Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper बुधबार, चैत १५, २०७९
Nami News
Nepal Investment Mega Bank Ltd. Nepal Investment Mega Bank Ltd.
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • भूकम्पपछि टर्कीकाे चुनौती
भूकम्पपछि टर्कीकाे चुनौती
Nami News
Nami News सोमबार, फागुन २२, २०७९
Nepal Oil Corporation Nepal Oil Corporation

यस शताब्दीकै विनासकारीमध्ये एक मानिएको टर्की भूकम्पबाट टकी र छिमेकी सिरियामा ठूलो जनधनको क्षति भयो । गतफेब्रुअरी ६ को बिहान र अपराह्न त्यहाँ दुईवटा शक्तिशाली भूकम्प गए । बिहान गाजियान्टेपलाई केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टरस्केल र अपराह्न एकिनोजुलाई केन्द्रविन्दु बनाएर गएको ७.५ रेक्टरस्केलको भूकम्पले अकल्पनीय जनधनको क्षति भएको हो ।

टर्किएमा ४० हजार र सिरियामा छ हजारभन्दा बढी मानिसको मृत्यु भयो भने एक लाखभन्दा बढी मानिस घाइत भएका छन् । टर्कीएमा फेरि फेबु्रअरी २० मा ६.४ र ५.८ रेक्टर स्केलको भूकम्प जाँदा तीन जनाको मृत्यु, छ सयभन्दा बढी घाइते भएका छन् । टर्किए युरोपेली र सिरिया एसियाली मुलुक हुन् ।

यो भूकम्पलाई सन् १९३९ पछिकै शक्तिशाली मानिएको छ । टर्किएका ८१ प्रान्तमध्ये १० प्रान्तमा भूकम्पबाट अत्यधिक क्षति पुगेको छ । त्यहाँको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी भूकम्पमा परी ज्यान जानेको सङ्ख्या अरु बढ्ने छ किनभने सबै भग्नाबशेष हटाउन महिनौँ लाग्नसक्छ । पछिल्लो भूकम्पले उद्धार तथा राहत कार्यक्रमलाई थप प्रभावित पारेको छ ।

सिरियाको सीमानजिकै गएको भूकम्पबाट १४ लाख बालबालिकासहित करिब दुई करोड ३० लाख मानिस प्रभावित हुनसक्ने सम्भावना विश्व स्वास्थ्य सङ्गठनले औँल्याएको छ । स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मा भूकम्प जाँदा अधिकांश मानिस घरभित्रै सुतिरहेकाले मानवीय क्षति बढी भएको हो । टर्किएको सुन्दर सहर अन्टाक्या भग्नावशेषको थुप्रो बनेको छ । यहाँका वासिन्दा आफ्ना सपनाका घरहरू खरानीमा परिणत भएकोमा अत्यन्त दुःखित छन् । त्यहाँको सुन्दर मस्जिद पनि भूकम्पले ध्वस्त भयो ।

संयुक्त राष्ट्रसङ्घका राहत प्रमुख मार्टिन ग्रिफिथ्सले दक्षिणी टर्किए र उत्तरपश्चिमी सिरियामा गएको शक्तिशाली भूकम्पलाई शताब्दीकै ‘सबैभन्दा नराम्रो घटना’ भनेका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा चोरी र लुटपाट भएको छ । प्रहरीले दुई सयभन्दा बढीलाई पक्राउ गरेको छ । भूकम्पमा भूकम्प प्रतिरोधी नयाँ भवनहरू पनि ढलेका छन् । यसले भवन सुरक्षाको मापदण्डबारे प्रश्न उठेको छ । आधुनिक निर्माणको प्रविधि अनुसार निर्माण भएका भवनहरूमा यो हदसम्मको धक्काबाट ठूलो क्षति हुन नहुने भन्दै निर्माण व्यवसायीसँग सरकारले स्पष्टीकरण मागेको छ । सरकारले  भूकम्पमा भत्किएका भवनहरू निर्माण गर्ने ११३ ठेकेदारलाई पक्राउ पुर्जी जारी गरेको छ । तीमध्ये टर्किए प्रहरीले निर्माण ठेकेदारसहित कम्तीमा २१ जनालाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएको छ ।

सरकारले भूकम्प प्रतिरोध घर बनाउन अनुमति दिएको भए पनि ठेकेदार कम्पनीहरूले भूकम्प प्रतिरोधी घर नबनाउँदा र त्यसमा भ्रष्ट्राचार गरेका कारण विशाल संरचना भत्कन पुगेको सरकारका अधिकारीले निष्कर्ष निकालेका छन् । ठेकदारले भूकम्प प्रतिरोधी घर नबनाएका कारण धेरैको ज्यान गएको सुरक्षा अधिकारीहरूले निष्कर्ष निकालेपछि निर्माण कम्पनी र त्यसका ठेकेदारहरूलाई पक्राउ गरिएको हो । भूकम्पका क्रममा टर्कीका हजारौँ विशाल भवनहरू भत्किएका छन् ।

सन् १९९९ मा देशको उत्तरपश्चिमी भूभागमा गएको भूकम्पले १७ हजार मानिसको ज्यान लिएपछि भवन निर्माणको मापदण्डमा कडाइ गरिएको हो । कडा भूकम्प प्रतिरोधी मापदण्ड लागू भएको क्षेत्रमा धेरै भवनहरू ढलेपछि त्यहाँ धेरै मानिसले भवन निर्माण गुणस्तरबारे प्रश्न गरिरहेका छन् । भूकम्प शक्तिशाली भए पनि राम्रोसँग बनाइएका भवनहरूले यसको धक्का बहन गर्न सक्नुपर्ने विज्ञहरू बताउँछन् । “यो भूकम्पको धक्का निकै ठूलो भए पनि राम्रोसँग बनाइएका भवनहरू ढाल्ने किसिमको थिएन”, लन्डनस्थित युनिभर्सिटी कलेजका विज्ञ डेभिड एलेक्जान्डरले भने ।

ठूल्ठूला भूकम्प आइरहने विगत भए पनि जापानजस्ता देशहरूमा दसौँ लाख मानिस घना जनसङ्ख्या भएको क्षेत्रमा अग्ला भवनहरूमा बसिरहेका छन् । यसले पनि भूकम्प प्रतिरोधी निर्माणको मापदण्ड पालनाले कसरी मानिसहरूलाई विपत्बाट जोगाउन सकिन्छ भन्ने देखाउँछ । तर टर्किएमा भवन आचारसंहिता उल्लङ्घन गरेर नयाँ भवन बनाइएकाले यस्तो विपत् सहनुपरेको हो । एक प्रतिवेदनमा सन् २०१८ मा त्यहाँ करिब एक करोड ३० लाख भवन मापदण्ड उल्लङ्घन गरेर निर्माण गरिएको उल्लेख गरेको छ ।

प्राचीन सभ्यताको केन्द्रसमेत रहेको सम्पन्न युरोपेली मुलुक टकीमा भूकम्प गएलगत्तै राष्ट्रपति रिसिप तैयप एर्डोगानले मुलुकभर सङ्कटकाल घोषणा गरी राहत र उद्धारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । त्यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्धार टोलीले अहोरात्र खटिएर भूकम्पग्रस्त क्षेत्रमा उद्धार तथा राहतका लागि काम गरिरहेका छन्। देशमाथि आइपरेको यो विपत्बाट मुक्तिका लागि राष्ट्रपति एर्डोगानले अथक प्रयास  गरेका छन् ।

यसअघि सन् २०१६ मा त्यहाँ राजनीतिक विपत्ति आइलाग्यो । राष्ट्रपति एर्डोगानलाई अपदस्थ गर्न सैन्य ‘कु’ को प्रयास भयो । जसलार्ई जनताको बलिदानीले असफल पारिदियो । त्यस घटनामा २६५ जनाको ज्यान गयो भने १५ सयभन्दा बढी घाइते भए । सरकारले तीन महिना सङ्कटकाल लगाएर परिस्थितिलाई नियन्त्रणमा लियो ।

एर्डोगान सन् २००२ मा सत्तामा आएका हुन् । उनी १३ वर्षसम्म प्रधानमन्त्री चलाइसकेपछि शक्तिशाली राष्ट्रपति बनेका हुन् । उनले आठ दशकभन्दा बढी समयसम्म धर्मनिरपेक्षता स्वीकार गरेको मुलुकलाई फेरि इस्लामिक राष्ट्र बनाउने अभियान चलाएका छन् । यो कुरा सेनालाई पटक्कै मन परेको छैन । सेना सुरुदेखि नै धर्मनिरपेक्षताको पक्षमा उभिदै आएको छ । टर्की विविध जातीय र धार्मिक संस्कृति भए पनि बहुसङ्ख्यक मानिस भने इस्लाम धर्मावलम्बी छन् । युरोपेली सङ्घ, उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटो र  जी–२० मा आबद्ध टर्किएलाई इस्लामीकरण गर्न लागिएकोमा राष्ट्रपति एर्डोगानसँग  पश्चिमी मुलुक खुसी छैनन् ।

रोमन महान् योद्धा अलेक्जेन्डरद्वारा एघारौँ शताब्दीमा राज्य गरेको यो देश मुस्तफा कमालको नेतृत्वमा सन् १९२० देखि १९२२ सम्म चलेको स्वतन्त्रता सङ्गामबाट सन् १९२३ मा स्वतन्त्र भएको हो । मुलुक स्वतन्त्र भएयता सन् १९६०, १९७१ र १९८० मा मुुलुक सङ्कटमा परेको भन्दै सेनाले विद्रोह गरी सत्ता हातमा लिएको थियो ।

साढे आठ करोड जनसङ्ख्या रहेको, ७,८३,३५६ वर्ग किमि क्षेत्रफलमा फैलिएको , आठ देशसित सीमा जोडिएको विविध संस्कृतिले युक्त यो मुलुक ग्रिक, रोमन र पर्सियन सभ्यता ओगटेको प्राचीन सभ्यताको केन्द्र हो । सुल्तानहरुको घर भनेर पनि चिनिने टर्किएलाई धर्मनिरपेक्षताविरुद्ध इस्लाम राज्य बनाउन खोज्नु नै पछिल्लो द्वन्द्वको प्रमुख कारण बनेको छ ।

इस्लाम राजनीतिक छवि बनाएका राष्ट्रपति एर्डोगान मुलुकलाई आधुनिक प्रणालीमा लैजाने कुरामा विमति राख्दै आएका छन् । यो कुरा गणतन्त्रवादी स्वतन्त्रताप्रेमीहरुलाई मन परेको छैन । यस्तो बेला आइलागेको यो प्राकृतिक विपत्तिबाट पार पाउन सबैसित हातेमालो गर्नुको विकल्प छैन । उद्धार, राहत तथा पुनःनिर्माण नै अहिलेको मुख्य चुनौती हो ।

त्यस्तै भूकम्पले तहसनहस भएको द्वन्द्वग्रस्त सिरियामा राहत र उद्धारमा समस्या देखिएको छ । पश्चिमी देशबाट एक्लिएको यो मुलुक अस्तव्यस्त छ  । सन् २००० देखि सत्तामा रहेका राष्ट्रपति बसर अल असदलाई हटाउन त्यहाँ सन् २०११ देखिको आन्दोलन गृहयुद्धमा परिणत हुँदा पनि सफल भएन ।

अमेरिका र युरोपेली सङ्घले त्यहाँका विपक्षी दलहरुलाई हतियार र आर्थिक सहयोग दिई असदविरुद्ध आन्दोलनमा उतारे । अर्कोतर्फ रुस, इरान र चीनले असदलाई समर्थन गरे । सन् २०११ को मार्चदेखि सुरु भएको आन्दोलन गृहयुद्धमा परिणत भयो । पाँच लाख मानिस मारिए । १० लाखभन्दा बढी मानिस घाइते भए । ५० लाख मानिस घरबारविहीन बने । अर्बौ डलरको भौतिक संरचना ध्वस्त भयो ।

एक दशक चलेको यो गृहयुद्धमा अन्ततः अमेरिका र युरोपेली सङ्घले हात झिकेपछि अहिले मत्थर भएको छ । असद हटाउ आन्दोलन अब उठ्नै नसक्ने अवस्थामा पुगेको छ । असदको अडान र रुसको सहयोगले सिरियामा विपक्षी आन्दोलन विफल भयो ।

सिरियाका बहुसङ्ख्यक जनता स्वयंले आन्दोलनको गरेको भए सायद आजसम्म असदको सत्ता टिक्ने नै थिएन । विदेशीको इशारामा आन्दोलनको उठान गरिएकाले चर्को मूल्य चुकाइसक्दा पनि त्यहाँ आन्दोलन सफल भएन, अकल्पनीय क्षतिमात्र भयो । मुलुक तहसनहस भयो । असदलाई हटाउन गरिएको आन्दोलन अन्त्यमा प्रत्युत्पादक बन्यो । उनलाई टक्कर दिने भरपर्दो अर्को नेता देखिएन ।

राष्ट्रपति असदले अहिले मुलुकमाथि आइपरेको प्राकृतिक विपत्तिबाट मुक्त गर्न राहत र उद्धार कार्यमा मुलुकको पुनर्निर्माण, विकास र शान्तिका लागि सहकार्य गर्नुपर्छ । युद्धपीडित र भूकम्पपीडित सिरियालीलाई तत्काल राहतसहित पुनर्वास गराउनुपर्छ । सन् १९४६ मा फ्रान्सबाट स्वतन्त्र भएको सिरिया १,८५,१८० वर्ग किमि क्षेत्रफलमा फैलिएको छ । मुख्य भाषा अरबी, धर्म इस्लाम र इसाई रहेको यहाँको जनसङ्ख्या दुई करोड २० लाख छ ।

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १७:४६
##turkey
प्रतिक्रिया दिनुहोस्
थप विश्व परिवेश
चीनलाई रोक्न परमाणु पनडुब्बी 
चीनलाई रोक्न परमाणु पनडुब्बी  मंगलबार, चैत १४, २०७९
विश्व सुरक्षामा थपियो चुनौती
विश्व सुरक्षामा थपियो चुनौती बुधबार, चैत ८, २०७९
अनिर्णयको बन्दी बनेको देश 
अनिर्णयको बन्दी बनेको देश  आइतबार, फागुन २८, २०७९
उड्ने वस्तुले चिसियो चीन-अमेरिका सम्बन्ध
उड्ने वस्तुले चिसियो चीन-अमेरिका सम्बन्ध आइतबार, फागुन १४, २०७९
उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण शुक्रबार, फागुन १२, २०७९
मुसर्रफ, मृत्युदण्ड र पाकिस्तान
मुसर्रफ, मृत्युदण्ड र पाकिस्तान बुधबार, फागुन १०, २०७९
अमेरिकाको टेक्सास राज्यमा अब हरेक बर्ष 'नेपाल डे' पारित
अमेरिकाको टेक्सास राज्यमा अब हरेक बर्ष 'नेपाल डे' पारित शुक्रबार, फागुन ५, २०७९
तालिवान सत्तामा मौलाउँदै आतङ्कवाद
तालिवान सत्तामा मौलाउँदै आतङ्कवाद बिहीबार, फागुन ४, २०७९
भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपालमा
भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपालमा सोमबार, फागुन १, २०७९
लोकप्रिय
  • नंः १ साहित्य  ज्वरो
  • नंः २ विछोडको वेदनामा रक्सीको त्यो मातै मीठो । वेहोशी मैं विताएको अन्धकार त्यो रातै मीठो ।
  • नंः ३ उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा प्रतिष्ठित व्यवसायी कार्कीको उम्मेदवारी
  • नंः ४ अलौकिक शक्तिपीठ पाथीभरा धाम
  • नंः ५ को बन्दैछ आइजिपी ?
विचार
अस्थिर जीवनशैली
अस्थिर जीवनशैली Nami News
शिक्षामा राजनीति
शिक्षामा राजनीति Nami News
तरल राजनीतिले निम्त्याएको तरलता
तरल राजनीतिले निम्त्याएको तरलता Nami News
सूचना-प्रविधि
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा Nami News
सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउने : मन्त्री शर्मा
सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउने : मन्त्री शर्मा Nami News
क्यान इन्फोटेक प्रदर्शनी माघ २४ देखि हुने
क्यान इन्फोटेक प्रदर्शनी माघ २४ देखि हुने Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Follow us on Twitter
Nami News
© Nami News - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्