Top Navigation
Main Navigation
शनिबार, फागुन ९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, फागुन ९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • लम्पी स्किन रोगपीडितलाई राहत दिने प्रक्रिया अगाडि बढ्याे
लम्पी स्किन रोगपीडितलाई राहत दिने प्रक्रिया अगाडि बढ्याे
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, साउन १५, २०८०

काठमाडौ । सरकारले महामारीका रुपमा देशव्यापी रुपमा फैलिएको लम्पी स्किन रोगपीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ।

मङ्गलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसाललगायत सम्मिलित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महामारी प्रभावित किसानलाई राहत दिन र त्यसको आवश्यक गृहकार्य गर्न निर्देशन दिएको हो।

सो अवसरमा प्रधानमन्त्री दाहालले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भीर रहेको बताएका हुन्। लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउँदै प्रधानमन्त्री दाहालले कृषि र अर्थसँग पशुमा लागेको रोगको विषयमा भएको कुराको प्रचारसार नभएकोसमेत बताए।

लम्पी स्किन रोग यसअघि दुईवर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यो रोग यसअघि देखिएका छिमेकी देशबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको बताए ।

प्रधामन्त्री दाहालले भने, “छिमेकी देशमा यो रोग दुई वर्ष अगाडि नै देखिएको थियो । हामीले त्यसबाट सिकेर पूर्वतयारी गर्नुपर्ने हुन्थ्यो, हाम्रा यसअघिका कदममा कमजोरी भएका कारण अहिले हामीले लम्पी स्किनको महामारी भोगेका छौँ र क्षति भएको छ।” उनले आगामी दिनमा पनि यी र यस्तै समस्या आउँन सक्छन् भनेर पूर्व तयारी गर्नुपर्नेमा कृषि मन्त्रालय र पशु सेवा विभागको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री दाहालले बैठकमा भने, “अहिले राहत रोग नियन्त्रणमा काम तत्काल गरौँ, आगामी दिनमा पनि यी र यस्ता समस्या आउँन सक्छन् भनेर भन्नेमा पूर्वतयारीलाई बलियो बनाउनेतर्फ ध्यान दिऔँ र सोहीअनुसार योजना बनाऔँ।” 

उनले चीन र भारतको अभ्यास र विभिन्न अनुसन्धानबाट लम्पी स्किन रोग नियन्त्रणका लागि ‘गोटपक्स भ्याक्सिन’ लगाउनु उपयुक्त देखिएको हुँदा नेपालमा पनि सो खोपको प्रयोग गर्न खुला गर्ने र त्यसमा सङ्घ, प्रदेश र स्थानीय तह परिचालित हुनुपर्ने बताए।

लम्पी स्किन रोगले गरिब किसान मारमा परेको बताउँदै प्रधानमन्त्री दाहालले भने, “गाईभैँसी पाल्ने किसान गरिब र निम्म वर्गका नै हुन्छन्, लम्पी स्किन रोगले सो वर्गका किसानलाई निकै ठूलो समस्यामा पारेको छ । किसानलाई राहत दिने गरी छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ ।” 

किसानलाई राहत दिनुका साथै हाल निःशुल्क रुपमा गोटपक्स भ्याक्सिन सङ्घ, प्रदेश र स्थानीय तहले उपलब्ध गराउने गरी तयारी थाल्न उनले कृषि मन्त्रालयलाई निर्देशन समेत दिए ।

लम्पी स्किन रोग नियन्त्रणका लागि खोपको प्रयोगसँगै जनचेतना जगाउन प्रचारप्रसार गर्ने, पशु आहारमा ध्यान दिनेबारे पनि किसानमा सचेतना फैलाउन जोड दिनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।

यस्तै, राहतको मोडालिटीका बारेमा आवश्यक प्रस्ताव तयार पारेर ल्याउन प्रधानमन्त्री प्रचण्ड दाहालले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो ।

यस्तै, सो रोग नियन्त्रणका लागि ‘बर्डफक्स’ नामक खोप निःशुल्क उपलब्ध गराउने भएको छ । हाल प्रयोग भइरहेको खोपभन्दा प्रभावकारी रहेको र विश्व स्वास्थ्य सङ्गठनले समेत सो खोप प्रयोग गर्न अनुमति दिएको तथा नेपालका कृषि तथा पशुविज्ञहरुले दिएको सुझावका आधारमा बर्डफक्स खोप प्रयोग गर्न लागिएको हो ।

सो खोप प्रयोगका लागि समेत आवश्यक अनुमति दिन लागिएको कृषि तथा पशुपन्छी विकासमन्त्री डा भुसालले जानकारी दिए। मन्त्रालयका अनुसार देशभर कूल ११ लाख बढी पशु लम्पी  स्किन रोगबाट प्रभावित भएका छन् ।

तीमध्ये ८ लाख ६७ हजार पशु चौपाया निको भइसकेका छन् । यस्तै, ४८ हजार पशु चौपाया सो रोगका कारण मरेका छन् । हाल १ लाख ८१ हजार पशु चौपाया सो रोगका कारण सक्रिय सङ्क्रमित छन्।

पशु चौपाया मर्दा प्रत्यक्ष रुपमा रु ३० अर्ब बराबरको क्षति भएको छ । यस्तै, समग्रमा १ खर्ब बराबरको क्षति भएको सो अवसरमा जानकारी दिइएको थियो। रोगका कारण पशु चौपाया मर्दा कतिपय जिल्लामा धान रोपाइँसमेत  प्रभावित भएको छ।

दूध उत्पादनमा समेत असर परेको छ। किसान प्रत्यक्ष रुपमा प्रभावित भएकाले तत्काल राहतको प्रबन्ध गर्नुपर्ने र त्यसका लागि आवश्यक बजेट र मापदण्डको व्यवस्था गनुपर्र्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माको भनाइ छ।

यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्यालले रोग प्रभावित किसानले प्रत्यक्ष रुपमा राहत पाउने गरी व्यवस्था गर्नुपर्ने बताए भने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले किसान प्रत्यक्ष रुपमा मारमा परेकाले उचित राहत दिने विषयमा तत्काल निर्णय गर्नुपर्ने बताए ।

यस्तै, निःशुल्क खोप उपलब्ध गराएर थप क्षति हुनबाट रोक्नुपर्ने उनको भनाइ छ । उक्त छलफलमा प्रधानमन्त्री, कृषि तथा पशुपन्छी विकासमन्त्री भुसाल, योजना आयोगका उपाध्यक्ष श्रेष्ठ, प्रधानन्त्री कार्यालयका सचिव एकनारायण अर्याल, गणेश पाण्डे, रामप्रसाद थपलिया कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी तर्फका सचिव दीपककुमार खराल, सोही मन्त्रालयका कृषितर्फका सचिव गोविन्द शर्मा, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  २२:२३
##prachanda #PushpaKamalDahal
प्रतिक्रिया दिनुहोस्
थप समाज
सिक्किम र झापाबीचको अमर-प्रेम
सिक्किम र झापाबीचको अमर-प्रेम शनिबार, फागुन ९, २०८२
आज ७६औँ प्रजातन्त्र दिवस
आज ७६औँ प्रजातन्त्र दिवस बिहीबार, फागुन ७, २०८२
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ?
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ? आइतबार, फागुन ३, २०८२
आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजा
आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजा आइतबार, फागुन ३, २०८२
आज देशभर २६३औँ सेना दिवस मनाइँदै
आज देशभर २६३औँ सेना दिवस मनाइँदै आइतबार, फागुन ३, २०८२
आम्दानीको स्रोत बन्दै अटोरिक्सा
आम्दानीको स्रोत बन्दै अटोरिक्सा आइतबार, फागुन ३, २०८२
प्रेम कहिलेकाहीँ साथमा रहँदैन, तर आशीर्वाद बनेर जीवनभर साथ दिन्छ
प्रेम कहिलेकाहीँ साथमा रहँदैन, तर आशीर्वाद बनेर जीवनभर साथ दिन्छ शनिबार, फागुन २, २०८२
सफलता अन्तिम गन्तव्य होइन, निरन्तर यात्रा मात्र हो
सफलता अन्तिम गन्तव्य होइन, निरन्तर यात्रा मात्र हो शनिबार, फागुन २, २०८२
स्वास्थ्य बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत् हुने
स्वास्थ्य बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत् हुने बिहीबार, माघ ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
  • नंः २ बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
  • नंः ३ श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
  • नंः ४ प्रेम कहिलेकाहीँ साथमा रहँदैन, तर आशीर्वाद बनेर जीवनभर साथ दिन्छ
  • नंः ५ नामी साप्ताहिक
विचार
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्