Top Navigation
  • Contact
Main Navigation
सोमबार, साउन २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, साउन २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • एक वर्षमा १ लाख ६७ हजार पर्यटक आए
एक वर्षमा १ लाख ६७ हजार पर्यटक आए
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, साउन २६, २०८०

भक्तपुर । कोरोना भाइरस सङ्क्रमणका कारण करिब तीन वर्ष पर्यटनको आगमनमा सुस्ताउँदा सङ्कटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढेसँगै उत्साह थपिएको छ ।

भक्तपुर नगरपालिकामा मात्रै आर्थिक वर्ष २०७९/८० को एक वर्षमा १ लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकमा आगमन भएको छ। भ्रमणका लागि आएको विदेशी पर्यटकले भक्तपुर नगरपालिका क्षेत्रभित्र रहेका ऐतिहासिक सम्पदाको अवलोकन गरेका हुन्।

कोरोना महामारी पछि यस वर्ष भक्तपुरमा विदेशी पर्यटक घुम्न आउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । कोरोना महामारीका समयमा सामान्यरुपमा मात्र आउने पर्यटक यस वर्ष निकै बढेकाले अचेल भक्तपुर नगरमा दैनिक पर्यटकको चहलपहल बढ्दै गएको बताए ।

उनका अनुसार यो एक वर्षमा भक्तपुर घुम्न आएको पर्यटकमध्ये ८६ हजार ३ सय ३४ जना दक्षिण एसियाली मुलुकका र ८१ हजार ३ सय १८ जना दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्र र चीनका पर्यटक रहेका छन् ।

यसै आर्थिक वर्षमा पर्यटन शुल्कबाट १८ करोड ४० लाखभन्दा बढी सङ्कलन भएको उनले जानकारी दिए । जसमध्ये गैरसार्क राष्ट्रका पर्यटकबाट १४ करोड ३४ लाख र र सार्क राष्ट्र र चीनका पर्यटकबाट ४ करोड ६ लाख पर्यटन शुल्क सङ्कलन भएको छ।

आव २०७८/७९ मा भने यहीँ ५३ हजार ५ सय ६० जना पर्यटकले भक्तपुर अवलोकन गरेका थिए । जसमध्ये गैरसार्क राष्ट्रका २२ हजार ८७ जना र सार्क राष्ट्र एवं चीनका ३१ हजार ४ सय ७३ जना पर्यटकले भक्तपुर अवलोकन गरेका थिए।

आव २०७८/२०७९ मा ४ करोड ८९ लाख मात्रै पर्यटन शुल्क सङ्कलन भएको थियो । जसमा गैरसार्क पर्यटकबाट ३ करोड २७ लाख र सार्क राष्ट्र एवं चीनका पर्यटकबाट १ करोड ५७ लाख ३६ हजार ५ सय मात्रै पर्यटन शुल्क सङ्कलन भएको थियो।

आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा भक्तपुर नगरपालिका क्षेत्रका सम्पदा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा १ लाख १४ हजार ९२ जना वृद्धि भएको नगरप्रमुख प्रजापतिले जानकारी दिए ।

भक्तपुर आगमनमा वृद्धि भएका पर्यटकको सङ्ख्यामध्ये गैरसार्कबाट ६४ हजार २ सय ४७ जना र सार्क एवं चीनका ४९ हजार ८ सय ४५ जना पर्यटक रहेका छन् । त्यस्तै आव २०७८/७९ को तुलनामा यस आव २०७९/८० मा १३ करोड ३१ लाख ३६ हजार चार सयले पर्यटन शुल्कबाट वृद्धि भएको छ ।

भक्तपुर नपाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्याङ्कअनुसार आव २०७९/८० मा अमेरिका, अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानडा, चिली, चीन, चेक, डेनमार्क, इग्ङ्ल्याण्ड, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हल्याण्ड, हङ्गेरी, आइसल्याण्ड, भारत, आयरल्याण्ड, इजरायल, इटाली, जापानी, मलेसिया, मेक्सिको, न्यूजील्याण्ड, नर्वे, पोल्याण्ड, पोर्चुगल, रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया, सिङ्गापुर, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की र अन्य देशलगायतका पर्यटकले भक्तपुर भ्रमण गरेका छन् ।

भक्तपुर नगरपालिकाले हाल खौमा, सानोब्यासी, ठूलोब्यासी, महाकाली, बेखाल, मूलढोका, कमलविनायक, च्याम्हासिंह, जगाति, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल, भार्वाचो गरी १४ वटा काउन्टरबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकसँग पर्यटन शुल्क सङ्कलन गर्दै आएको छ। नगरपालिकाका प्रहरी एवं कर्मचारीले शुल्क नतिरी भक्तपुर प्रवेश गर्ने पर्यटकलाई तुरुन्तै नियन्त्रणमा लिइ शुल्क तिर्न लगाउने गर्दै आएको छ ।

भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकसँग प्रतिपर्यटक नेरु १ हजार ५ सयलाई वृद्धि गरी १ हजार ८ सय कायम गरी शुल्क सङ्कलन गर्दै आएको छ भने सार्क तथा चिनियाँ पर्यटकसँग ५ सय शुल्क सङ्कलन गर्दै आएको छ ।

नगरपालिकाले सार्क तथा चिनियाँ पर्यटकलाई भने भक्तपुर भ्रमणमा छुटको व्यवस्था गर्दै कम शुल्कमा भक्तपुरको अवलोकन गर्न पाउने व्यवस्था गरेको छ।

नगरप्रमुख प्रजापतिले पर्यटकबाट सङ्कलन हुने पर्यटन सेवा शुल्क नै नगरपालिकाको मुख्य आयस्रोत भएको बताउँदै भक्तपुर नगरपालिकाले पर्यटकबाट उठेको शुल्कबाट भक्तपुरको सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाइ, विकास निर्माणजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्ने कार्यमा खर्चिंदै आएको बताए।

नेपाल भ्रमणमा आएका पर्यटकलाई भक्तपुर एकपटक पुग्नैपर्ने गन्तव्यस्थलका रुपमा विकास गर्न नगरपालिकाले पर्यटन प्रवर्द्धनमा विशेष जोड दिँदै आएको उनको भनाइ छ । भक्तपुर नगरक्षेत्रमा हाल दैनिक औसतमा ४ सयदेखि ५ सयको हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन् ।

भक्तपुर नगरपालिकाले पर्यटकलाई लक्षित गरी पर्यटक सूचना केन्द्र, पर्यटक बसपार्क, पर्यटक शौचालय, पर्यटक सूचना केन्द्रमार्फत ६ वटा भाषामा नक्सासहितको ब्रोसर वितण, निःशुल्क इन्टरनेटसहित कम्प्युटरको सुविधा, शारीरिकरुपमा अशक्त पर्यटकको लागि ह्वील चेयर, लगेज राख्ने कोठा, मोबाइल चार्जको सुविधा, पत्रपत्रिकासहित विश्रामका लागि बस्ने सुविधाको व्यवस्था गरेको केन्द्रका कर्मचारी मुरज दिदियाले जानकारी दिए ।

हाल भक्तपुर नपाको पर्यटक सूचना तथा सेवा केन्द्रमा ३६ जना कर्मचारी कार्यरत रहेको र भक्तपुर नपाले स्थानीय पथप्रदर्शक परिचालन समिति बनाइ स्थानीय ‘टुरिष्ट गाइड’लाई आवश्यक तालिम दिइ व्यवस्थापन गर्दै आइरहेको छ ।

भक्तपुर नगरपालिकाले स्थानीय जनताको साथ र सहयोगमा पहिलो र दोस्रो कार्यकालमा गरी २०७२ सालपछि हालसम्म ३४ वटाभन्दा बढी सम्पदाको पुनःनिर्माण एवं जीर्णोद्धार कार्यसम्पन्न गरिसकेको छ भने दर्जनौँ सम्पदाको पुनःनिर्माण र जीर्णोद्धार कार्य चालु रहेको नगरप्रमुख प्रजापतिले जानकारी दिए।

नगरपालिकाले समय समयमा सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा, प्रभातकालीन सम्पदा पदयात्रा, स्थानीय पथप्रदर्शकलाई तालिम तथा परिचालन गर्दै आएको छ ।

भक्तपुरको कला र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रशिक्षण गर्ने समूहलाई आर्थिक सहयोग र सांस्कृतिक गुरुको सम्मान कार्यक्रम आयोजना गर्दै आएको नपाले सांस्कृतिक प्रदर्शनी केन्द्र निर्माण गर्ने तयारी गरेको छ ।

पर्यटन गतिविधि बढाउन सांस्कृतिक कार्यक्रमसहित योमरी प्रदर्शनी, प्रगतिशील भजन प्रतियोगिता, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न घरेलु उत्पादन मेला, गाईजात्रामा सांस्कृतिक प्रतियोगितालगायतका गतिविधिहरू गर्दै आएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १६:३७
##tourist #bhaktapur
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे शुक्रबार, साउन २२, २०८३
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् 
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्  बुधबार, साउन २०, २०८३
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर 
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर  सोमबार, साउन १८, २०८३
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा बुधबार, साउन १३, २०८३
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित सोमबार, साउन ११, २०८३
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री मंगलबार, साउन ५, २०८३
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता बिहीबार, असार ३२, २०८३
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार सोमबार, असार २९, २०८३
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन शुक्रबार, असार २६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्