Top Navigation
  • Contact
Main Navigation
बुधबार, साउन १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बुधबार, साउन १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • अलैँचीपछि अर्बौँ विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय सङ्कटमा
अलैँचीपछि अर्बौँ विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय सङ्कटमा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, मंसिर २४, २०८०

झापा । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन्।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ मा दोब्बर विदेशी मुद्रा भित्र्याउने अनुमान गरिरहेको अवस्था सरोकारवालाले चिया क्षेत्रमा गम्भीर सङ्कट निम्तिएको बताएका हुन्।

बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले चालु आर्थिक वर्षमा नेपालबाट अर्थोडक्स र सिटीसी चिया निर्यातबाट करिब ८ अर्बको विदेशी मुद्रा भित्रिने आकलन गरेको बताए। उनले भने, “सरकारले समयमै चियालाई चाहिने मलसहितका कार्यक्रम उपलब्ध गराएको छ। यसले उत्पादन पनि बढ्ने अनुमान छ। उत्पादन बढेसँगै निर्यात बढी स्वतः भइहाल्छ।”

चिया क्षेत्रका विद्यमान समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने र सरोकारवालाले उठाएका सबैखाले समस्याको उचित सम्बोधन गर्दै राज्य पक्षलाई समेत समस्याको जानकारी गराउने उनले बताए।

गत वर्ष चिया निर्यातबाट मात्र नेपालमा ३ अर्ब ८० करोड रकम भित्रिएको बोर्डको तथ्याङ्कमा उल्लेख छ। चिया किसान हर्क तामाङले बोर्डले गरेजस्तो आकलनले काम नगर्ने बताए।

उनले बोर्डले कोठामा बसेर तथ्याङ्क तयार गर्ने, किसानका बगानसम्म पुगेर मूल्याङ्कन नगर्ने हुँदा यस्तो लक्ष्य लिनु स्वभाविक भएको बताए।“बोर्ड अलैँचीपछि विदेशी मुद्रा ल्याउने चिया भन्छ”, उनले भने, “तर यही अवस्था रहने हो पाँच वर्षपछि चियाको बुट्टा भेट्न पनि गाह्रो होलाजस्तो छ।”

सरकारले चियालाई कृषिको रूपमा सूचीकृत नगरेर उद्योगसरह विद्युतीय महसुल लगाउँदा सिँचाइमा समस्या, अक्सन बजारको अभावले अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन नसक्नु मुख्य कारण रहेको उनको भनाइ छ।

अखिल नेपाल ट्रेड युनियन केन्द्रीय उपाध्यक्ष भूपाल सापकोटाले चिया विकासको निम्ति बोर्डले अहिलेसम्म केही काम गर्न नसकेको आरोप लगाए। उनले उद्योगी, व्यवसायी, किसान, मजदुर कसैको समस्या समाधानमा बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताए।

नेपाल चिया बगान श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दीपक तामाङले चिया क्षेत्रको समस्या समाधानमा राज्य उदासिन देखिएको आरोप लगाए। उनले हालसम्म श्रम ऐनअन्तर्गतको कतिपय बगानका श्रमिकले ज्यालासमेत नपाइरहँदा बोर्डले समेत कानुन कार्यान्वयनमा समन्वय नगरेको गुनासो गरे।

नेपालमा २० हजार २ सय ३७ हेक्टरमा चियाखेती लगाइएको बोर्डले जनाएको छ । त्यसमध्ये ९९ प्रतिशत उत्पादन कोशी प्रदेशमा भइरहेको छ। सत्तरी हजार नागरिकले रोजगारी पाइरहेको चियाका ३० वटा अर्थोडक्स र ३८ वटा सिटीसीका उद्योग सञ्चालित छन्।

नेपाली चियाको मुख्य बजार भारत, चीन, श्रीलङ्का, रसिया, नेदरल्याण्डलगायतका राष्ट्रमा रहेको बोर्डको तथ्याङ्कले देखाएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ०८:१८
##tea #teagarden
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा बुधबार, साउन १३, २०८३
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित सोमबार, साउन ११, २०८३
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री मंगलबार, साउन ५, २०८३
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता बिहीबार, असार ३२, २०८३
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार सोमबार, असार २९, २०८३
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन शुक्रबार, असार २६, २०८३
उदयपुरकाे पालिका बजेट खर्च: चौदण्डीगढी पहिलो, ताप्ली अन्तिम
उदयपुरकाे पालिका बजेट खर्च: चौदण्डीगढी पहिलो, ताप्ली अन्तिम शुक्रबार, असार २६, २०८३
जीडब्लुएम ओरा ५ ईभी सार्वजनिक
जीडब्लुएम ओरा ५ ईभी सार्वजनिक बिहीबार, असार ११, २०८३
उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो
उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो बिहीबार, असार ११, २०८३
लाेकप्रिय समाचार
  • नंः १ माइतीघरको सामीप्यता : माया,  स्नेह र भरोसा
  • नंः २ आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना
  • नंः ३ मिसेस नेपाल उपविजेता रञ्जना बुढाथोकीको नजरमा
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुला
विचार
माइतीघरको सामीप्यता: माया  स्नेह र भरोसा
माइतीघरको सामीप्यता: माया  स्नेह र भरोसा शारदा बजगाईँ
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्