Top Navigation
Main Navigation
सोमबार, माघ २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, माघ २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • कहिले स्वच्छ श्वास फेर्न पाउने ? मिर्चैया-कटारी-घुर्मी सडकखण्डका नागरिकले
कहिले स्वच्छ श्वास फेर्न पाउने ? मिर्चैया-कटारी-घुर्मी सडकखण्डका नागरिकले
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, फागुन ८, २०७९

‘हामीले स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ?’ १२ वर्षदेखि यस्तै प्रश्न गरिरहेका छन् सिद्धिचरण राजमार्ग मिर्चैया-कटारी-घुर्मी सडकखण्डका नागरिक ।

उदयपुरको कटारी नगरपालिका-८ निवासी लक्ष्मी तामाङले पनि त्यही प्रश्न दोहोर्याए,“स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ?" उनले गुनासो गर्दै भने,“आँगनका कपडा, भान्साको खाना धुवाँ धुलोबाट जोगाउनै मुस्किल छ।”

ओखलढुङ्गाबाट सुगम स्थान छानेर १२ वर्षअघि यहाँ आएकी मैयाँ विकलाई पनि अचेल पछुतो छ । “मोटर बाटो पुगेको ठाउँमा जीवन निर्वाह गर्न सहज होला भनेर आइयो तर अहिले पछुतो भइरहेको छ”, उनी भन्छन्, “राम्रोसँग बस्न, खान र स्वास फेर्न पनि पाइएको छैन, तर कसैले बुझ्दैनन् हाम्रो पीडा ।”

सिद्धिचरण राजमार्ग मिर्चैया-कटारी-घुर्मी सडकखण्डको स्तरोन्नति नहुँदा यहाँका नागरिकलाई  लुगाकपडा, जोहो गरेका खाद्य सामग्री जोगाउन समस्या छ नै, खेतबारीको अन्नबाली तथा तरकारी जोगाउन नि त्यस्तै कष्ट छ ।

स्थानीय किसान लीलबहादुर तामाङले धुलोले छपक्क ठाकेर बाली नसप्रिने हुँदा कृषि खेती गर्नै नपाएको पीडा सुनाए। “तरकारी लायो कक्रक्क पर्छ । गहुँ, मकै, कोदोजस्ता बालीनाली पनि सप्रिँदैनन्”, तामाङको भनाइ थियो, “दुःखजिलो गरेरै खान मुस्किल छ । यस्तो समस्या कहिलेसम्म भोग्ने ?”

आफ्नै करेसाबारीमा उब्जाएर स्वच्छ तरकारी खाने गृहिणी दिलकुमारी विश्वकर्माको रहर पनि अधुरै छ । जीर्ण सडकमा दैनिक आहोरदोहोर गर्ने सवारी साधनले उडाएको धुँवाधुलोजस्तै उहाँको रहर पनि उडेकोउड्यै छ तर समस्याको समाधान कहिले हुने हो टुङ्गो छैन ।

सडकबाट उडेको धुलोले जता हेर्याे त्यत्तै सेताम्य । त्यो धुँवाधुलोले भोग्नुपरेका देखिने समस्या त छन् नै तर नदेखिने समस्या त झनै विकराल छन् । सत्तरी वर्षीया चिनीमाया तामाङ यसको उदाहरण हुन् । उनी लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रस्त छन् । “सडक आएपछि खुसी आउलाजस्तो लागेको थियो तर दुःख लिएर आयो”, चिनीमायाले भने, “समस्या समाधान हुँदैन, धुलोधुवाँकै कारण छिटै मरिने पो हो कि !”

नगर अस्पताल कटारीका निर्देशक (मेडिकल सुपरिटेन्डेन्ट) डा गौरव शाहले धुवाँधुलोले नागरिकको स्वास्थ्यमा गम्भीर असर पारिरहेको बताए । श्वासप्रश्वास, मुटुरोग, दम, खोकी, घाँटी दुख्ने, छाती दुख्ने र रुघाखोकीजस्ता समस्या ल्याएर अस्पताल आउनेको सङ्ख्या बढिरहेको उनको भनाइ छ । संविधानले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चित गरे पनि त्यसको प्रत्याभूति हुने गरी सडक स्तरोन्नति गर्नुपर्ने डा शाह जोड दिए ।

स्थानीय गृहिणी, किसान, युवा, वृद्धवृद्धाले सुनाए जस्तै पीडा यहाँका विद्यार्थीका पनि छन् । कटारी-८ स्थित माध्यमिक विद्यालय पट्नाभञ्ज्याङ कक्षा १० मा अध्ययनरत छात्रा सञ्जु तामाङले विद्यालय आउँदा–जाँदा सडकको धुुवाँ धुलोले दैनिक कपडा फोहर हुनेहुँदा विद्यालय आउनै समस्या रहेको बताए ।

“सुकाएकै ठाउँमा धुलो लागिसकेको हुन्छ, टक्टकाएर लगायो, फर्किदा फेरि उस्तै हुन्छ”, सञ्जुको दुःखेसो छ, “कहिले एसइई दिएर बाहिर पढ्न जाउँला र यो समस्याबाट छुट्कारा पाइएला जस्तो भइसक्यो ।” सरस्वती मावि कटारी–११ का प्रधानाध्यापक दिनेश रायले  सडकको स्तरोन्नति नहुँदा विद्यालयको पठनपाठन प्रभावित भइरहेको बताए ।

“अरु ठाउँमा राजमार्ग वा सडक नजिक भएको विद्यालय राम्रो मानिन्छ तर हाम्रो यहाँ सडककै कारण समस्या छ । प्रदूषणले विद्यार्थीको शिक्षा र स्वास्थ्यमा गम्भीर असर परिरहेको छ”, प्रधानाध्यापक राय भन्छन्, “लगाएको पोशाक फोहर हुने, दिनहुँको धुवाँधुलोले रुघाखोकी लाग्ने, घाँटी र छाती दुख्नेजस्ता समस्याले विद्यार्थी नियमित हुँदैनन् । विद्यालयको पठनपाठन नै प्रभावित भइरहेको छ ।”

सडक स्तरोन्नतिका लागि स्थानीयवासीले गुहार मागिरहेको पनि वर्षौं भइसक्यो । स्थानीय, प्रदेश र सङ्घीय प्रतिनिधिलाई भन्नेदेखि सडकमा चक्काजाम गर्नेसम्मका सबै उपाय अपनाए पनि समाधान नभएको उनीहरुको भनाइ छ ।

“वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुँदा सधै सास्ती मात्रै पाइयो”, कटारी–११ का स्थानीय रेवती राउतले भने, यो समस्याका बारेमा यहाँका स्थानीय जनप्रतिनिधि र सांसदहरुलाई जानकारी भए पनि चुनावी मुद्दाबाहेक केही बनाउन नसकेकामा आक्रोस पोखे ।

उदयपुरको कटारी बजार आफैँमा ऐतिहासिक ठाउँ पनि हो । तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारी सगरमाथा चढ्न यही बजार हुँदै पैदल गएको हुनाले कटारीलाई सगरमाथाको प्रवेशद्वार पनि भन्ने गरिन्छ । यही बजार क्षेत्र पर्ने सडकको स्तरोन्नतिमा ध्यान नदिंदा हरेक नागरिक जस्तै व्यापारी, व्यवसायीले पनि सास्ती भोग्नुपरेको उदयपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुस्कर खड्काले बताए । उनले सडकका कारण ढुवानी लागत बढ्न गई मूल्यवृद्धिको समस्या निरन्तर बढिरहेको धारणा राखे ।

विसं २०३४ मै सिरहाको मिर्चैयाबाट उत्तरतर्फ उदयपुरको कटारीसम्म २६ किमी ट्रयाक जोडिएको थियो । नेपाली कांग्रेसका नेता स्व बलबहादुर राईको पहलमा २०४८ सालमा कटारीदेखि ओखलढुङ्गा सदरमुकामसम्म सडक निर्माण सुरु भएको थियो ।

युगकवि सिद्धिचरण श्रेष्ठको नाम दिइएको यस सडकको ४६ किमी कटारी–घुर्मी खण्डमा २०५८ सालदेखि यातायात सञ्चालन पनि भयो । तर ट्रयाक खुलेको २० वर्ष बितिसक्दा पनि अवस्था भने उस्तै छ ।

घुर्मीदेखि ओखलढुङ्गासम्मको सडक धेरै पहिले कालोपत्रे भइसके पनि ७२ किमी लामो मिर्चैया–कटारी–घुर्मी खण्डमा भने सुधारको ठोस पहल भएन । यसले गर्दा दुई घण्टा पनि नलाग्ने यो दूरीमा अहिले पाँच घण्टाभन्दा बढी समय लगाएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयवासीको बाध्यता छ ।

सडकको स्तरोन्नति तथा पुनःनिर्माणका लागि सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ र उदयपुरका सांसदले कुरा नउठाएका पनि होइनन् । संविधानसभा सदस्य भेषकुमारी राउतले संसद्मा आवाज उठेका कारण सरकारको नीति तथा कार्यक्रममा र बजेटमा योजना पर्ने गरेको बताए । उनले भने, “सयौँपटक एक्लै वा संयुक्तरुपमा ठूला नेता, सरोकारवाला र विभागीय मन्त्रीलाई पनि सडक स्तरोन्नतिको माग राख्यौँ तर आश्वासन मात्र पाइयो, ठोस निर्णय हुन सकेन । यो विडम्बनापूर्ण हो।”

प्रतिनिधिसभा सांसद अम्बरराज रायमाझीले भने सडकलाई उच्च प्राथमिकतामा राखेर आफूहरुले पहल गरिरहेकाले अब छिट्टै यसको स्वरुप बदलिने बताए । उनले पूर्वी नेपालका जिल्ला र मधेस प्रदेशलाई सगरमाथासँग जोड्ने एकमात्र छोटो दूरीको यो राजमार्ग निर्माणका लागि सबैको सकारात्मक पहलको जरुरी रहेको पनि बताए ।

“यो सडक स्तरोन्नतिका लागि सरोकारवालासँग पटकपटक छलफल भएको छ”, रायमाझीले भने, “त्यसैको परिणाम यो पटक करिब ६० करोड बजेट विनियोजन भएको छ । यो रकम थोरै भए पनि अब समयमै काम सुरु गर्नुपर्छ ।”

कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले पनि चार लेन सडकका लागि दायाँबायाँ १५/१५ मिटर लागतकट्टा भइसकेकाले अब भने सडक स्तरोन्नतिको काम अगाडि बढ्ने विश्वास जागेको बताए ।

सडक डिभिजन कार्यालय कटारीका प्रमुख केशव ओझाले केही दिनअघि मात्रै सडक स्तरोन्नतिका लागि यस आर्थिक वर्षमा प्राप्त कूल ५९ करोड ८८ लाखको लागि बोलपत्र आह्वान भइसकेकाले अब चाँडै काम सुरु भई अहिले देखिएका समस्या समाधान हुने बताए ।

उनले मिर्चैया–कटारी–घुर्मी सडकखण्डका लागि केन्द्रीय योजनाअन्तर्गत कुल १० अर्बको लागत अनुमानसहितको प्रस्ताव पठाइएको र यो आवका लागि मात्र पौने ४ अर्ब रकम अर्थ मन्त्रालयसँग माग गरिएको बताए ।

अघिल्लो आव २०७८/७९ मा ८० करोड ‘फ्रिज’ भएको देखेका यहाँका नागरिक सडक स्तरोन्नतिका लागि ठेक्का लागे पनि अझै आश्वस्त छैनन् । “सडक बन्छ बन्छ भनेर आश्वासन पाएको त वर्षौं भइसक्यो, अब त विश्वास गर्न पनि गाह्रो छ”, स्थानीयवासी लक्ष्मी तामाङले भने, “यो पटक के हुन्छ हेरौँ । स्वच्छ श्वास फेर्न अब त पाइएला कि ?”

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १३:११
##mirchaiya #katari #ghurmi
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
सन् २०२६ सुरु भएसँगै नेपालमा विदेशी पर्यटक पर्यटक आगमन बढ्याे
सन् २०२६ सुरु भएसँगै नेपालमा विदेशी पर्यटक पर्यटक आगमन बढ्याे सोमबार, माघ २०, २०८२
विकास बैङ्कको कुल नाफा ३१.८४ प्रतिशतले बढ्याे
विकास बैङ्कको कुल नाफा ३१.८४ प्रतिशतले बढ्याे शनिबार, माघ १८, २०८२
चुनाव खर्चका लागि दल र उम्मेदवारकाे छुट्टै बैंक खाता हुनु पर्ने
चुनाव खर्चका लागि दल र उम्मेदवारकाे छुट्टै बैंक खाता हुनु पर्ने मंगलबार, माघ १४, २०८२
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत आइतबार, माघ १२, २०८२
किन सुनको मूल्य तोलामा तीन लाख नाघ्यो
किन सुनको मूल्य तोलामा तीन लाख नाघ्यो शनिबार, माघ ११, २०८२
पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात
पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात सोमबार, माघ ६, २०८२
आज विदेशी मुद्राकाे विनिमय दर कति ?
आज विदेशी मुद्राकाे विनिमय दर कति ? सोमबार, माघ ६, २०८२
आज अमेरिकी डलरको मूल्य उच्च 
आज अमेरिकी डलरको मूल्य उच्च  शनिबार, माघ ४, २०८२
प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित
प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित बुधबार, माघ १, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
  • नंः २ परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
  • नंः ३ विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन
  • नंः ४ आचारसंहिता उल्लंघन नियन्त्रणमा आयोग सक्रिय बन्दै
  • नंः ५ नामी साप्ताहिक
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्