Top Navigation
Main Navigation
शुक्रबार, वैशाख २६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, वैशाख २६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • विदेशको दुःखले उद्यमी बनेका बलबहादुर केसी
विदेशको दुःखले उद्यमी बनेका बलबहादुर केसी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, असोज १५, २०८०
Api Himal

ढोरपाटन । गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ। दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै छ।

बागलुङको काठेखोला गाउँपालिका-२ भीमापोखराका बलबहादुर केसी भने गाउँमै व्यावसायिक बाख्रापालन गर्दै आएको छ। उनी पनि एक दशक बढी विदेशमा पसिना बगाएर स्वदेश फर्किएको हो।

उनी भन्छन् “जीवनको ऊर्जाशील समय विदेशमा बित्यो । अहिले आफ्नै गाउँठाउँ र पाखापखेरा प्यारो लाग्न थालेको छ।” बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म बाख्राको स्याहारसुसारमा देखिने केसीसँग १२ वर्ष साउदी अरबमा दुःख गरेको अनुभव छ। साउदीमा साहुको भेडा चराउने काम गरेका उनी अहिले आफैँ मालिक बनेको छ।

अनेक आवश्यकता र पारिवारिक जिम्मेवारीले सानै उमेरमा परदेशिनुपरेको दुःख सुनाउने केसी अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ। स्वदेशै कामको खोजी गरेर पनि नपाएपछि विदेशिएका केसीले अहिले गाउँमा थुप्रै सम्भावना देखेको छ।

Nepal Oil Corporation

उनी भन्छन्, “पशुपालन होस् या व्यावसायिक तरकारी खेती युवाका लागि प्रसस्त आयआर्जनको स्रोत यही छ।” चार वर्षदेखि बाख्रापालनमा लागेका केसीले गाउँमा गर्ने कामले आत्मसम्मान मिल्ने बताउँछन्। विभिन्न परिस्थितिका कारण विदेश जानुपरेको जनाउँदै अब विदेश नजाने सोच बनाएको उनको भनाइ छ।

“पहिले पारिवारिक आर्थिक अवस्थाका कारण विदेश गइयो, विदेशमा गरेको दुःख अहिले सम्झिँदा पनि आँसु झर्छ, आफ्नो गाउँघरमा गाईभैँसी, भेडाबाख्राको गोठालो गर्दा, खेती किसानी गर्दा सानो मान्छे भइने, इज्जत नहुने भन्ने सोच साउदी पुगेपछि फेरियो, अहिले मलाई त्यस्तो लाग्दैन, जहाँ भए पनि काम सानो ठूलो हुँदैन भन्ने लाग्छ”, उनी भन्छन्, “विदेश गएर केही सीप भने सिकियो, त्यहाँ सिकेको सीपले अहिले गाउँमा बाख्रापालनमा सजिलो भएको छ, अरु युवा पनि विदेशमा सीप सिकेर यहाँ आएर केही गरे हुन्थ्यो, अहिले त गाउँ सुनसान बन्न थाल्यो।”

उनले गाउँमै आधुनिक खोर निर्माण गरी व्यावसायिक बाख्रापालन गरेको छ। स्थानीय र बोयर जातका गरी हाल केसीको खोरमा ४५ व बाख्रा छन् । खोर निर्माण तथा बाख्रा खरिद गर्दा करिब रु १५ लाख लगानी उनले गरेको छ। अहिले वार्षिक २० वटासम्म बोका बिक्री गर्दै आएको उनले बताए । एउटा बोकाको रु २० देखि ३० हजारसम्म बिक्री हुने उनको भनाइ छ।

उनले ‘केसी कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर सञ्चालन गरेको छ । खसी बोका उत्पादन गर्नसके बजारको कुनै समस्या भएको उन वताउँछन्। कुनै पनि कामलाई सम्मान गर्नसके त्यसले जीवन जिउने कला सिकाउने केसीको भनाइ छ।

उनले बाख्रापालनसँगै मल प्रयोग गर्ने गरी तरकारी, गोलभेडा खेती सुरु गरेको छ। वडा कार्यालय र गाउँपालिका कार्यालयले रु ५०/५० हजार अनुदानसमेत दिएको जनाउँदै उक्त रकमबाट खोर व्यवस्थापन तथा तारबार गरेको केसी बताउँछन्। अहिले बाख्राको सङ्ख्या बढाउनेतर्फ ध्यान केन्द्रित गरेको केसीको भनाइ छ। करिब दुई सय बाख्रा पाल्ने लक्ष्य रहेको उनी बताउँछन्।

उनी भन्छन्, “विदेशमा यहाँको भन्दा धेरै दुःख गर्नुपर्छ, मलाई विदेशले परिश्रमको महत्व बुझायो, गाउँको माटो चिनायो, त्यहाँ जति कमाए पनि इज्जत हुँदैन, गाउँमा परिवारसँग बस्न पाइएको छ, सञ्चो बिसञ्चो हुँदा तातोपानी तताएर दिने, खाने दिने मान्छे साथमै हुन्छ, विदेशमा कसैले हेर्दैन, अहिलेका युवाले गाउँमै केही गर्नुपर्छ, यहाँ लगानी र परिश्रम गर्ने हो भने विदेशमा भन्दा बढी कमाउन सकिन्छ, राज्यले पनि सोहीअनुसारको वातावरण तयार गरि दिनुपर्छ, बजारलाई व्यवस्थापन गर्न सके यहाँ धेरै सम्भावना देखेको छु।”

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०८:१९
##balbahadurkc
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जन्मेदेखि मृत्युसम्म करैकर ! जनताले के का लागि तिर्ने कर ?
जन्मेदेखि मृत्युसम्म करैकर ! जनताले के का लागि तिर्ने कर ? बुधबार, वैशाख २४, २०८२
यस्ताे आयाे  आव २०८२/२०८३ नीति तथा कार्यक्रम
यस्ताे आयाे आव २०८२/२०८३ नीति तथा कार्यक्रम शुक्रबार, वैशाख १९, २०८२
कोषले दियो १ अर्ब ५२ करोड थप प्रतिफल
कोषले दियो १ अर्ब ५२ करोड थप प्रतिफल सोमबार, वैशाख ८, २०८२
नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता
नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता मंगलबार, चैत १९, २०८१
नागरिक लगानी कोषले मनायो ३५ औं वार्षिकोत्सव
नागरिक लगानी कोषले मनायो ३५ औं वार्षिकोत्सव सोमबार, चैत ४, २०८१
भेडीगोठमा बास बस्नु पर्ने बाध्यता हट्यो
भेडीगोठमा बास बस्नु पर्ने बाध्यता हट्यो शनिबार, फागुन २४, २०८१
अब यती एअरलाइन्समा उडान भर्दा उपहारै उपहार
अब यती एअरलाइन्समा उडान भर्दा उपहारै उपहार सोमबार, फागुन १२, २०८१
नागरिक लगानी कोष र एलसीइनर्जीबीच सेयर प्रत्याभूति सम्झौता
नागरिक लगानी कोष र एलसीइनर्जीबीच सेयर प्रत्याभूति सम्झौता बुधबार, फागुन ७, २०८१
तुम्लिङटार-खाँदबारी-छ्याङ्गकुटी सडकखण्डको काम १५ वर्षपछि सुरु
तुम्लिङटार-खाँदबारी-छ्याङ्गकुटी सडकखण्डको काम १५ वर्षपछि सुरु मंगलबार, माघ २९, २०८१
लाेकप्रिय समाचार
  • नंः १ माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड
  • नंः २ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
  • नंः ५ प्रतिनिधि सभा बैठक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्