Top Navigation
Main Navigation
आइतबार, भदौ २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, भदौ २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • भिभो भी२७ सिरिजको मुल्य सार्वजनिक, प्रि-बुकिङ खुल्ला
भिभो भी२७ सिरिजको मुल्य सार्वजनिक, प्रि-बुकिङ खुल्ला
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, वैशाख २५, २०८०
V27 Series in nepal

काठमाडौं । नेपालमा भिभो भी२७ सिरिजको मुल्य सार्वजनिक एवम् प्रि-बुकिङ खुला गरिएको छ ।

भिभो, एक विश्वव्यापी अग्रणी ब्राण्डले आफ्नो फ्ल्यागशिप भी सिरिजअन्तर्गत बहुप्रतिक्षित नयाँ स्मार्टफोन भी२७ सिरिज सार्वजनिक गरेको हो।

यी दुवै स्मार्टफोनहरु ८ तारिखदेखि १४ तारिखसम्म (वैशाख २५ देखि ३१ गतेसम्म) प्रि-बुकिङ लागि उपलब्ध हुनेछन् ग्राहकहरुले रु ३ हजार तिरेर भी२७ फाइभजी वा भी२७ई को प्रि-बुकिङ गर्न सक्नेछन् ।

साथै ग्राहकहरुले भी२७ फाइभजी को प्रि-बुकिङमा भिभो टीडब्लुएस एयर र भी२७ई को प्रि-बुकिङमा नोइज कलर फिट ग्राण्ड स्मार्टवाच पाउँनेछन्।

Nepal Oil Corporation

फोनमा स्लीक डिजाइन, भी२७ फाइभजीमा औरा लाइट पोट्र्रट सिस्टम, ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यास चार्ज लगायतका आकर्षक विशेषताहरु रहेका छन् ।

भिभो भी२७ सिरिजको बारेमा भिभो नेपालका जनरल म्यानेजर माइकलले भने, “भिभो भी सिरिजको उत्कृष्ट कार्यसम्पादन तथा नवीन विशेषताहरुले गर्दा प्रयोगकर्ताहरू सधैं यस स्मार्टफोनहरूप्रति आकर्षित हुँदै आएका छन् ।भिभोमा, हाम्रो मूल सिद्धान्त बेन्फेनप्रति हामी प्रतिबद्ध छौं, जसले निरन्तर अनुसन्धान र सही कामहरू गर्ने हामीलाई अग्रसर गर्दछ । र, भी२७ सिरिज यो अटल प्रतिबद्धताको प्रमाण हो।"

ग्लोइङ पोट्र्रेट सुनिश्चित गर्ने आकर्षक र उत्कृष्ट क्यामेरा

भी२७ सिरिजका स्मार्टफोनहरूले मोबाइल फोटोग्राफीको संसारमा गेम-परिवर्तकको रूपमा काम गर्नेछ । भी२७ फाइभजीमा औरा लाइट पोर्ट्रेट प्रणाली छ जसले ग्लोइङ पोर्ट्रेटमा एक्सपोजरलाई बढाएर उत्कृष्ट एवं आकर्षक फोटोहरु खिच्न मद्दत गर्दछ।

भी२७ फाइभजीमा ५०एमपी अल्ट्रा-सेन्सिङ रियर क्यामेरा र ५०एमपी अटोफोकश सेल्फी क्यामेराको साथमा सोनी आइएमएक्स७६६भी सेन्सर रहेको छ।

साथै, भी२७ फाइभजीले सफ्ट र एकसमान प्रकाश प्रभाव प्रदान गर्दछ जसले प्रयोगकर्ताहरूलाई रातीको समयमा पनि स्पष्ट, प्राकृतिक र उत्कृष्ट तस्बिरहरू खिच्न मद्दत गर्दछ ।

त्यस्तै भी२७ई को ६४एमपी ओआईएस अल्ट्रा-सेन्सिङ क्यामेराले स्थिर स्न्यापसटहरू प्रदान गर्दछ र कम प्रकाश अवस्थाहरूमा खिचिएका तस्वीरहरुको गुणस्तर वृद्धि गर्दछ । यसमा भएको ३२एमपी एचडी सेल्फीबाट प्रयोगकर्ताहरुले स्पष्ट तस्वीरहरु खिच्न सक्छन् ।

दमदार स्क्रिन र मोहक डिजाइन

भी२७ फाइभजी भिभोको नेपालको पहिलो १२० हर्ज थ्रीडी कर्भ स्मार्टफोन हो जसले प्रयोगकर्ताहरूको भिजुअल अनुभव वृद्धि गर्दछ।

त्यस्तै भी२७ई मा २.५डी स्क्रिन र १२० हर्ज एमोलेड डिस्प्ले रहेको छ जसले स्क्रिनको ब्राइटनेशलाई व्यवस्थीत गर्दै जीवन्त रंगहरू प्रदान गर्दछ।

शानदार प्रदर्शन

भी२७ सिरिजमा ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यासचार्ज छ र दुवै फोनहरु केवल १९ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। भी२७ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ७२०० प्रोसेसर रहेको छ जुन ४एनएम मेकानिज्ममा सुसज्जित छ।

त्यस्तै भी२७ई मा मिडियाटेक हेलियो जी९९ प्रोसेसर रहेको छ जसले सहज रूपमा एपहरूबाट स्वीच गर्न र डेटा स्टोर गर्न मद्दत गर्दछ।

भी२७ फाइभजी दुई आकर्षक रंगहरूमा-म्याजिक ब्लू र नोबल ब्ल्याकमा रु ५८,९९९ मा उपलब्ध हुनेछ र भी२७ई दुई उत्कृष्ट रंगहरूमा–ल्याभेन्डर पर्पल र ग्लोरी ब्ल्याकमा रु ४१,९९९ मा उपलब्ध हुनेछ ।

यी दुवै स्मार्टफोनहरु ८+२५६ जीवी भेरियन्टमा मे १५ अर्थात जेठ १ गतेबाट देशभरका सबै रिटेल स्टोरहरु र ईकर्मसमा उपलब्ध हुनेछ। 
 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ११:०५
##vivo #v27
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि शुक्रबार, भदौ ६, २०८२
उड्ने कार हेर्नेकाे ओइरो
उड्ने कार हेर्नेकाे ओइरो बुधबार, भदौ ४, २०८२
१७ औं नाडा अटो शो मेला
१७ औं नाडा अटो शो मेला मंगलबार, भदौ ३, २०८२
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना बिहीबार, साउन २३, २०८२
सिंहदरवारमा कोदोको दश परिकार
सिंहदरवारमा कोदोको दश परिकार मंगलबार, साउन २१, २०८२
महालक्ष्मी विकास बैंक र एच.डी.एफ.सी (HDFC)  बैंकबीच समझदारी
महालक्ष्मी विकास बैंक र एच.डी.एफ.सी (HDFC) बैंकबीच समझदारी सोमबार, साउन २०, २०८२
सात वर्षकाे प्रगति ३७ प्रतिशत मात्रै
सात वर्षकाे प्रगति ३७ प्रतिशत मात्रै आइतबार, साउन १९, २०८२
हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ विजेता घोषणा
हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ विजेता घोषणा शुक्रबार, साउन १७, २०८२
विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा
विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा बुधबार, साउन १५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ अतिवाद आफैंमा गलत हुन्छ  
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
  • नंः ४ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
  • नंः ५ मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्