Top Navigation
Main Navigation
शनिबार, भदौ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, भदौ २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पति रोक्का
कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पति रोक्का
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, भदौ ४, २०८०

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ ।

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने पर्सा वीरगञ्जस्थित खुसी जनरल स्टोर, सिद्धी विनायक ट्रेडर्स, माँ शक्ति ट्रेडर्स, दिनानाथ ट्रेडर्स, जगदिश एण्ड ब्रदर बडिमेकर, देवेन्द्र तेल उद्योग, डेल्टा सेक्युरिटी सर्भिस प्रालि, रिधान सप्लायर्स, टाइगर जब्स सेक्युरिटी सर्भिस प्रालि, गणपति ट्रेड इन्टरनेसनल, सम्राट ढुवानी सेवा कारबाहीस्वरुप बैंक खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख कर अधिकृत ढाकाराम तिवारीले जानकारी दिए। 
    
यस्तै पर्साको वीरगञ्जकै पटेल किराना स्टोर्स, बूदर टेक्सटाइल इण्डट्रिज, कन्ट्रक्ट एक्सप्रेस कुरियर सर्भिस, कम्प्युट्रोनिक्स कलर ल्याब प्रालि, सुशील किराना स्टोर्स/ज्योति मनि चेन्जर्स, गहवामाई ट्रान्सपोर्ट प्रालि र सुरज मेसिनरीको पनि बैंक खाता र सम्पति रोक्का गरिएको प्रमुख कर अधिकृत तिवारीले बताए ।

प्रमुख तिवारीका अनुसार कर नबुझाएका करदातामाथि कारबाही गरी आव २०७९/८० मा १४ करोड ३९ लाख बक्यौता सङ्कलन गरिएको छ।

Nepal Oil Corporation

"पटक-पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि कर बुझाउन आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाएका छौँ”, प्रमुख कर अधिकृत तिवारीले भने, "त्यही करमा हामीले १९ जना करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्का गरेका छौँ।” सबै रोक्का भएपछि केही करदाता कर बुझाउनसमेत आएको उनको भनाइ थियो।

नियमित बजार अनुगमन थालेपछि आव २०७९/८० मा करदातासमेत बढेको आन्तरिक राजस्व कार्यालय वीरगञ्जले जनाएको छ। आव २०७९/८० मा पर्सामा व्यावसायिकतर्फको करदाता २ हजार ७ सय ५० र व्यक्तिगत १० हजार २ सय २५ नयाँ करदाता थपिएको प्रमुख कर अधिकृत तिवारीले बताए ।

योसँगै पर्सामा व्यावसायिक ४७ हजार ८ सय ८० र व्यक्तिगत ६६ हजार ५ सय ५५ गरी १ लाख १५ हजार ४३५ करदाताको सङ्ख्या पुगेको जनाएको छ। यसैबीच आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले आर्थिक बर्ष २०७९/८० मा रु सात अर्ब १४ करोड राजस्व सङ्कलन गरेको छ।

सो अवधिमा अन्तशूल्कतर्फ २ अर्ब, आयकरतर्फ ३ अर्ब, मूल्य अभिवृद्धिकरतर्फ १ अर्ब ७४ करोड, ब्याजकरतर्फ ४ करोड र घरबहाल करतर्फ ५ करोड राजस्व सङ्कलन भएको उनले बताए । सो कार्यालयले गत आर्थिक बर्ष २०७८/७९ मा ८ अर्ब ७१ करोड ६९ लाख ६० हजार राजस्व सङ्कलन गरेको थियो ।

बढ्दो आर्थिक तरलता, विभिन्न कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह नहुनु, तथा विभिन्न सामानको आयातमा सरकारले गरेको प्रतिबन्धलगायतका कारणले राजस्व सङ्कलन घटेको प्रमुख कर अधिकृत तिवारीको भनाइ छ। 
     

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ११:०७
##irdoffice #birganj
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि शुक्रबार, भदौ ६, २०८२
उड्ने कार हेर्नेकाे ओइरो
उड्ने कार हेर्नेकाे ओइरो बुधबार, भदौ ४, २०८२
१७ औं नाडा अटो शो मेला
१७ औं नाडा अटो शो मेला मंगलबार, भदौ ३, २०८२
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना बिहीबार, साउन २३, २०८२
सिंहदरवारमा कोदोको दश परिकार
सिंहदरवारमा कोदोको दश परिकार मंगलबार, साउन २१, २०८२
महालक्ष्मी विकास बैंक र एच.डी.एफ.सी (HDFC)  बैंकबीच समझदारी
महालक्ष्मी विकास बैंक र एच.डी.एफ.सी (HDFC) बैंकबीच समझदारी सोमबार, साउन २०, २०८२
सात वर्षकाे प्रगति ३७ प्रतिशत मात्रै
सात वर्षकाे प्रगति ३७ प्रतिशत मात्रै आइतबार, साउन १९, २०८२
हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ विजेता घोषणा
हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ विजेता घोषणा शुक्रबार, साउन १७, २०८२
विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा
विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा बुधबार, साउन १५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ अतिवाद आफैंमा गलत हुन्छ  
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
  • नंः ४ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
  • नंः ५ लिपुलेखमाथि भारत-चीनबीच भएको ब्यापारिक सम्झौतामा हाम्रो असहमति छ : प्रधानमन्त्री ओली
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्