Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, भदौ १८, २०८२

धरान । सवैका दिनचर्या बदलेपनि धरानका घर-घरमा एकाविहानै पत्रिका पुर्‍याउने ७५ बर्षका कृष्णभक्त श्रेष्ठको दिनचर्या भने बदलिएको छैन्। उनको जाँगर र हिम्मतमा उही रफ्तार रहेको छ । 

पत्रिकाको लागि जन्मेको सिद्धपुरुषको रुपमा उनलाई धरानमा लिइने गरेको छ । समय जस्तोसुकै भएपनि पत्रिका प्रति उनको माया र लगाव उस्तै छ। फरक भएको छैन् । कान्तिपुर दैनिकका धरान संवाददाता एलिना राईको शव्दमा पछिल्ला ३६ वर्ष यता उनी निरन्तर एउटै परिचयमा बाँचेका छन्, पत्रिका हकर ।

एलिनाकै शव्दमा धरानमा जन्मेर पनि कृष्णभक्तले लाहुरे हुने सपना देखेनन् । किनकि २००८ सालमा जन्मिएका उनी ६ महिनामै कोक्रोबाट लडेका थिए। त्यतिबेलै उनको खुट्टा भाँचिएको थियो । समयमै उपचार नभएकाले यही घटनापछि उनको दुवै खुट्टाको सन्तुलन गुम्यो। कृषक बाबुका छोरा कृष्णले १० कक्षाभन्दा माथि पढ्ने अवसर पनि पाएनन् । अपांगताकै कारण बाबुसँगै खेतीपातीमा पनि उनी रम्न सकेनन्। रेल्वे गाउँबाट धरान झरेर उनी हकर भए।

Krishna-Bhakta-Dharan-1756867253.jpg

त्यसयताको बदलिएको नेपालका हरेक खबरका उनी पाठक त भए नै, चोकचोक घुम्दै पत्रिका बेच्ने भएकाले बदलिँदो धरानको साक्षी पनि भए। बोलीचालीमा उनले धरानको सबैभन्दा पुरानो हकरको परिचय पाएका छन् । एक समय त यस्तो थियो, कृष्णलाई पत्रिका बेच्न भ्याइनभ्याइ थियो।

धरानको पुरानो बजार, छाता चोक, रत्नरोड उतिबेलाका धरानका मुख्य बजार थिए । त्यहाँ थिए, मैनाली पुस्तक पसल र अन्य किताब पसलको लाइन। त्यहाँ एकबिहानै अखबार पढ्न आउनेको भिड लाग्थ्यो ।

अहिले धरानमा हरेकका मोवाइलमा इन्टरनेटको सुविधाको कारण हरेकका मोवाइलमा समाचार आउने भएको कारण समय अलि बदलिएको छ। तर, पत्रिकामा विश्वास गर्नेहरुको जमात भने नघटेको कृष्णभक्तको जिकिर छ ।

कृष्णभक्तलाई स्पष्ट सम्झना छ, माओवादी जनयुद्ध उत्कर्षमा पुगेका बेला र जनआन्दोलनताका अखबारको बिक्री उत्पात थियो। किनकि खबरका अरु माध्यम पनि थिएनन् । उनले सुनाए, ’आज के समाचार छ, कहाँ के भयो, हिरोहिरोइनले केके गर्दैछन्, कुन फिल्म लाग्दैछ, त्यसमा ककसले खेलेका छन् भन्नेसम्मका विषयमा मानिसमा कौतूहलता थियो । त्यसलाई मेटाउने एउटै माध्यम पत्रिका थियो।’

शुरुमा ११ वडा मात्र रहेको धरानलाई २०३५ सालमा पूर्वतर्फ रहेको बाँझगरा गाउँ पञ्चायत र पश्चिमतर्फ रहेको घोपा गाउँ पञ्चायतको केही क्षेत्रलाई गाभेर क्षेत्र विस्तार गरी १९ वडामा विभाजन गरिएको थियो । २०७१ वैशाख २५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार पाँचकन्या गाविसलाई पनि धरान नगरपालिकामा गाभेर २३ वडा कायम गरेकोसम्मका घटनाका सम्झना कृष्णभक्तलाई छ।

२०७१ मंसिर १६ मा भने विष्णुपादुका गाविसलाई पनि धरान नगरपालिकामा गाभेर २७ वडा कायम गरी धरान उपमहानगरपालिमा बढोत्तरी भयो। धरानलाई कृष्णभक्तले अखबारका समाचारमार्फत चिनेका छन् अनि पैदलै यसका चोकचोक घुमेर बुझेका छन्।

उनले पूर्वी पहाडी जिल्ला जाने मुख्य रुटका रुपमा धरानको चहलपहल देखेका छन् अनि पहाडी क्षेत्रबाट कैयौं दिन पैदलै नुन किन्न आउनेहरुको दुःख पनि । उपचारको खोजीमा धरान झरेकादेखि यहीँ बसेर भविष्य खोजिरहेकासम्म सबैसबैलाई देखेका छन् उनले। यसकारण उनी धरानका जिउँदा जाग्दा साक्षी बनेका कृष्णभक्त श्रेष्ठ छन् ।

उनका अनुसार, इन्टरनेट घर–घरमा र मोबाइल हात–हातमा पुगेपछि पत्रिका पढ्नेहरु घटे । कृष्णभक्तको काम पनि घट्यो अनि कमाइ पनि। धरान-१६ स्थित पार्वती टोलमा ३५ सय कोठामा भाडा तिरेर बुढेसकालका दिन बिताइरहेका कृष्णभक्त हिजोआज हरेक महिना बत्ती, पानी र बिजुली गरेर तिर्नुपर्ने झन्डै ५ हजार रुपैयाँ र अन्य खानपान खर्च कसरी जुटाउने भन्ने चिन्तामा हुन्छन् ।     

बिहे गरेर घर गइसकेका ३ छोरीहरुले बेलाबखत उनलाई सम्झिन्छन् र दुःख घटाइदिन्छन् । उनले भावुक हुँदै सुनाए, ’उतिबेला मैले जग्गा जमिन जोड्न पाइनँ, अलिकति सम्पत्ति जोडेको भए आफ्नै घर हुन्थ्यो होला । आज अर्काको घरमा भाडामा बस्नुपरेको छ।’

याे पनि :

नामी साप्ताहिक
 

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  ०८:२२
##krishnabhaktashrestha #dharan #dharansubmetrocity
प्रतिक्रिया दिनुहोस्
थप समाज
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्