Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • तीन देश जोडने भेरी करिडोरको तल्लु–दुनै सडक अलपत्र
तीन देश जोडने भेरी करिडोरको तल्लु–दुनै सडक अलपत्र
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, भदौ १०, २०८०

जाजरकोट । भेरी करिडोर अन्तरर्गत जाजरकोटको तल्लुदेखि डोल्पाको सदरमुकाम दुनैसम्म अस्थायी ट्याक ओपन भएको सडकमा पिचको काम रोकिएको छ।

भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयबाट अर्थ मन्त्रालयमा ६२ किलोमिटर सडकमा पिच गर्नका लागि स्रोत सुनिश्चित गर्न माग गरिएको भएपनि अर्थले सहमति नदिँदा काम रोकिएको हो ।

अघिल्लो वर्ष नै माग गरिएको भएपनि अर्थ मन्त्रालयले सहमति नदिदा रोकिएकोमा फेरी यो चालू आर्थिक वर्षमा पनि दोस्रो पटक पिच गर्नका लागि रकम माग गरिएको भएपनि हाल सम्म अर्थ मन्त्रालयले सहमति दिएको छैन ।

एक सय १८ किलोमिटर सडक मध्य ५६ किलोमिटरमा ठेक्का भइ पिचको काम जारी रहेको छ । जाजरकोटको पासागाडदेखि तल्लुसम्म पिचको काम यति बिल्ड्रस प्रालिले गरिरहेको छ। बाँकी ६२ किलोमिटर सडकमा पिच गर्नका लागि अर्थ मन्त्रालयले सहमति नदिदा काम रोकिएको हो ।

भेरी करिडोर सडक आयोजना मार्फत यो काम भइरहेको छ । चालु आर्थिक वर्षमा माग गरि फेरी पठाएकाले सहमति पाइन्छ कि भन्ने हो आयोजनाका प्रमुख सुजन अधिकारीले भने, 'यदि पाइहाले पनि चालु आर्थिक वर्षमा बिनियोजन गरिएको बजेट भन्दा चार गुणा बढी मात्र बजेट पाउने सम्भावना छ।'

चालु आबमा सरकारले भेरी करिडोरका लागि भन्दै ५० करोड बिनियोजन गरेको थियो । यो बजेट अहिले चालु अवस्थामा रहेको जाजरकोट खलंगाको पासागाडदेखि तल्लु भइरहेको कामलाई भुक्तानी दिन समेत अपुग रकम रहेको छ।

तल्लुबाट त्रिपुराकोट सम्म मात्र टेन्डर गरेर काम सुरु गरेमा मात्र यस सडक खण्डको ठुलो उपलब्धी हुने आयोजनाको भनाई छ। आर्थिक वर्ष २०७९/८० मै स्रोत सुनिश्चित गरेर काम सुरु गर्ने भनिएपनि अर्थ मन्त्रालयले सहमति नदिदा काम रोकिएको थियो।

यो आर्थिक वर्षमा दोस्रो पटक माग गर्दा पनि स्रोत सुनिश्चित गर्न ढिलाइ गरी काममा अवरोध गर्नु भनेको डोल्पा विकास विरोधी अभियान भएको डोल्पा त्रिपुराकोटका रामचन्द्र न्यौपानेले बताए ।

कच्ची सडक र पुल नहुँदा अहिले यो सडक खण्ड हैरानीको मार्ग बन्दै गएको उनको भनाई छ । यो सडकको बजेट सुनिश्चित नहुने हो भने आयोजनाको प्रगती समेत गर्न नसकिने अवस्था छ । कर्मचारीको संख्या थप भएपनि काम नहुँदा प्राविद्यिकहरु खाली बस्नु पर्ने अवस्था आउने सम्भावना बढेको छ ।

भारतको रोपैडियाँ लुम्बिनी प्रदेशको नेपालगन्ज, कर्णाली प्रदेशको सुर्खेतको छिन्चु, सल्यानको सल्लीबजार, जाजरकोट, रुकुम पश्चिम र डोल्पा र चिनको सिमाना क्याटो, मरिम्ला जोडिने गर्दछ ।

त्रिदेशीय सडकको रुपमा विकास गरी यसलाई सरकारले प्राथमिकता राखेर काम गरे चिनसँगको व्यापारमा समेत सहज आउने डोल्पालीले माग गर्दै आएका छन्। 

भेरी नदीको किनारै किनार यो सडक रहेको छ। दुनै सम्म अहिले कच्ची सडक भएपनि सो भन्दा माथी उपल्लो डोल्पामा सडक छैन। पालिकाले आफ्नै पहलमा केही आन्तरिक सडक निर्माण गरेपनि चिनबाट ल्याएका मोटरसाइकल सञ्चालन हुने गरेका छन्।

दुनैबाट माथि चिनबाट आएको बाँकी सडक बिचमा जोडिन सकेको छैन । उत्ता प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले भेरी करिडोरको सडकमा बजेट अपुग हुन नदिने पटक, पटक बताउदै आएपनि अर्थ मन्त्रालयले काममा भाँचो हाल्दै आएको छ।

 पुल निर्माणमै बाधा

पुल निर्माण गर्नका लागि समेत अर्थमन्त्रालयले स्रोत सुनिश्चि नगर्दा भेरी करिडोरमा बाँकी पुलको काम हुन सकेको छैन। ठेक्का लागेर निर्माण चरणमा जानुपर्ने पुलहरुमा समेत पुल विभागले डिजाइन स्वीकृत नगर्दा काममा बिलम्ब हुँदै आएको छ।

बाँकी पुलको समेत बजेट अर्थ मन्त्रालयले सुनिश्चित नगर्दा ठेक्का समेत हुन सकेको छैन। भेरी करिडोरको चुँगाड, रिजिगाड, उसुमखोला, करवगाड, खदाङ, मैदे खोला पक्की पुलको लागि स्रोत सुनिश्चित हुन ढिला भएको छ ।

त्यस्तै तल्लु, छलगाड, झिम्रिखोला, ताँसुगाडको ठेक्का लागीसकेको छ । पिपेको मात्र डिजाइन स्वीकृत भएको छ । अन्य पुलको डिजाइन स्वीकृत नहुँदा समस्या भएको छ । यि मध्ये केही ठाउँमा अहिले बेलिब्रिज पुलहरु निर्माण भएर अस्थायी रुपमा यातायातका साधनहरु सञ्चालनमा रहेका छन्।

झिमिखोला, नलगाड, करवगाड, खदाङ, त्रिपुराकोटमा बेलिब्रिजबाट अस्थायी रुपमा यातायातका साधनहरु सञ्चालनमा रहेका छन्। रुपगाडमा अझैँ बेलिब्रिज निर्माण हुन सकेको छैन ।

सडक डिभिजन चौरजहारीबाट अलग गराइ भेरी करिडोर सडक आयोजना नामाकरण गरि नयाँ कार्यालय स्थापना भएको ६ महिना पुरा हुँदैछ। काममा ढिला सुस्ती गर्नेलाई छिटो गराउनका लागि ताकेता नगर्ने यस क्षेत्रका जनप्रतिनिधिका कारण काममा ढिला हुँदै आएको हो।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  २०:५५
##dolpa #dunai #road
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्