Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • चीनको छिङदाओमा हिमालय एयरलाइन्सकाे उडान सुरु
चीनको छिङदाओमा हिमालय एयरलाइन्सकाे उडान सुरु
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, भदौ २४, २०८०

काठमाडौँ । हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिङदाओमा हवाई उडान सुरु गरेको छ।

एयरलाइन्सले चीनतर्फ गन्तव्य विस्तारका क्रममा छिङदाओमा आजदेखि चार्टर्ड उडान सुरु गरेको हो ।

दुई देशबीच पर्यटन प्रवर्द्र्धन गर्ने उद्देश्यले काठमाडौँबाट चिङदाओमा सिधा उडान सञ्चालन गरिएको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए।

उनले कम्पनीले चीनका कम्तीमा १० गन्तव्यमा उडान गर्ने लक्ष्य रहेको जनाउँदै १० लाख पर्यटक भित्र्याउने बताए । “हिमालयको उडान पर्यटकीय दृष्टिकोणले हेरिनुपर्छ भन्ने लाग्छ । हाम्रो आठ वर्षे हवाई यात्राका दौरान चीनसँगको सम्बन्ध प्रगाढ तुल्याउँदै बढी भन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य रहेको छ”, उपाध्यक्ष श्रेष्ठले भने, “अहिलेसम्म जतिपनि उडान भए नयाँ गन्तव्य विस्तार गरेर पर्यटन प्रवद्र्धनमा प्रयास गरिरहेका छौँ ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छिङताओको पहिलो उद्घाटन उडानमा सवार यात्रुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ (Chen Song) हिमालय एयरलाइन्सका अध्यक्ष झो एनयोङ (Zhou Enyong) ले स्वागत गरेको थियो ।

उद्घाटन उडानका अवसरमा आयोजित पत्रकार सम्मेलनमा पर्यटनमन्त्री कितारीले चीनको सांस्कृतिक एवं पर्यटकीय सहर छिङदाओमा हिमालयले पहिलो पयटक उडान भरेर पर्यटनका लागि महत्वपूर्ण योगदान गरेको उल्लेख गरे ।

“हिमालय एअरलाइन्स्ले काठमाडौँ–छिङदाओ–काठमाडौँ उडान सेवाको सुरुवात गरेकोमा अत्यन्तै हर्षित भएको छु । यस प्रकारको सेवा नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धताको उदाहरण हो”, उनले भने, “छिङदाओमा चीनको एक लोकप्रिय सांस्कृतिक र आर्थिक सहर भएकाले दुई देशबीच पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ।”

पर्यटनमन्त्री किरातीले दुई देशबीचको पर्यटन र व्यापारको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस उडानले त्यस तर्फ निर्णायक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। “यस रुटबाट हिमालय एअरलाइन्स्ले उल्लेखनीय चिनियाँ पर्यटक नेपाल भित्र्याउने विश्वास लिएको छु”, मन्त्री किरातीले भने, “यसै अवसरमा म छिङदाओमावासीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिन चाहन्छु।”

पर्यटनमन्त्री किरातीले चिनियाँ र नेपाली संस्कृति मिल्दोजुल्दो रहेकाले नेपालमा चिनियाँ नागरिक धेरै भित्र्याउन सके पर्यटन क्षेत्रमा नयाँ आयाम थपिने बताएको थियो। चीनका विभिन्न गन्तव्यबाट नेपालमा उडान गर्न उनले आग्रह गर्दै त्यसका लागि सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको जनाए ।

राजदूत सोङले काठमाडौँ–छिङदाओ–काठमाडौँ उडानको आरम्भहुनु भनेको नेपाल–चीनबीचको बढ्दो सहयोगको प्रमाण भएको बताउँदै उनले चीनले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे।

“यस नयाँ रुटले नेपालको उड्डयन उद्योगमा नयाँ गति ल्याउनेछ र नेपाललाई भूपरिवेष्ठितबाट भू-जडित देशका रुपमा रुपान्तरण गर्न योगदान पुर्याउनेछ”, राजदूत सोङले भने, “यसले हाम्रो द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको प्रतिनिधित्व गर्दै दुई देशबीचको मित्रता र सहयोगमा महत्वपूर्ण योगदान पु¥याउने छ।”

एयरलाइन्सका अध्यक्ष एनयोङले भने, “काठमाडौँ–छिङदाओ–काठमाडौँ उडानको सुरुवात हुनु भनेको हिमालय एअरलाइन्स्का लागि महत्वपूर्ण उपलब्धि हो। छिङदाओ चीनको महत्वपूर्ण व्यापारिक र वित्तीय केन्द्र हो जसले एसियालाई युरोपसँग जोड्छ। यसले दुई देशबीचको कनेक्टिभिटी, सांस्कृतिक आदानप्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा भूमिका निर्वाह गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौंँ।”

इस उडानमार्फत दुवै देशले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य लिएको कम्पनीले जनाएको छ । छिङदाओबाट काठमाडौँ आउने सिधा उडान छैन। यो उडान चिनियाँ पर्यटकका लागि लक्षित छ।

साताको चार उडान गर्ने र यात्रुको चाप अनुरुप आगामी दिनमा उडान थप्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ । हिमालय एयरलाइन्स्ले अहिले चीनको बेइजिङ, चोङचिङ, चाङ्सा, नानिङ र गोयाङमा उडान गर्दै आएको छ ।

पहिलो उडानमा एकसय १४ यात्रु सवार थिए। पहिलो आउटबाउन्ड उडान, ज्ढ ठद्दद्दण्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः१५ मा प्रस्थान गरेको थियो । छिङदाओको जियाओडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे ५ः२२ बजे अवतरण गर्नेछ । यस उडानको अवधि ५ घण्टा ५० मिनेटको रहनेछ।

सेप्टेम्बरमा साताको चार चार्टर्ड उडान हुनेछ। प्राधिकरणसँग अनुमति लिएर अक्टोबरदेखि नियमित उडान सुरु गर्ने योजना रहेको एयरलाइन्सले जनाएको छ। चीनको छिङदाओ पूर्वी शानडोङ प्रान्तको महत्वपूर्ण सहर हो । चिनियाँ अक्षरहरुमा सहरको नामको शाक्दिक अर्थ ‘सियान टापु’ हो । 

एयरलाइन्सले चीनमा पहिलो नियमित उडान सन् २०१९ अक्टोबरमा बेइजिङमा गरेको थियो । कम्पनीले पछिल्ला वर्षमा चीनका विभिन्न १० गन्तव्यमा चार्टर्ड उडान गर्दै आएको छ । कम्पनीले दुबई, मलेसिया, कतार, साउदी अरेबिया, बङ्गलादेशलगायत गन्तव्यमा पनि नियमित उडान गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १४:००
##china #himalayaairlines
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्