Top Navigation
Main Navigation
आइतबार, भदौ २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, भदौ २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • लुम्बिनी प्रदेशको पर्यटनमा बुटवलको छलाङ
लुम्बिनी प्रदेशको पर्यटनमा बुटवलको छलाङ
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, जेठ १२, २०८०
lumbini kebalkar

रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा अवस्थित आधुनिक सिङ्गो बुटवलभित्र पुरानो बटौली बजार जीवितै छ।

साँघुरा गल्लीसहितको करिब ६ सय वर्ष पुरानो यो बजार अहिले सुनसान प्रायः छ । यद्यपि ऐतिहासिक महत्व बोकेको यो बजारलाई व्यवस्थित र पर्यटकीय गन्तब्य बनाउन सरकारी र निजी क्षेत्रले विभिन्न प्रयास भने गरेकै छन् ।

नेपालीले अङ्ग्रेजसँगको युद्ध जितेको जितगढी किल्लासँग जोडिएको यो ऐतिहासिक बटौली बजारको शिरमा नुवाकोटगढी किल्ला छ। किल्लाको नजिकै ऐतिहासिक भैरव मन्दिर पनि छ ।

बुद्धकालीन सभ्यतासँग जोडिएको नुवाकोट गढीको नजिकै राजा शुद्धोधनका गुरु ऋषि कालदेवल (आशुतोष) को ध्यान केन्द्र थियो भन्ने मान्यता छ।

Nepal Oil Corporation

तिनाउ नदीको पश्चिमी किनारामा रहेको इतिहास, संस्कृति, सभ्यता र पुरातत्वसमेत जोडिएको बटौली र यसको शिरमा रहेको नुवाकोट गढीको एकीकृत विकास गर्नुपर्ने धारणा एकथरीको छ ।

बटौली र नुवाकोटगढीको एकीकृत विकास र यसको पर्यटकीय महत्व बुझेका यहाँका पुराना व्यवसायीले बटौली नुवाकोटगढी केबलकार सञ्चालनको तयारी थालेका छन् । 

तिनाउ नदीको पूर्वी किनारामा हुर्किंदै गरेको आधुनिक बुटवल वा पुरानो खस्यौली बजार गुल्जार हुँदैछ । फराकिला सडक, अग्ला भवन, व्यवस्थित सहर र बस्तीसहित बुटवलले पश्चिम नेपालको सुविधासम्पन्न ब्यस्त बजारको पहिचान पाएको छ। मुलुकको मध्यभागमा रहेको र सुनौली नाकासँग नजिक रहेका कारण बुटवलमा बसाई सरेर आउनेको घुइँचो लाग्दैछ।

बुटवलदेखि भैरहवासम्म व्यवस्थित र सुविधासम्पन्न सहरको विकास भइसकेको छ । पाल्पा, पोखरा, मुक्तिनाथ र ढोरपाटनजस्ता लोकप्रिय पर्यटकीय गन्तव्यतर्फ जाने प्रवेशद्वारका रुपमा रहेको आधुनिक बुटवलको शीरमा बसन्तपुर नामक जैविक विविधतायुक्त चुचुरो छ।

पारी पट्टीको नुवाकोटगढी भन्दा उच्च भागमा रहेको यो शिखरमा पनि पुरानो सानो गाउँ छ । बुटवलको उष्ण हावापानीले हैरान भएका स्थानीय र घुम्न आउने पर्यटकलाई केन्द्रित गरी व्यवसायीले यहाँ पनि केवलकार सञ्चालनको तयारी थालेका छन्।

ऐतिहासिक बजार बटौलीको विरासत तथा आधुनिक र विकसित सहर बुटवलको भव्यतालाई बेच्न यहांँका दुई ठूला कम्पनीले अलगअलग केवलकार सञ्चालनको अन्तिम तयारी गरिरहेका छन् । केवलकार सञ्चालनसँगै भारतीय पर्यटकको आकर्षण बढ्ने अनुमान गर्दै ठूला-ठूला होटल तथा रेष्टुराँ खुलिरहेका छन् ।

बटौली बजार धेरै पुरानो भए पनि २०१६ फागुन ३ गते बुटवल-खस्यौली नगरपालिका नाम राखियो । पञ्चायती व्यवस्था सुरु भएपछि भने यसलाई बुटवल-खस्यौली नगर पञ्चायत भन्न थालिएको हो ।

इतिहासका अध्येता देवेन्द्रराज शाक्यकाअनुसार ६ सय वर्ष पुरानो बटौलीमा सेनवंशीय राजाले बस्ती बसालेका थिए । विगतमा अहिलेको मुख्य बजारभन्दा तिनाउ पारी थियो बटौली बजार । पछि वारी खस्यौलीमा पनि बजार र बस्ती बस्न थाले।

खस्यौलीमा पूर्वाधार थपिँदै गएपछि बजारले बुटवल सहरको रुप लियो । बुटवलबाट दक्षिण र पश्चिम बस्ती विस्तार हुँदै गयो। विसं २०४६ पछि बुटवल नगरपालिका उल्लेख भयो ।

विसं २०७१ मङ्सिरमा साविक सेमलार र मोतीपुर गाविसलाई समेटेर उपमहानगरपालिकामा स्तरोन्नति भएको हो । अहिले यो पश्चिम नेपालकै प्रमुख सहर हो।

पछिल्लो समय पूर्वाधारयुक्त सहरका रुपमा स्थापित भएको छ, बुटवल । छ लेन सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनीस्थलजस्ता राष्ट्रिय स्तरका संरचना रहेको बुटवलमा केही दिनमै लुम्बिनी केवलकार र सिद्धार्थ केवलकार एकसाथ सञ्चालनको तयारीमा छन्। योसँगै पूर्वाधार  र पर्यटनको विकासमा बुटवलले छलाङ मारेको छ ।

लुम्बिनी केवलकारको विसं २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको थियो भने सिद्धार्थ केवलकारको तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फागुन ९ गते शिलान्यास गरेको थियो ।

लुम्बिनी केवलकारका व्यवस्थापक गोकुल साउदका अनुसार बुटवल र पाल्पाको तिनाउ गाउँपालिका-३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केवलकार निर्माणको काम करिब सम्पन्न भएको छ ।

तिनाउ नदी वारिपारि आधार (बेस) स्टेसन राखेर निर्माण गरिएको लुम्बिनी केवलकारको अहिले प्राविधिक परीक्षणको काम भइरहेको छ। यही महिनाभित्रै वसन्तपुरमा निर्माण गरिएको कामाक्षा देवी मन्दिरमा महायज्ञ सञ्चालन गरिने र महायज्ञकैबीचमा औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ ।

बमघाटमा आधार स्टेसन रहेको लुम्बिनी केबलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका-३ वसन्तपुरमा रहेको छ । यही जेठ १५ गतेदेखि नियमित सञ्चालन ल्याउन प्राविधिक परीक्षणको काम भइरहेको केवलकारका व्यवस्थापक साउँद बताउँछन्।

उनका अनुसार २५ वटा गोन्डुला (बाकस) रहने लुम्बिनी केवलकारमा प्रत्येक बाकसमा ८ यात्रु सवार गर्न सक्नेछन्। प्रतिघन्टा ६ सय जना यात्रु ओहोर-दोहोर गर्नसक्ने बताइएको छ ।

अहिले वसन्तपुर डाँडामा होटल तथा रिसोर्टको काम भइरहेको छ भने जीर्ण रहेको वसन्तपुरको दुर्गा मन्दिरलाई भारतको कामाक्ष मन्दिरको आकृतिमा निर्माण गर्न लागिएको छ ।

त्यस्तै चिल्ड्रेन पार्क, रेस्टुरेस्ट, भ्यूप्वाइन्टसहितका पूर्वाधार बनिरहेका छन् । एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित केवलकार शिलान्यास गरे पनि कोरोना महामारी र रूख कटानमा ढिलाइ हुँदा अवधि लम्बिएको हो ।

बुटवल बमघाटदेखि पाल्पा वसन्तपुरसम्मको ३ किलोमिटर क्षेत्रमा निर्माण भइरहेको केवलकारले बुटवल-३ को चुरे सामुदायिक वनसमेतको ३.१६ हेक्टर र पाल्पाको तिनाउ-३ को चिउरीडाँडा न्याउली सामुदायिक वन समेतको ३.११ हेक्टर गरी ६.२७ हेक्टर वन क्षेत्र प्रयोग गरेको छ। केबलकार परियोजनाले २५ वर्षका लागि त्यहाँको वन क्षेत्र प्रयोग गर्न पाउने गरी सरकारले स्वीकृति दिएको छ।

बुटवलबाट झण्डै साढे दुई किलोमिटरको केवलकारबाट १० मिनेटमा वसन्तपुर पुगिन्छ । बुटवल भैरहवाको तुलनामा वसन्तपुरको तापक्रम कम हुने भएकाले गर्मी छल्न र प्राकृति सौन्दर्य अवलोकन गर्न अन्तरिक पर्यटक र भारतीय पर्यटक आउने व्यवस्थापक साउदको विश्वास छ।

यो परियोजनाअन्तर्गत केवलकार सञ्चालनका लागि डेढ अर्ब बराबर लगानी भएको छ भने रिसोर्टलगायत अन्य संरचना निर्माणमा पनि सोही बराबरको लागत लाग्ने अनुमान रहेको साउँद बताउँछन्।

यता बुटवलको ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको मणि-मुकुन्दसेन उद्यान फूलबारीदेखि उत्तर-पूर्वपट्टिको शिखर देउरालीलाई आधार स्टेसन बनाएर निर्माण भइरहेको सिद्धार्थ केवलकार लिमिमटेड पनि सञ्चालनको तयारीमा छ ।

सरकारले यो केबलकार परियोजनाभित्र पर्ने ६.२९ हेक्टर वनक्षेत्र ३० वर्षका लागि भोगाधिकारको स्वीकृति दिएको छ।विसं २०६८ देखि नै परियोजना सुरु भए पनि कोरोना महामारी र रूख कटानमा भएको ढिलाइले समयमा सञ्चालन गर्न नसके पनि आगामी असोजसम्म सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ ।

पाँचतारे होटल, पार्क र रिसोर्टसहित निर्माण भइरहेका यो केवलकारमा निजी क्षेत्र र समुदायको गरी १ अर्ब लगानी रहेको कम्पनीका अध्यक्ष राजेन्द्रसिंह गुरुङ बताउँछन्र ।

“यो लगानीले पुरानो बटौली गुल्जार हुनेछ”, उनी भन्छन्, “खस्यौलीजति पुरानो बटौलीको विकास हुन सकेन, त्यसैले यो क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनका लागि यो परियोजना सुरु गरिएको हो ।”

सुरुमा झण्डै २ अर्ब लगानी गर्ने मनसायले यस क्षेत्रका व्यवसायीले परियोजनाको अवधारणा बनाए पनि देशको आर्थिक अवस्थालाई मध्यनजर गरेर कम लागतमा काम भइरहेको अध्यक्ष गुरुङको भनाइ छ ।

यो केवलकारसँगै नुवाकोटमा कालभैरवको मन्दिर निर्माण, ठूलो बुद्धको मूर्ति, मणिमुकुन्द सेन उद्यान, सांस्कृतिक सङ्ग्रहालय, ऋषि कालदेवलको मन्दिर निर्माणको काम भइरहेको छ ।

नुवाकोटमै भ्यु-टावर निर्माण गरिएको छ भने बालाजी मन्दिरको शिलान्यास गरिएको छ । भारतको बालाजी मन्दिरका गुरु बोलाएर यो मन्दिरको शिलान्यास गरी काम अघि बढाइएको छ ।

टप स्टेसन पाल्पाको नुवाकोट बनाएको सिद्धार्थ केवलकारले बुद्ध जन्मस्थल लुम्बिनीलाई जोडेर यो क्षेत्रमा संरचना निर्माण गरेको छ। “हामीले बुद्ध जन्मिँदा सात पाइला टेक्नुभएको झल्को दिन छ पाइला केबलकारको बेस स्टेसन देउरालीमा र सातौँ पाइला नुवाकोटमा बनाउने तयारी गरेका छौँ । यस ठाउँमा गौतमुद्धका पिता शुद्धोधनका गुरु कालदेवलले तपस्या गर्नुभएको थियो”, अध्यक्ष गुरुङ भन्छन् ।

शिखर देउरालीमा रहेको बेस स्टेसनमा अहिले विभिन्न पूर्वाधार निर्माणको काम अन्तिम चरणमा छ । नुवाकोट डाँडामा रहेको टप स्टेसनमा सात मिनेटमा पुग्न सकिने १.९४ किमी लम्बाइको केवलकारमा एउटा गोन्डुलामा ८ यात्रु सवार गर्न मिल्ने २५ वटा गोन्डुला हुनेछन्।

नियमितरूपमा केवलकार सञ्चालनमा आउँदा प्रतिघण्टा ५ सय व्यक्तिलाई ओहोर-दोहोर गराउन सकिने गरी संरचना निर्माण भइरहेको इन्जिनियर सृष्टि गुरुङ बताउँछन्। “हामीले भूकम्प प्रतिरोधी संरचना बनाएका छौ”, उनी भन्छन्।

बुटवल आर्थिक तथा व्यापारिक केन्द्रसँगै ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक स्थल पनि हो । केवलकारको बेस स्टेसन आसपास अङ्ग्रेजसँगको युद्धमा नेपाली सेनाले विजय प्राप्त गरेको जितगढी किल्ला, राजा मणिमुकुन्द सेनको शीतकालीन दरबार रहेको मणिमुकुन्द सेन उद्यान, मानव पुर्खा रामापिथेकसको बंगारा भेटिएको स्थललगायत छन्।

त्यसैगरी केबलकारको टपस्टेसन रहेको नुवाकोटमा राजा मणिमुकुन्द सेनको गृष्मकालीन दरबार, तोपहान क्षेत्र, खरखजनाघर, रानीकुवा जस्ता ऐतिहासिक सम्पदा छन् । यो केवलकार सञ्चालनसँगै बुटवलको पर्यटनले फड्को मार्ने विश्वासका साथ व्यवसायीले यो क्षेत्रमा केवलकार सुरु गरेका हुन् ।

तर, एउटा परियोजना नसकिँदै एउटै नगरपालिकामा अर्को उस्तै प्रकृतिको परियोजना सुरु हुनाले सफल हुने नहुनेमा भने प्रश्न चिन्ह खडा भएको कतिपय व्यवसायीको विश्लेषण छ ।

केही वर्षअघिसम्म व्यापार र रोजगारिका लागि पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत, अर्घाखाँची आदिबाट मानिस बसाइसराई गरी यहाँ आउँथे, तर विसं २०४० पछि आर्थिक, शैक्षिक र पर्यटनको केन्द्रका रुपमा बुटवलले पहिचान बनाएको छ।

यहाँ महत्वपूर्ण धार्मिकस्थल सिद्धबाबा, गणेश मन्दिर, नारायणस्थान, राधाकृष्ण मन्दिर, नीलकण्ठ बाबा धाम, कालिका मन्दिर, राममन्दिर, बाघभैरव भुवनेश्वरी मन्दिर, बौद्ध गुम्बा, पद्म चैत्य र विहार छन् ।

यहाँका ऐतिहासिकस्थलमा रामपिथेकस अवशेषस्थल, जितगढी किल्ला, मणिमुकुन्द सेन दरबार र पर्यटकीयस्थलमा मणिमुकुन्द सेन उद्यान, हिलपार्क, सिद्धबाबा धाम छन्।

पर्यटकलाई बुटवल घुम्न जानैपर्छ भन्ने बनाउन सरकारले सिद्धबाबा माथिको गड्डाहाइटदेखि नुवाकोटसम्म अर्को केवलकार निर्माण गर्नुपर्ने नुवाकोट विकास समितिका अध्यक्ष तथा व्यवसायी माधव नेपालको सुझाव छ।

सरकार र निजी क्षेत्र मिलेर यी क्षेत्रलाई समेत उजार गर्नसके पर्यटकको बसाई अवधि पनि लम्ब्याउन सकिने र पर्यटन प्रवद्र्धन हुने देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १४:२४
##lumbini #butwal
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि शुक्रबार, भदौ ६, २०८२
उड्ने कार हेर्नेकाे ओइरो
उड्ने कार हेर्नेकाे ओइरो बुधबार, भदौ ४, २०८२
१७ औं नाडा अटो शो मेला
१७ औं नाडा अटो शो मेला मंगलबार, भदौ ३, २०८२
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना बिहीबार, साउन २३, २०८२
सिंहदरवारमा कोदोको दश परिकार
सिंहदरवारमा कोदोको दश परिकार मंगलबार, साउन २१, २०८२
महालक्ष्मी विकास बैंक र एच.डी.एफ.सी (HDFC)  बैंकबीच समझदारी
महालक्ष्मी विकास बैंक र एच.डी.एफ.सी (HDFC) बैंकबीच समझदारी सोमबार, साउन २०, २०८२
सात वर्षकाे प्रगति ३७ प्रतिशत मात्रै
सात वर्षकाे प्रगति ३७ प्रतिशत मात्रै आइतबार, साउन १९, २०८२
हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ विजेता घोषणा
हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ विजेता घोषणा शुक्रबार, साउन १७, २०८२
विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा
विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा बुधबार, साउन १५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ अतिवाद आफैंमा गलत हुन्छ  
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
  • नंः ४ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
  • नंः ५ मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्