Top Navigation
Main Navigation
मंगलबार, माघ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, माघ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • आन्तरिक पर्यटकको रोजाइमा ‘बराह ताल’  
आन्तरिक पर्यटकको रोजाइमा ‘बराह ताल’  
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, वैशाख २९, २०८०

ढोरपाटन । वरपर जङ्गल र बस्ती । बीचमा छ बराह ताल । शान्त वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ ।

बागलुङ नगरपालिकाऔ१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । एक हजार तीन सय २६ मिटरको उचाइमा रहेको बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको ताल हो ।

ताल बजार नजिक हुँदा आन्तरिक पर्यटकको रोजाइमा परेको छ । दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ । गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक आकर्षित हुने गरेका छन् । ताललाई थप व्यवस्थित गरेपछि यसको सुन्दरता बढेको पाइन्छ ।

बागलुङ बजारबाट गाडीमा आधा घण्टा र पैदलयात्रामार्फत करिब साढे एक घण्टामा बराह ताल पुग्न सकिन्छ । तालका बीचमा रहेका रुखले पर्यटकलाई थप आकर्षित गरेको छ ।

गोलाकार आकारमा रहेको ताल करिब सात रोपनी क्षेत्रफलमा फैलिएको छ । पहिले अव्यवस्थित रहेको ताल अहिले व्यवस्थित बनेको छ।

ताल वरपर मन्दिर निर्माण गरिनुका साथै घेरा गरिएको छ । पछिल्लो समय बराह तालमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको स्थानीय सोमबहादुर थापामगरले बताए ।

थापामगरका अनुसार बिदाका दिन अझ बढी पर्यटकको भीडभाड हुने गरेको छ । बराह ताल धेरै पहिलेदेखि चर्चित भए पनि विभिन्न पूर्वाधार बनेपछि पछिल्लो समय पर्यटक बढी आउने गरेको छन् ।

उन भन्छन्, “बराह ताल पहिले अलि फरक थियो, अहिलेको जस्तो व्यवस्थित थिएन, यसको व्यवस्थापन गरेपछि अहिले धेरै राम्रो बनेको छ, पहिले अहिलेको जस्तो गोलाकार थिएन, अहिले घेराबार लगाएर गोलाकार आकारको बनाइएको छ, पहिलेको तुलनामा अहिले घुमफिर गर्ने मान्छे बढेर होला यहाँ आउनेको सङ्ख्या पनि बढेको पाइएको छ, प्रचार पनि हुँदै गएको छ ।”

बराह तालको गहिराइ अहिलेसम्म कति छ भन्ने पत्ता नलागेको थापामगरको भनाइ छ । पछिल्लो समय फोटो, भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट्याउने गर्दा प्रचार-प्रसारमा व्यापक बनेको थापामगरले बताए ।

बराह तालमा हरेक जेठको पूर्णिमा र कार्तिक पूर्णिमामा ठूलो मेला लाग्ने गर्छ । मेला अवलोकनका लागि बागलुङका विभिन्न स्थानसहित पर्वत, म्याग्दी, कास्कीलगायतका ठाउँबाट पर्यटक घुम्न आउने गर्छन् ।

बराह ताल नजिकै रहेको मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । तालको प्रचार–प्रसारमा तीव्रता दिएसँगै पर्यटक बढ्दै गएको बागलुङ नगरपालिका-१० भकुण्डेका अध्यक्ष तिलबहादुर थापामगरले बताए ।

उनले बराह ताल नजिकै ‘पिकनिक स्पट’ रहेको हुँदा बिदाका दिन विभिन्न सङ्घसंस्था, विद्यार्थी, व्यापारी रमाइलोका लागि आउने गरेको बताए । ताललाई थप व्यवस्थापन गर्नका लागि नगरपालिकाबाट पहल भइरहेको अध्यक्ष थापामगर बताउँछन्।

“जिल्लामै सबैभन्दा राम्रो तालका रूपमा रहेको छ यो बराह ताल, अरु ठाउँका ताल पनि देखियो तर योजस्तो व्यवस्थित छैनन्, बागलुङ बजार नजिकै रहेको भएर पनि होला बेला-बेला विदेशी पर्यटक पनि आउने गर्छन्”, अध्यक्ष थापामगरले भने, “तालसम्म आउने सडकको अवस्था अलि कमजोर छ, यसलाई थप व्यवस्थित बनाउनुपर्ने छ, यो सडक व्यवस्थित भयो भने यहाँ आउने पर्यटको सङ्ख्या दोब्बरले बढ्ने देखिन्छ, हामीहरू ताल व्यवस्थापनका लागि योजना बनाइरहेका छौँ।”

ताल घुम्न पुग्ने पर्यटकले यहाँको लोकल परिकार पनि चाख्न पाउँछन् । ताल वरपर नै घरबास (होमस्टे) सञ्चालनमा रहेको हुँदा बराह ताल पुग्ने पाहुनालाई बास बस्न र खानाको समस्या हुँदैन ।

बराह ताल क्षेत्रबाट उच्च पहाडी क्षेत्रसँगै एकैपटक धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायत २२ वटा हिमशृङ्खालाको अवलोकन गर्न सकिन्छ। भकुण्डे पुग्ने पर्यटकलाई स्थानीय उत्पादनबाट बनेका परिकार खुवाउने गरेको अतिथि सत्कार सामुदायिक होमस्टेकी उपाध्यक्ष इन्द्रा थापामगरले बताए ।

उनले पाहुनालाई लक्षित गरी गाउँमा घरबास पनि व्यवस्थित बनाइएको बताए । घरबास लामो समयदेखि सञ्चालनमा रहेको भन्दै घुम्न आउने पर्यटकलाई खाना र बस्नको समस्या नहुने उनको भनाइ छ ।

पाहुनालाई सिन्कीको अचार, कोदोको रोटी ढिडो, लोकल कुखुरालगायतका परिकार खान दिने गरेको थापामगरले बताए। रहेक वर्ष विदेशी पर्यटक पनि आइराखेको उनी बताउँछन्।

थापामगर भन्छन्, “कोरोना आउनुभन्दा पहिले पर्यटक धेरै आउँथे, बीचमा केही कम भएको थियो, अहिले फेरि बढ्न थालेको छ, बराह तालमा दैनिकजसो आन्तरिक पर्यटक आउने गरेका छन्, त्यहाँ आउने पर्यटक हाम्रो होमस्टेमा पनि आउने गरेका छन्, पाहुनाका सुविधाका लागि नेटलगायतका सेवा थप गरेका छौँ, पहिलेभन्दा व्यवस्थित हुँदै गएका छौँ।”


 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०८:१९
##baglung #barahtaal
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
सन् २०२६ सुरु भएसँगै नेपालमा विदेशी पर्यटक पर्यटक आगमन बढ्याे
सन् २०२६ सुरु भएसँगै नेपालमा विदेशी पर्यटक पर्यटक आगमन बढ्याे सोमबार, माघ २०, २०८२
विकास बैङ्कको कुल नाफा ३१.८४ प्रतिशतले बढ्याे
विकास बैङ्कको कुल नाफा ३१.८४ प्रतिशतले बढ्याे शनिबार, माघ १८, २०८२
चुनाव खर्चका लागि दल र उम्मेदवारकाे छुट्टै बैंक खाता हुनु पर्ने
चुनाव खर्चका लागि दल र उम्मेदवारकाे छुट्टै बैंक खाता हुनु पर्ने मंगलबार, माघ १४, २०८२
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत आइतबार, माघ १२, २०८२
किन सुनको मूल्य तोलामा तीन लाख नाघ्यो
किन सुनको मूल्य तोलामा तीन लाख नाघ्यो शनिबार, माघ ११, २०८२
पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात
पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात सोमबार, माघ ६, २०८२
आज विदेशी मुद्राकाे विनिमय दर कति ?
आज विदेशी मुद्राकाे विनिमय दर कति ? सोमबार, माघ ६, २०८२
आज अमेरिकी डलरको मूल्य उच्च 
आज अमेरिकी डलरको मूल्य उच्च  शनिबार, माघ ४, २०८२
प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित
प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित बुधबार, माघ १, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
  • नंः २ परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
  • नंः ३ विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन
  • नंः ४ आचारसंहिता उल्लंघन नियन्त्रणमा आयोग सक्रिय बन्दै
  • नंः ५ नामी साप्ताहिक
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्