Top Navigation
Main Navigation
मंगलबार, माघ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, माघ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्ष मनाउने घोषणा
सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्ष मनाउने घोषणा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, जेठ ५, २०८०

काठमाडौ । सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रममा विशेष पर्यटन वर्ष मनाउने घोषणा गरेको हो ।

संवत् २०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा मनाएर र सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाइने नीति तथा कार्यक्रममा भनिएको छ ।

कोरोना महामारीबाट शिथिल बनेको मुलुकको पर्यटन विस्तारै लयमा फर्किरहेको छ । सन् २०२३ को हरेक महिना झण्डै प्रति महिना एक लाख विदेशी पर्यटक आइरहेका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को चार महिनाको अवधिमा ३ लाख २६ हजार ५ सय २७ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको शुभारम्भ गरे पनि महामारीका कारण उक्त कार्यक्रम स्थगित भएको थियो ।

पर्यटन ऐन समयानुकूल

पर्यटन ऐनमा समयानुकूल परिमार्जन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । सूचीकृत पर्यटकीय गन्तव्यहरूको विश्‍वव्यापी प्रचार गरी अत्यावश्यक पूर्वाधारहरूको विकास, सुरक्षा प्रबन्ध र नयाँ पर्यटकीय गन्तव्यको विस्तारमा जोड दिइने छ।

सातै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान र विकास गरिनुका साथै एक प्रदेश एक सांस्कृतिक ग्रामको अवधारणा अघि बढाइने नीति कार्यक्रममा जनाइएको छ ।

प्रकृति र संस्कृतिको सम्मिश्रणलाई आधार बनाई विश्‍व पर्यटन बजारमा सबैका लागि सधैँका लागि आकर्षक गन्तव्यका रूपमा नेपालको ब्राण्डिङ गरिनेछ । आन्तरिक तथा बाह्‍य पर्यटन प्रवर्द्धन अभियान सञ्‍चालन गरिनेछ ।

नयाँ हिमाल खुल्ला गरिने

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नयाँ हिमाल आरोहणका लागि खुल्ला गर्ने घोषणा गरेको छ। हिमाल आरोही तथा पदयात्री पर्यटकको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था गरिने जनाइएको छ ।

साहसिक पर्यटनका नयाँ विधाहरूको प्रवर्द्धन गर्नुका साथै चलचित्र पर्यटनको विकास र विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

अन्तर्राष्ट्रिय चलचित्र छायाङ्‍कनका लागि नेपालका प्रमुख आकर्षकस्थललाई प्रवर्द्धन गरिनुका साथै अन्तर्राष्ट्रियस्तरमा चर्चित एवं लोकप्रिय व्यक्तित्वलाई आमन्त्रण गरी पर्यटन क्षेत्रको प्रवर्द्धन गरिनेछ ।

अन्तर्राष्ट्रियस्तरमा नेपालको भूगोल, कला, साहित्य, भाषा, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्न उत्कृष्‍ट योगदान पुर्याउने विदेशी नागरिकलाई निजी क्षेत्रसँगको सहकार्यमा ‘सगरमाथा विशेष सम्मान’ प्रदान गरिनेछ ।

सार्वजनिक र निजी क्षेत्रको लागत साझेदारीमा संयुक्त प्रवर्द्धनात्मक कार्यक्रम सञ्‍चालन गरिनुका साथै हवाई सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ लागू गरिने जनाइएको छ ।

पशुपति तथा लुम्बिनीलाई धार्मिक, आध्यात्मिक एवं सांस्कृतिक धरोहर तथा विशिष्टीकृत अध्ययन केन्द्रका रूपमा विकास, संरक्षण र प्रवर्द्धन  गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १९:४७
##tourist #nepal
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
सन् २०२६ सुरु भएसँगै नेपालमा विदेशी पर्यटक पर्यटक आगमन बढ्याे
सन् २०२६ सुरु भएसँगै नेपालमा विदेशी पर्यटक पर्यटक आगमन बढ्याे सोमबार, माघ २०, २०८२
विकास बैङ्कको कुल नाफा ३१.८४ प्रतिशतले बढ्याे
विकास बैङ्कको कुल नाफा ३१.८४ प्रतिशतले बढ्याे शनिबार, माघ १८, २०८२
चुनाव खर्चका लागि दल र उम्मेदवारकाे छुट्टै बैंक खाता हुनु पर्ने
चुनाव खर्चका लागि दल र उम्मेदवारकाे छुट्टै बैंक खाता हुनु पर्ने मंगलबार, माघ १४, २०८२
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत आइतबार, माघ १२, २०८२
किन सुनको मूल्य तोलामा तीन लाख नाघ्यो
किन सुनको मूल्य तोलामा तीन लाख नाघ्यो शनिबार, माघ ११, २०८२
पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात
पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात सोमबार, माघ ६, २०८२
आज विदेशी मुद्राकाे विनिमय दर कति ?
आज विदेशी मुद्राकाे विनिमय दर कति ? सोमबार, माघ ६, २०८२
आज अमेरिकी डलरको मूल्य उच्च 
आज अमेरिकी डलरको मूल्य उच्च  शनिबार, माघ ४, २०८२
प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित
प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित बुधबार, माघ १, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
  • नंः २ परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
  • नंः ३ विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन
  • नंः ४ आचारसंहिता उल्लंघन नियन्त्रणमा आयोग सक्रिय बन्दै
  • नंः ५ नामी साप्ताहिक
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्