Top Navigation
Main Navigation
बिहीबार, जेठ २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, जेठ २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • पुस मसान्तसम्ममा १ सय ४५ उद्योग दर्ता
पुस मसान्तसम्ममा १ सय ४५ उद्योग दर्ता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, माघ २१, २०७९
Api Himal

काठमाडौ । चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा कूल १ सय ४५ उद्योग दर्ता भएका छन् ।

उद्योग विभागले सार्वजनिक गरेको अर्धवार्षिक अवधिको उद्योग दर्ता र विदेशी लगानी स्वीकृितको तुलनात्मक विश्लेषण तथ्याङ्कअनुसार चालु आवको पुस मसान्तसम्ममा ३९ ठूला, ४१ मझौला र ६५ साना उद्योग दर्ता भएको हो।

यी उद्योगमा स्वदेशी र विदेशी दुवै खालको लगानी रहेको छ । गत आवको अर्धवार्षिक अवधिको तुलनामा यस वर्षको उद्योग दर्ताको सङ्ख्या कम हो ।

गत आवको पुस मसान्तसम्ममा ४६ ठूला, ५७ मझौता र ५२ साना गरी कूल १ सय ५५ उद्योग दर्ता भएको विभागको तथ्याङ्कमा देखिन्छ । चालु आवको पुस मसान्तसम्ममा दर्ता भएका १ सय ४५ उद्योगमा रू १ खर्ब ३९ अर्ब बराबर लगानी प्रतिबद्धता आएको पनि विभागले जनाएको छ ।

Nepal Oil Corporation

यसवर्षको अर्धवार्षिक अवधिमा आएको लगानी प्रतिबद्धता पनि गत वर्षको भन्दा कम हो । गत आवको पुस मसान्तसम्ममा १ खर्ब ९० अर्ब बराबर लगानी प्रतिवद्धता आएको देखिन्छ ।

विभागका अनुसार हालसम्म नेपालमा कूल रू २७ खर्ब ६६ अर्ब लगानी प्रतिवद्धतासहित ८ हजार ९ सय ९ उद्योग दर्ता भएका छन् । यस्ता उद्योगमा ठूला उद्योग १ हजार ३ सय ४४, मझौता उद्योग २ हजार ५८ र साना उद्योग ५ हजार ५ सय सात रहेका छन् ।

यसरी हालसम्म दर्ता भएका करिब ९ हजार उद्योगबाट प्रस्तावित रोजगारी ६ लाख ६७ हजार ३ सय २३ जना रहेको पनि विभागले जनाएको छ ।

गत पुस मसान्तसम्ममा दर्ता भएका कूल १ सय ४५ उद्योगमध्ये १ सय ३३ उद्योगमा रू १७ अर्ब ३० करोड बराबर विदेशी लगानीको प्रतिबद्धता आएको छ भने हालसम्म नेपालमा कूल ५ हजार ६ सय ६४ विदेशी लगानी स्वीकृति भएको पनि विभागले जनाएको छ । 

यसरी विदेशी लगानी स्वीकृत भएका उद्योगमा ठूला उद्योग ३ सय २४, मझौला उद्योग ६ सय २२ र साना उद्योग ४ हजार ८ सय १८ रहेका छन्।

हालसम्म स्वीकृत कूल विदेशी लगानी प्रतिबद्धता भने ४ खर्ब ३६ अर्ब बराबर रहेको विभागको तथ्याङ्कबाट देखिन्छ। यसरी विदेशी लगानी स्वीकृत गर्दा प्रस्तावित रोजगारीको सङ्ख्या २ लाख ९९ हजार ९ सय ६१ जना छ ।

नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ ।

गत पुस मसान्तसम्म वैदेशिक लगानी भित्र्याउने उद्योगमध्ये सेवा र पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या मात्रै आधाभन्दा बढी छ भने चालु आवको छ महिना अवधिमा एउटा प्याटेन्ट दर्ता, आठ वटा डिजाइन दर्ता र एक हजार पाँच सय ५१ ट्रेडमार्क दर्ता भएको पनि विभागले जनाएको छ।

विभागमा हालसम्म भएको कूल पेटेन्ट दर्ताको सङ्ख्या भने ८१ छ । त्यस्तै तीन सय डिजाइन र ५७ हजार पाँच सय ६६ ट्रेडमार्क दर्ता भइसकेको विभागले जनाएको छ।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १५:२३
##industries
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विजनेश
सिद्धार्थ बैंकको अनलाइन पेमेन्ट गेटवे सेवा अब विश्वभर
सिद्धार्थ बैंकको अनलाइन पेमेन्ट गेटवे सेवा अब विश्वभर बुधबार, जेठ १, २०८२
हामी एकपछि अर्को सुधारका कदमहरु चाल्दै जान्छौ : अर्थमन्त्री पौडेल
हामी एकपछि अर्को सुधारका कदमहरु चाल्दै जान्छौ : अर्थमन्त्री पौडेल सोमबार, वैशाख २९, २०८२
मुलुक सुरुङमार्गको युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री ओली
मुलुक सुरुङमार्गको युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री ओली आइतबार, वैशाख २८, २०८२
अबैध रुपमा चुरे उत्खनन्, लाखौं राजस्व छलीको आरोप, अनुसन्धान गर्न माग
अबैध रुपमा चुरे उत्खनन्, लाखौं राजस्व छलीको आरोप, अनुसन्धान गर्न माग आइतबार, वैशाख २८, २०८२
जन्मेदेखि मृत्युसम्म करैकर ! जनताले के का लागि तिर्ने कर ?
जन्मेदेखि मृत्युसम्म करैकर ! जनताले के का लागि तिर्ने कर ? बुधबार, वैशाख २४, २०८२
यस्ताे आयाे  आव २०८२/२०८३ नीति तथा कार्यक्रम
यस्ताे आयाे आव २०८२/२०८३ नीति तथा कार्यक्रम शुक्रबार, वैशाख १९, २०८२
कोषले दियो १ अर्ब ५२ करोड थप प्रतिफल
कोषले दियो १ अर्ब ५२ करोड थप प्रतिफल सोमबार, वैशाख ८, २०८२
नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता
नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता मंगलबार, चैत १९, २०८१
नागरिक लगानी कोषले मनायो ३५ औं वार्षिकोत्सव
नागरिक लगानी कोषले मनायो ३५ औं वार्षिकोत्सव सोमबार, चैत ४, २०८१
लाेकप्रिय समाचार
  • नंः १ बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
  • नंः २ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः ३ कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन
  • नंः ४ संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
  • नंः ५ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्