काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९ दशमलव ९१ अङ्कले उकालो लागेर २ हजार १ सय ५४ दशमलव शून्य सातमा पुगेको हाे।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव शून्य ४ अङ्कले उकालो लागेर ४ सय ७ दशमलव एक तीनमा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ।
नेप्सेका अनुसार कूल ८६ लाख ७६ हजार ४ सय ३८ कित्ता शेयर ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ मूल्य बराबरको कारोबार भएको छ। आजको कारोबारपछि बजार पूँजीकरण ३१ खर्ब ६५ अर्ब ४७ करोड ३२ लाख ४९ हजार ४ सय ४३ बराबर पुगेको छ।
कारोबारका आधारमा स्वावलम्बन लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको २१ करोड ७७ लाख ३९ हजार ८ सय ६३ बराबरको कारोबार भएको छ।
नेप्सेका अनुसार शिवम् सिमेन्ट १७ करोड ९८ लाख ६१ हजार ३ सय ४, हिमालयन लाइफ इन्स्योरेन्स १५ करोड ६३ लाख ९० हजार ३ सय ३३, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ११ करोड ६६ लाख ११ हजार र एशियन लाइफ इन्स्योरेन्स १० करोड २३ लाख ७१ हजार ९ सय ७३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
त्यस्तै, बीपीडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ भने शुभम् पावर ८ दशमलव ८९, युनिलिभर नेपाल ८ दशमलव ३९ र उपकार लघुवित्तका लगानीकर्ताले ६ दशमलव ७८ प्रतिशतले कमाएका छन् ।
नेप्सेका अनुसार सानिमा लार्ज क्याप ५ दशमलव १४, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो ४ दशमलव ६३, सिटिजन म्युचुअल फण्ड पहिलो ४ दशमलव ११, सानिमा ग्रोथ फण्ड ३ दशमलव ९० र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ३ दशमलव ६५ प्रतिशतले गुमाएका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन २, २०८० २०:४८