Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • निगमले घटायो हवाई भाडा
निगमले घटायो हवाई भाडा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, जेठ २४, २०७८

काठमाडौ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले उडान भाडादर घटाएको छ ।

इन्धनको मूल्य घटेसँगै सोमबारदेखि नै लागुहुने गरी कार्गो तथा चार्टर्ड उडानको भाडादर घटाइएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिएको हो । 

प्रवक्ता श्रेष्ठका अनुसार निगमले वाइडबडी विमान (एयरबस ३३०) मा साबिकको मूल्यको तुलनामा १३ प्रतिशत र न्यारोबडी (एयरबस ३२०) जहाजमा १५ प्रतिशतले शुल्क घटाएको छ ।

नयाँ मूल्य अनुसार अब वाइडबडी जहाजको चार्टर्ड तथा कार्गो उडानको भाडादर प्रतिघण्टा अमेरिकी डलर १३ हजार ४६० कायम गरिएको छ। 

यसअघि उक्त जहाजको भाडादर १५ हजार ५२० डलर रहेको थियो । आयल निगमले वाइडबडी जहाजको भाडादरमा २ हजार ६० डलर घटाएको हो।

यसैगरी निगमसँग रहेको न्यारोबडी जहाजको भाडादर प्रतिघण्टा ६ हजार ५८० बनाइएको छ । यसअघि उक्त जहाजको भाडादर ७  हजार ७१० डलर रहेको थियो । निगमले उक्त जहाजको भाडादर १ हजार १३० डलरले घटाएको छ।

महँगो हवाई इन्धनका कारणले नेपालको पर्यटन उद्योगमा परेको नकारात्मक प्रभाव तथा अन्तर्राष्ट्रियजगतमा नेपालको प्रतिष्ठामा असर परेको भन्दै निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले हवाई इन्धनको शुल्क घटाउन आग्रह गर्दै आएको थियो।

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । निगमले एकैपटक प्रतिकिलोलिटर अमेरिकी डलर १७८ ले मूल्य घटाएको हो ।

यसअघि अमेरिकी डलर ८९३ प्रतिकिलोलिटर रहेको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७१५ कायम गरिएको छ।

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १४:५५
##NepalAirlines
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्