Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • सङ्घीय संसद् भवन निर्माणलाई थप गति दिन प्रधानमन्त्रीको निर्देशन
सङ्घीय संसद् भवन निर्माणलाई थप गति दिन प्रधानमन्त्रीको निर्देशन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, असार २५, २०८०

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने गरी शीघ्र सम्पन्न गर्न निर्देशन दिएको छ।

सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गर्दै प्रधानमन्त्रीले पछिल्ला दिनमा भवन निर्माणले गति लिएकामा प्रशन्नता व्यक्त गरे। उनले कामलाई थप गति दिएर हिउँदे अधिवेशन अगावै सम्पन्न हुने वातावरण बनाउन आग्रह गरेका हुन्।

मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक थलोका रुपमा रहेको सङ्घीय संसद्को काम कारबाही भाडाको भवनमा सञ्चालन गर्नुपर्दा नमिठो अनुभव भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो नेतृत्वको नयाँ सरकार गठन भएपछि कामले गति लिएकामा संलग्न सबैलाई आभार व्यक्त गरे।

उनले कुनै समस्या उत्पन्न भएमा तीन दिनभित्रै समाधान गर्नेगरी सहरी विकासमन्त्री सीता गुरुङले आवश्यक प्रबन्ध गरेकामा धन्यवाद दिँदै उनले कामको गति थप कसरी बढाउन सकिन्छ भन्नेबारेमा मन्त्री, सचिवलगायतका अधिकारी र निर्माण व्यवसायीलाई आवश्यक परामर्श गर्नसमेत निर्देशन दिएको हो ।

प्रधानमन्त्रीले सो अवसरमा निर्माणाधीन १२ वटै भवनको अवलोकन निरीक्षण गरेको थियो । आफूले यसअघि नै नेपाल औषधि लिमिटेड रहेको स्थानमा संसद् भवन बनाउने उद्देश्यले अवलोकन गरेकोसमेत स्मरण गरे ।

प्रधानमन्त्रीले हाल निर्माणाधीन भवन सुविधा सम्पन्न रहेको र यसले संसद्का काम कारबाहीलाई थप गति दिन बल पुग्नेसमेत बताए।

भवनको संरचना निर्माण भइसकेकाले अब फिनिसिड र छाना हाल्ने काम बाँकी छ । उनले ती कामलाई युद्धस्तरमा अगाडि बढाउन आग्रह गरे।

सहरी विकासमन्त्रीमा छिटो र गुणस्तरीय काम गर्ने स्पिरिट रहेको भन्दै प्रधानमन्त्रीले त्यसलाई सम्मान गर्दै थप गति दिन सम्बद्ध निर्माण व्यवसायीलाई आग्रह गरे। प्रधानमन्त्रीकोतर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन र काममा सहजीकरण गर्न आफू तयार रहेको उनको भनाइ छ।

सो अवसरमा सहरी विकासमन्त्री गुरुङले सङ्घीय संसद् भवनको निर्माणको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएको थियो। सो अवसरमा सहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, निर्माण व्यवसायीका प्रतिनिधिको सहभागिता थियो।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १७:१९
##singhadurbar #pushpakamaldahal
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्