
धम्पुस जोडियो पक्की सडकमा बुधबार, जेठ २२, २०८२
८४ सदस्यीय कार्यसमिति चयन गर्दै अडानको राष्ट्रिय महाधिवेशन सम्पन्न
८४ सदस्यीय कार्यसमिति चयन गर्दै अडानको राष्ट्रिय महाधिवेशन सम्पन्न मंगलबार, जेठ २१, २०८२
आर्थिक वर्ष २०८२/०८३ बजेट भाषण [भिडियो]
आर्थिक वर्ष २०८२/०८३ बजेट भाषण [भिडियो] बिहीबार, जेठ १६, २०८२
संघीय संसद्मा प्रस्तुत आ‍‍. व. २०८२/०८३ काे बजेट [पूर्णपाठ]
संघीय संसद्मा प्रस्तुत आ‍‍. व. २०८२/०८३ काे बजेट [पूर्णपाठ] बिहीबार, जेठ १६, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्