Top Navigation
  • Contact
Main Navigation
सोमबार, असार ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
सोमबार, असार ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • अब सम्झनामा मात्र सीमित गायक वैद्य
अब सम्झनामा मात्र सीमित गायक वैद्य
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, माघ ६, २०८०
Yogesh Baidhya

काठमाडौँ । ‘सपना भुलाइ सारा’ गीतका गायक योगेश वैद्य अब सम्झनामा सीमित भएको छ। शिव अधिकारीको शब्द र नातिकाजीको सङ्गीत रहेको उक्त गीत उनको कालजयी विसं २०४२ मा रेकर्ड भएको थियो।

सङ्गीतकर्मीले उनलाई अन्तिम श्रद्धाञ्जलि दिँदै ‘सपना भुलाइ सारा’ गीत गाउँदै बिदाइ गरे। उनको बिदाइमा उपस्थित अधिकांशका आँखा रसाएका थिए।

कालजयी गीत गाएका गायक वैद्यको बिदाइ कसैका लागि सहज थिएन। उनी गायकसँगै कवि पनि थिए। वैद्यको निधनले साङ्गीतिक र साहित्य क्षेत्रमा अपूरणनीय क्षति पुगेको श्रद्धाञ्जलि दिनेको भनाइ थियो।

बाल्यकालमा आमाबाट नेवारी भाषाको सरस्वती बन्दना सुन्दै हुर्किएका गायक वैद्य त्यही समयमा गीतसङ्गीतप्रति आकर्षित भए। त्यसपछि बुबाले एक दिन घरमा रेडियो ल्याउनुभएपछि उनको सङ्गीतसँगको नाता झनै झाँगियो।

उक्त रेडियोमा उनले नेपालीसँगै हिन्दी गीतहरूलाई सुन्ने र बुझ्ने मौका पाए। उनले रेडियो नेपालमा दिएको एक अन्तर्वार्तामा रेडियोलाई साथीका रुपमा चित्रण गरेको छ।

विसं २०१४ मा चीनका प्रधानमन्त्री चाउ एन लाइ नेपाल भ्रमणमा आएका बेला शान्ति निकुञ्ज सहविद्यालय पुगेको थियो। त्यहाँ आयोजित सांस्कृतिक कार्यक्रममा गायक वैद्यले गीत गाए।

विभिन्न साङ्गीतिक कार्यक्रममा सहभागी हुँदै गीतसङ्गीतसँग नजिकिँदै गएका गायक वैद्यले रेडियो नेपालमा किरण खरेलको शब्द र नातिकाजीको सङ्गीतमा पहिलो गीत ‘कति प्यासी छ जिन्दगी...’ रेकर्ड गरेको थियो।

उनलाई चिनाउने गीत ‘सपना भुलाइ सारा’ बनेको गायक तथा सङ्गीतकार टीका भण्डारीले बताए। वैद्यले आफूलाई सुहाउने भन्दै सङ्गीतकार नातिकाजीसँग उक्त गीत मागेको उनले जानकारी दिए।

“एक दिन गायक वैद्य नातिकाजीको कोठामा पुग्नु भएछ। त्यहाँ टेबलमा पहिलो पटक उक्त गीत देख्नुभयो। त्यसपछि उहाँले मलाई यो गीत मन पर्याे नातिदाइ, म गाउँछु भन्नुभएछ। त्यसपछि उहाँले स्टुडियोमा अभ्यास गरेर गीत गाउनुभएको हो”, गायक भण्डारीले भने। उनले गायक वैद्यले व्यावसायिक रुपमा गीत गाएको सम्झना नभएकोसमेत बताए।

“उहाँले गीत गाएर पैसा लिएको सम्झना छैन। उहाँले श्रोताको मन छुने गीतमार्फत आफूलाई प्रस्तुत गर्नुभयो। उहाँको अभाव नेपाली सङ्गीतमा रहिरहनेछ। म रेडियो नेपालमा कार्यरत रहँदा उहाँसँग काम गर्न पाएको थिएँ। उहाँको गीतमा वाद्यवादन पनि गरेको छु”, गायक भण्डारीले भने, “वैद्य गीत र शब्द चिन्न सक्ने गायक हुनुहुन्थ्यो। उहाँ धेरै गीत गाउने गायक होइन। थोरै गीतलाई पाँचदेखि छ महिनासम्म अभ्यास गरेर गाउने गर्नुहुन्थ्यो।”

गायक तथा सङ्गीतकार शम्भुजित बाँस्कोटाले गायक वैद्य मखमली आवाजका धनी रहेको बताए। “उहाँसँगको सामीप्यतालाई भन्ने शब्द छैन। तीन दिनअगाडि मात्र कुराकानी भएको थियो। उहाँले मेरो सङ्गीतमा पाश्र्व गायन पनि गर्नुभएको छ”, उनले भने, “वैद्यले सधैँ भारतीय गायकजस्तो नेपाली गायकगायिका बन्नुपर्नेमा जोड दिने गर्नुहुन्थ्यो। उहाँ सुगम सङ्गीतका लागि संरक्षक हुनुहुन्थ्यो। उहाँले समय–समयमा दिएका अभिव्यक्ति, गाउनुभएका गीत, गीतसङ्गीत गर्ने तरिका सबै गहन हुन्थ्यो। उहाँ अत्यन्तै गहन व्यक्तित्व हुनुहुन्थ्यो।” सङ्गीतकार बाँस्कोटाले गायक वैद्यको विदाइ सहज नभएको प्रतिक्रिया दिँदै उनले छाडेर गएका गीतसङ्गीत र कृतिहरु रहिरहने बताए।

उनको आवाजको प्रभावमा आफूलाई काठमाडौँसम्म ल्याएको सङ्गीतकार तथा गायक चेतन सापकोटाले बताए। “उहाँको आवाजको जादुले कलामा लाग्न प्रेरित गर्ने धेरै युवा छन्। उहाँको गीतसङ्गीतलाई मैले शब्दमा व्यक्त गर्न सक्दिनँ। उहाँलगायत अग्रज सर्जकको आवाजले रेडियो नेपाललाई थप उचाइमा पुर्याएको भन्छु म”, उनले भने, “म वैद्यको आवाजले सङ्गीतमा भविष्य खोज्दै एघार वर्षको उमेरमा सिन्धुपाल्चोकदेखि काठमाडौँ आएको थिएँ। त्यो समयमा सोचविचार केही थिएन। योगेश दाइ झैँ उक्त समयका अन्य गायकको आवाजमा आफ्नो आवाज राख्दै गीतसङ्गीत सुरु गरेको हुँ।”

नयाँ पुस्ताका उदीयमान गायक कर्णराज गिरीले उनको गीत महोत्सवमा गएको स्मरण गरे। “उहाँसँग मेरो प्रत्यक्ष भेटघाट कमै रह्यो। त्यस्तो धेरै नजिक पनि होइन तर उहाँको गीतले हामी जस्तालाई गायक बन्ने सपना देखाउनाका साथै चिनाएको पनि छ”, उनले भने, “आफ्नै परिचय नहुँदा उहाँकै गीत गाएर मेला महोत्सवमा परिचय बनाएको हुँ। उहाँको गायन प्रभावले मलाई गायनमा लाग्न प्रत्यक्ष रुपमा सहयोग गरेको छ।”

राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गरेका साहित्यकार वैद्यका विभिन्न कृति प्रकाशित छन्। उनको गीति कवितासङ्ग्रह ‘समय प्रवाहमा छुटेका पलहरू’ प्रकाशित छ। विसं २००३ असार २४ गते काठमाडौँको नरदेवीमा जन्मिएका गायक वैद्यको श्रीमती, दुई छोरी र एक छोरा छन्।

करिब पाँच सय नेपाली गीत तथा झन्डै एक सयभन्दा बढी नेपाल भाषाका गीतमा स्वर दिएका वैद्य पछिल्लो समय पक्षघातसम्बन्धी समस्या झेलिरहेको थियो। गायक वैद्यको केही समयअघि मिर्गौला प्रत्यारोपण गरिएकामा केही दिनदेखि रुघाखोकीबाट ग्रसित थिए।

७७ वर्षको उमेरमा सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो। उनको ‘नेपाल मेरो तिमीलाई’, ‘चोट दिलमै रातदिन’, ‘आँखैमा रात’, ‘यो लामो जीवनमा किन म हतासहतास छु’ लगायत गीत कालजयी छन्।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  २०:०८
##singer #yogeshbaidhya
प्रतिक्रिया दिनुहोस्
थप समाज
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु शुक्रबार, जेठ २९, २०८३
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द बुधबार, जेठ २७, २०८३
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते मंगलबार, जेठ १९, २०८३
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण सोमबार, जेठ १८, २०८३
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति आइतबार, जेठ १७, २०८३
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन शनिबार, जेठ १६, २०८३
पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा
पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा बुधबार, जेठ १३, २०८३
कटारी प्रादेशिक अस्पतालमा संकट सुरु
कटारी प्रादेशिक अस्पतालमा संकट सुरु बुधबार, जेठ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
  • नंः २ परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
  • नंः ३ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ४ फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
  • नंः ५ नामी साप्ताहिक
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्