Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असार ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बिहीबार, असार ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • बैंकको जागिर छोडेर गोठालाे फार्म हाउसमा रमाएका घिमिरेको प्रेरक कथा
बैंकको जागिर छोडेर गोठालाे फार्म हाउसमा रमाएका घिमिरेको प्रेरक कथा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, जेठ १४, २०८०

काठमाडौं । रामेछाप मन्थली घर भएका विनोदप्रसाद घिमिरे बैंकको जागिर छाडेर केही वर्षदेखि ‘गोठालो’ बनेका छन्।

विगत १२ वर्षदेखि बैंकका म्यानेजरको जिम्मेवारी सम्हालेका घिमिरे अहिले आफ्नै कृषि फर्म 'गोठालो फार्म हाउस' मा व्यस्त बनेका छन्।

विसं. २०७७ सालमा 'गोठालो फार्म हाउस' स्थापना गरी बाख्रापालनबाट व्यवसाय सुरु गरेका उनले हाल व्यवसाय विस्तार गरेका छन्।

कागेश्वरी मनोहरा नगरपालिका-४ मा २३ रोपनी जग्गा भाडामा लिएका छन्, जसको मासिक भाडा प्रतिरोपनी २० हजार रुपैयाँ रहेको छ।

घिमिरेको फार्ममा बाख्रा, भैँसी, हाँस, कुखुरा, कालिजलगायत पशुपंक्षी छन् । उनको फाममा १० वटा भैँसी, बाख्रा, स्थानीय कुखुरा, कालिज र हाँस छन्। भैँसीबाट राम्रो आम्दानी भइरहेको छ भने बाख्राले भर्खर प्रतिफल दिन थालेको छ।

बिहान उठेर भैँसीको दूध घर-घरमा पुर्‍याउनेदेखि स्याहार-सुसार गर्नेसम्म कामका लागि उनले ११ कर्मचारी राखेका छन्। उनीहरूलाई बिहान उठेदेखि घाम नअस्ताएसम्म काम गर्न भ्याइ–नभ्याइ हुन्छ।

एकातिर रोजगारीको खोजीमा भएकालाई काम दिन सकिएको छ भने अर्कातिर व्यवसायले सोचे अनुसार प्रतिफल दिइरहेको छ। कुन स्थानमा कस्तो व्यवसाय फस्टाउँछ भन्ने अध्ययन गर्दा फार्म हाउस गर्दा प्रभावकारी हुने देखेर सुरु गरेको उनले बताए ।

दुई करोड ३५ लाख लगानीमा सुरु गरेको व्यवसायबाट अहिले मासिक १६ लाख आम्दानी भइरहेको छ। तर  पैसाभन्दा पनि व्यवसाय नै प्यारो लाग्ने उनी बताउँछन्।

व्यवसाय विस्तार गर्ने क्रममा आफैले उत्पादन गरेको दूध, मासु आफैँले चखाउन रेष्टुरेण्टसमेत सुरु गरेका छन्। फार्ममा उत्पादित अर्गानिक खानाको स्वाद दिन एक वर्ष अघि रेष्टुरेण्ट सञ्चालन गरेको उनले सुनाए। 

उनले भने,‘यहाँ आउने ग्राहकलाई अर्गानिक खानाको स्वाद दिनका लागि रेष्टुरेण्ट सञ्चालन गरेको छु।’  यहाँ आफैँले उत्पादन गरेको (कुखुरा,कालिज खसी) को मासु साथै दही, दूध, मोही र तरकारी खुवाउने गरेको बताए।

कालिजको रेष्टुरेण्ट उपत्यकामा पहिलो भएको उनले दाबी गरे। उपत्यकाको पहिलो कालिज रेष्टुरेण्ट भएकाले फार्म भ्रमण तथा कालिज खानाको लागि ग्राहकको चहलपहल बढेको छ।

यहाँ आउनेको संख्या बढेकाले खाने बस्ने ठाउँ विस्तार गरिरहेको उनले सुनाए। राति बस्नका लागि ६ वटा कोठा निर्माण गरिएको छ।

रामेछापमा जन्मे हुर्केका घिमिरलाई सानै उमेरदेखि कृषिक्षेत्रमा नै केही गर्न सकिन्छ भन्ने लाग्थ्यो। त्यतिवेला व्यवसाय गर्ने आँट थिएन। ‘सानो वेलामा गाउँमा उत्पादन भएको अन्न, वस्तुभाउ नै मरो प्रेरणाको स्रोत हो,’ उनले भने, ‘मेरो पुर्खाले गर्दै आएको पेसालाई व्यवसाय बनाएको हुँ।’​बैंकमा काम गर्दा कमाएको पैसाले घरखर्च पुर्‍याउन धौ–धौ हुन्थ्यो।'

आफ्नै व्यवसायका कारण अहिले त्यस्तो छैन। कृषि क्षेत्रमा केही गर्न सकिन्छ भन्ने सोचका साथ सुरु गरेको थिए। त्यसैले जागिर छोडेर व्यवसायमा लागेकोमा कुनै पछुतो नभएको उनले सुनाए।

 ‘थोरै आँट, मेहनत र धैर्य गरे नेपाली माटोमा हिरा नै फल्छ। कर्म त गर्नु नै पर्छ’, उनले भने,‘यसका लागि सबै आ–आफ्नो ठाउँबाट प्रयास  गर्नुपर्छ। हामीले आफ्नो ठाउँमा सम्भावना खोजेका छौँ।’

स्वदेशमा नै काम गर्न चाहने युवालाई उद्यमी बनाउन सरकारको सहयोग भने प्रभावकारी नभएको उनको बुझाइ छ। ‘योजना मात्र ल्याएर हुँदैन। युवालाई कृषिमा ल्याउन आकर्षण समेत बढाउनुपर्छ’, उनले भने।
 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १७:१९
##gothalefarmhouse #binodprasadghimire
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो
उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो बिहीबार, असार ११, २०८३
उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक बुधबार, असार १०, २०८३
कटारी नगरपालिकाको बजेट सार्वजनिक
कटारी नगरपालिकाको बजेट सार्वजनिक आइतबार, असार ७, २०८३
सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार
सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार सोमबार, जेठ २५, २०८३
नयाँ भन्ने शक्तिहरुकाे यसरी उदय भयाे
नयाँ भन्ने शक्तिहरुकाे यसरी उदय भयाे बिहीबार, जेठ २१, २०८३
अन्नपूर्ण आधार शिविरमा बढ्याे चाप
अन्नपूर्ण आधार शिविरमा बढ्याे चाप बिहीबार, जेठ २१, २०८३
११ बुँदे विशेष प्रस्ताव पारित गर्दै अडानको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न
११ बुँदे विशेष प्रस्ताव पारित गर्दै अडानको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न आइतबार, जेठ १७, २०८३
नयाँ सरकारकाे २१ खर्ब बजेटमा ‘समृद्धि’को महत्त्वाकांक्षा
नयाँ सरकारकाे २१ खर्ब बजेटमा ‘समृद्धि’को महत्त्वाकांक्षा शुक्रबार, जेठ १५, २०८३
तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलनमा
तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलनमा शनिबार, जेठ ९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
  • नंः २ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ५ फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्