काठमाडौ । नयाँ आर्थिक वर्ष सुरु भएकै दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४७ दशमलब शून्य ७ अङ्कले उकालो लागेर २ हजार १ सय ४४ दशमलब १६ मा पुगेको हो।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९ दशमलब ९५ अङ्कले उकालो लागेर ४ सय ४ दशमलब १० पुगेको छ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्य वृद्धि भएको छ भने एक उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ।
कूल ७६ लाख ३४ हजार एक सय ९० कित्ता शेयर २ अर्ब ५६ करोड एक लाख ९१ हजार २ सय ८८ मा कारोबार भएको छ।
जानकारहरुका अनुसार बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउनु तथा नयाँ आर्थिक वर्षको प्रभावस्वरुप बजारमा सकारात्मक प्रभाव पर्न गएका हो।
नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १४ करोड ८६ लाख १९ हजार ४ सय ५५ बराबरको कारोबार भएको छ।
यस्तै हिमालयन लाइफ इन्स्योरेन्स १० करोड ८४ लाख ६४ हजार ८ सय ९९,साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रु ७ करोड ७५ लाख १३ हजार ६ सय ७२,सोल्टी होटल ७ करोड ७३ लाख ३२ हजार २ सय ४८ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ करोड ११ लाख ७६ हजार १ सय ६३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार बिपिडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ भने अभियान लघुवित्त ९ दशमलब ८७, सिर्जनशील लघुवित्त ७ दशमलब ८० र मल्टिप्रर्पोज लघुवित्तका लगानीकर्ताले सात दशमलब ३२ प्रतिशतले कमाएका छन् ।
यस्तै कुमारी धनवृद्धि योजना ८ दशमलब ३७, सानीमा ग्रोथ फण्ड ७ दशमलब ५१, सानीमा लार्ज क्याप फण्ड ६ दशमलब २८, बैंक अफ काठमाडौँको ऋणपत्र ५ दशमलब ८६ र मेगा म्युचुअल फण्डमा पहिलोका लगानीकर्ताले ४ दशमलब ६३ प्रतिशतले गुमाएका छन्।
प्रकाशित मिति: सोमबार, साउन १, २०८० १८:३४