Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ  
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे मंगलबार, भदौ १७, २०८२

कुनै पनि व्यक्ति, समाज, देश र महादेशले आफ्नो अनुकूलतामा मात्र हेर्ने दृष्टिकोणलाई आधार मानेर गर्ने कुनै पनि निर्णय आफैमा घातक हुन्छ। वैदिक कालमा मानवीय दुर्गुणहरूलाई मानिसहरू आफ्नो सबैभन्दा ठूलो शत्रु सम्झने संस्कार र संस्कृतिमा अवलम्बित भएर अगाडि बढ्थे भने  वैदिक कालदेखि क्रमश मानिसहरूले जिउने तौर तरिका दिनानुदिन आत्मकेन्द्रित सोचबाट यसरी ग्रसित भयो जसको निरूपण  मध्यममार्गी दृष्टिकोणबाट मात्र हुन सक्ने परिस्थिति विश्वभरि सृजित हुन पुग्यो।

सम्बन्धहरूको  समदुरीताले पैदा गर्ने समभावलाई मानिसहरूले सन्तुलित ढङ्गले अगाडि बढाउन नसकेका कारणले आज विश्व नै सामाजिक अस्थिरता, अराजकता र बैमनुष्यताको सिकार बन्न पुग्यो। झ्वाट्ट सुन्दा नमिठो लाग्ने यस्ता अमानवीय परिस्थितिले विश्व बन्धुत्व भावलाई घटाएर लानु संसारका हामी सबै मानिसहरूका लागि ज्यादै नै दुःखदायी र लज्जास्पद कुरा हो। 

उच्च पदको व्यक्तिले कुनै एउटा निरीह र कमजोर व्यक्तिलाई गर्ने व्यवहार आफ्नो हैसियतमा मात्र केन्द्रित भएर गर्दा जसरी सामाजिक न्याय र मानवता को रक्षा हुँदैन त्यसरी नै कुनै पनि एउटा शक्तिशाली देशले कमजोर देशलाई सह अस्तित्वको महत्व नबुझी गर्ने व्यवहार आफैमा गलत हुन्छ। विभिन्न बादहरुले नेतृत्व गरेको विश्वको सामाजिक संरचनाहरू आफैमा गलत जस्तो नदेखिने भएतापनि अतिवादले सद्भावनालाई खलबल्याउने सम्भावनालाई निश्चित गर्दछ।

अहिले विश्वमा धार्मिक, राजनैतिक, आर्थिक र जातीय कारणले देखिएको आपसी लडाई र ठूला र बलिया देशहरूको आआफ्नो सैन्य हैसियत अनुसार हुने शक्ति प्रदर्शन आफैमा एउटा अतिवादको  धौतक बन्दै गइरहेको छ । त्यस्तै अहिले विश्वभरि भाषिक र सांस्कृतिक रूपले धनी देशहरूले गरिब देशहरूमा भाषा र संस्कृति लाद्न सफल हुनु पनि अतिवादी चिन्तनकै परिणाम हो।

कुनै पनि दृष्टिकोणबाट हरेक देशले हरेक देशको सहअस्तित्व नस्वीकार्दा आउने परिणाम अतिवादका कारण नै आउने गर्छ। जसको प्रमाणको रूपमा हामीले अहिले अविकसित देशहरूमा विकसित देशहरूको हरेक क्षेत्रमा हुने गरेको हस्तक्षेप र अतिक्रमणलाई लिन सक्छौँ।

विश्वभरि मनाइने धनी र विकसित देशहरूको संस्कृतिको बढोत्तरीका कारण आआफ्नो मौलिक संस्कृति र भाषिक क्षति हुनु र अहिले विभिन्न देशहरु बीचको लडाईमा शक्तिशाली देशको हस्तक्षेप न्यायिक हुन नसक्नु दुवै अतिवादी चिन्तनकै परिणाम हो।

संसारमा हुने कुनै पनि समस्याको समाधान भौतिक रूपले भन्दा आध्यात्मिक रूपले गर्दाखेरि त्यसले सार्थक परिणाम दिने भएकोले विश्वभरि अहिले बढ्दै गएको शक्तिशाली मानिस, समुदाय, धर्म र शक्तिशाली देशहरूको अतिवादी चिन्तनका कारण हुनसक्ने मानवीय दुर्घटनालाई हामी सबैले मनन गर्नु आज मानव समुदायको रक्षार्थ अत्यावश्यक भइसकेको छ।

विभिन्न युगहरूको परिस्थिति फरक फरक हुने भएकोले त्यस युग अनुसार विभिन्न धर्मले आ-आफ्नो औचित्य, महत्व, कर्तव्य र दायित्व स्थापित गरेर समस्याहरूको समाधान गरेको हामीले विभिन्न धार्मिक ग्रन्थहरुबाट बुझ्न सक्छौ ।

अतिवादी चिन्तनका कारण अहिले विश्वमा देखिएको मानवीय ध्रुवीकरणले पैदा गर्न सक्ने मानवीय संकटको समाधानार्थ मध्यममार्गी विचारलाई हामी सबैले अवलम्बन गर्न सके संसारका हामी सबै मानव समुदायको जित हुने थियाे र हाम्रो अस्तित्वको निरन्तरता माथि प्रश्न चिन्ह पनि खडा हुने थिएन। 

माथि उल्लेख भएअनुसार हरेक युगको परिस्थिति अनुसार कुनै एक विशेष धार्मिक र मानवीय दर्शनले समस्याको समाधान गर्ने भएकोले अहिले जित्नै पर्ने र शक्तिशाली हुनैपर्ने मानसिकताबाट ग्रसित विश्व मानव समुदायलाई सन्तुलित बनाएर सबैमा समभाव  पैदा गराउन विश्वका हामी सबै मानिसहरूले बुद्ध धर्मको मध्यममार्गी सिद्धान्तलाई अपनाउन सके आन्तरिक र बाह्य शान्ति कायम भई विश्व मानव समुदायकै अस्तित्वको निरन्तरता कायम रहने थियो।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ०८:२८
प्रतिक्रिया दिनुहोस्
थप विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शनिबार, असोज २४, २०८३
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा बिहीबार, असोज २२, २०८३
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? बुधबार, असोज २१, २०८३
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ४ दम्भ होइन, धैर्य र मधुरता प्रिय
  • नंः ५ चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्