Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • अनिवार्य बीलबिजक जारी गर्ने व्यवस्था मिलाउन निर्देशन
अनिवार्य बीलबिजक जारी गर्ने व्यवस्था मिलाउन निर्देशन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, असोज २२, २०८०
Public Accounts Committee

काठमाडौँ । सार्वजनिक लेखा समितिले हरेक पसलमा मूल्यसूची राख्न र अनिवार्यरुपमा बीलबिजक जारी गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

समितिको आज बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई हरेक स्थानीय तहमा सहुलियत मूल्य पसल खोल्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।

साथै समितिको निर्देशन कार्यान्वयन भए वा नभएको प्रगति विवरण एक महिनाभित्र समितिलाई उपलब्ध गराउन पनि आजको बैठकले निर्देशन दिएको छ। निर्देशन परिपालना भए नभएको सम्बन्धमा समितिबाट पनि अनुगमन र मूल्याङ्कन हुने समितिको भनाइ छ।

समितिले गैरकानुनी तरिकाले खुला सीमामार्फत भित्रिने चिनीलगायतका अन्य सम्पूर्ण वस्तुलाई नियन्त्रण गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्न पनि निर्देशन दिएको छ ।

साथै वस्तु तथा सेवाको गुणस्तर र बजारमूल्यको नियमित अनुगमन गर्न/गराउन, गैरकानुनी काम गर्नेलाई तत्काल कानुनबमोजिम कारबाही गर्न, विभिन्न वस्तु आयात गर्दा हुने गरेको गैर कानुनी पुँजी पलायनलाई तत्काल नियन्त्रण गर्न, आयात गर्दा गरिने न्यून बिजकीकरणको अनुगमन गरी नियन्त्रण गर्न गराउन पनि समितिले निर्देश गरेको छ।

समितिले कालोबजारी र सिन्डिकेट तथा उच्च मूल्यवृद्धिबाट उपभोक्तालाई राहत दिन प्रत्येक स्थानीय निकायमा अनिवार्य कम्तीमा एउटा सुपथ मूल्य पसल सञ्चालन गर्नेगरी आवश्यक समन्वय गर्न र सोको सेवा प्रवाहको अवस्था अनुगमन मूल्याङ्कनका लागि आवश्यक संयन्त्र निर्माण गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

ग्यास उद्योगले होटललगायत औद्योगिक प्रयोजनको लागि ५० केजी र ४ सय ५० केजीका सिलिन्डर बिक्री वितरण गरेको विषयमा केकस्तो भएको हो रु स्पष्ट पार्न पत्राचार गरेकामा हालसम्म जानकारी नगराएकाले ३ दिनभित्र सो सम्बन्धमा भए गरेका कामकारबाहीका कागजातसहितको विवरण समितिलाई उपलब्ध गराउन समितिले निर्देशन दिएको छ।

त्यसैगरी यस्तो गैरकानुनी कार्यलाई तत्काल रोक लगाई गैरकानुनी कार्य गर्ने ग्यास उद्योगलाई कायम गर्न समितिले सरकारलाई निर्देशन दिएको छ।

“अत्यावश्यक खाद्यान्नलगायतका ग्यास, पेट्रोलियम पदार्थ भण्डारणको अवस्था विगतदेखि नै कमजोर छ । यस विषयमा विगतदेखि नै संसदीय समितिले विषय उठान गरे पनि परिणामुखी कार्यसम्पादन हुन सकेको देखिँदैन। भण्डारणका सम्बन्धमा हालसम्म भएका कामको विवरण र भावी कार्ययोजना के छ भन्ने विषयमा ७ दिनभित्र समितिलाई उपलब्ध गराउन समिति नेपाल सरकार उद्योग, तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन गर्दछ”, समितिको निर्देशनमा भनिएको छ।

समयमा टेन्डर नगर्ने, अरु निकायलाई दोष दिने प्रवृत्तिलाई अन्त्य गरी आफ्नो कार्यक्षेत्रभित्रको विषयमा जवाफदेही बन्न जिम्मेवारी पन्छाउने काम नगर्न र नगराउन साथै नागरिकको हकअधिकारप्रति सचेत भई कार्यसम्पादन गर्न र सार्वजनिक उत्तरदायित्वको विषयलाई आत्मसात गरी कार्यसम्पादन गर्न समितिले निर्देशन दिएको छ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १६:३१
##PublicAccountsCommittee
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्