Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • राष्ट्रिय अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब ३४ करोड हुने प्रक्षेपण
राष्ट्रिय अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब ३४ करोड हुने प्रक्षेपण
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, वैशाख १९, २०८०

काठमाडौ । चालु आर्थिक वर्ष २०७९/०८० मा कूल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा १ दशमलव ८६ प्रतिशतले वृद्धि भई अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब ३४ करोड हुने प्रक्षेपण गरिएको छ ।

चालु २०७९/८० को राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी जानकारी दिने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा सो प्रक्षेपण सार्वजनिक गरिएको हो ।

नेपालीको प्रतिव्यक्ति आयगत आर्थिक वर्षको जस्तै चालु आवमा पनि १ लाख ८२ हजार ६ सय ८३ अर्थात् १ हजार ३ सय ९९ अमेरिकी डलर र विप्रेषण १२ खर्ब ३१ अर्ब ७३ करोड हुने तथ्याङ्क कार्यालयले जनाएको छ ।

चालु मूल्यमा कूल स्थिर पूँजी निर्माण १३ खर्ब ५६ अर्ब ४६ करोड, अन्तिम उपभोग खर्च ५० खर्ब ३६ अर्ब १५ करोड र वस्तु तथा सेवा निर्यात ३ खर्ब ८५ अर्ब ११ करोड हुने अनुमान गरिएको छ ।

सो अवसरमा प्रमुख तथ्याङ्क अधिकारी रामप्रसाद थपलियाले अर्थतन्त्रका विविध पक्षको यथार्थ मापन गरी आर्थिक नीति निर्माण गर्न तथा आर्थिक विकासका गतिविधिहरूको अनुगमन मूल्याङ्कन गर्न सहयोग पुर्याउने उद्देश्यले कूल गार्हस्थ्य उत्पादन, उपभोग, बचत, लगानी जस्ता महत्त्वपूर्ण राष्ट्रिय लेखासम्बन्धी समष्टिगत आर्थिक सूचक तयार गरी यसअघि जस्तै तथ्याङ्क सार्वजनिक गरेको बताए ।

उपप्रमुख तथ्याङ्क अधिकारी डा हेमराज रेग्मीले यसअघि जस्तै चालु आवमा पनि कूल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी हिस्सा कृषि क्षेत्रको रहेको बताउँदै चालु आवमा कृषि क्षेत्रको हिस्सा २४ दशमलव १२ प्रतिशत र गैरकृषि क्षेत्रको ७५ दशमलव ८८ प्रतिशत रहेको जानकारी दिए ।

कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको ५ दशमलव ३२ प्रतिशत, निर्माण क्षेत्रको ५ दशमलव ५२ प्रतिशत, थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत क्षेत्रको १५ दशमलव ३९ प्रतिशत, यातायात तथा भण्डारण क्षेत्रको ६ दशमलव ७९ प्रतिशत, आवास तथा भोजन सेवाको १ दशमलव ९८ प्रतिशत, सूचना तथा सञ्चार क्षेत्रको १ दशमलव ९७ प्रतिशत, वित्तीय तथा बीमा क्षेत्रको ७ दशमलव ३७ प्रतिशत र घर जग्गा कारोबारको ८ दशमलव ३७ प्रतिशत रहेको सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  २१:३७
##ramprasadthapaliya
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्