Top Navigation
  • Contact
Main Navigation
आइतबार, मंसिर ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nepal Rastra Bank
आइतबार, मंसिर ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, भदौ १२, २०८२

बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अघि प्रचण्ड प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको सचिवालयमा ९४ जना थिए। र उनीहरुको लागि वार्षिक खर्च ६ करोड २१ लाखभन्दा बढी भएको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको लेखा रिपोर्टमा उल्लेख छ ।

त्यस्तै, ओली प्रधानमन्त्री बनेपछि प्रधानमन्त्रीको सचिवालयमा १४ जना मात्रै रहे र खर्च घटेर ४ करोड १४ लाखमा झर्‍यो। कुल खर्चमा करिब २ करोड ६ लाख रुपैयाँको कटौती भएको कुरा पनि प्रधानमन्त्रीको कार्यालयको लेखा रिपोर्टले देखाएको छ ।

यो रिपोर्टले पनि नेपालका उपल्ला र तल्ला कार्यालयहरुको खर्च घटबढ हुनुमा आसेपासे कार्यकर्ताहरुलाई जागिरे बनाउनाले हो। यो जागिरे प्रवृति नेपालमा स्थिति नभइकन नियति नै बनिसकेको छ । जुनसुकै पार्टीका सरकारले सरकारको नेतृत्व गर्नासाथ त्यहाँ पार्टीका आसेपासे कार्यकर्तालाई मूक तथा अमूक पदहरुमा नियुक्त गर्ने र गराउने होड नै हुने गरेको छ ।

यो होडमा अघिल्ला प्रधानमन्त्री प्रचण्ड अलि बढी नै देखिएको हो कि भन्ने प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको लेखा रिपोर्टमा प्रष्ट देखिएको छ। प्रचण्डको पालामा प्रधानमन्त्रीको सचिवालयमा ९४ जना कार्यरत हुनु र ओलीको पालामा सचिवालयमा ८० जना घट्नुलाई अवश्य पनि राम्रो भन्नु पर्ने हुन्छ । ९४ जनाको काम १४ जनाले पनि गर्न सकिन्छ र प्रधानमन्त्रीको सचिवालय चल्ने गरेको राम्रो उदाहरण पनि हो।

मितव्ययिताको हिसावले यो अवश्य पनि राम्रो कुरा हो । बार्षिक खर्चमा २ करोड ६ लाख रुपैयाँको खर्च कटौती हुनु निश्चित रुपमा राम्रो पक्ष हो। अनावश्यक रुपमा पार्टीका आसेपासेलाई खुशी पार्नेका नाममा प्रधानमन्त्री कार्यालयमा मात्र नभइकन विभिन्न मन्त्रालय देखि सरकार संस्थान तथा प्राधिकरणहरुमा नियमित रुपमा विभिन्न मुक तथा अमुक पदहरुमा जागिर खुवाउने प्रवृति देखिदै आएको तथ्य आजको होइन्।

विसं २०४६ सालको जनआन्दोलनको जगमा बनेको प्रजातान्त्रिक सरकार देखि २०६२/०६३ को अर्को आन्दोलनवाट बनेको गणतान्त्रिक सरकारसम्ममा यो प्रकृयाले नियमितता पाएकै छ । 

यसमा कसैले रोक्न सकेका छैन् । चुनावमा सहयोग गर्ने र गराउनेलाई सम्मान स्वरुप उनीहरुका मानिसहरुलाई सरकारी जागिर खुवाउने प्रचलन राजाकै पालादेखि हुदैआएको हो । यस प्रवृतिलाई राजादेखि जनताका सरकारसम्म रोक्न सकेका छैनन्। सही नेपाली जनता भने, नेपालमा रोजगारी पाउन नसकेर पढाईका नाममा तथा श्रमका नाममा विदेश भौतारिन बाध्य छन् । 

पार्टीका झोले तथा आसेपासेलाई जहिले पनि जसरी पनि जागिरका नाममा दशैं हुनु सही कुरा अवश्य पनि होइन्। नेपाली जनताको नाममा राजनीति गर्ने नेताहरुले पार्टीभन्दा माथि रहेर नेपाली जनतालाई स्वास्थ्य, शिक्षा तथा रोजगारी दिन सक्नुपर्दछ। यो मूलभूत आवश्यकताको सही राजनीति नभएकै कारण जनता दिनानुदिन देश छाड्न बाध्य छन् । यसतर्फ सोच्न ढिला होइन, धेरै ढिला भैसकेको छ। आसेपासेको खुशीका लागि देश डुवाउनु भएन। 
 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  २२:१०
##kpoli #kpsharmaoli #prachanda #pushpakamaldahal
प्रतिक्रिया दिनुहोस्
थप विचार
मेरो आत्मीय सम्बन्ध र जीवनका अनुभूति
मेरो आत्मीय सम्बन्ध र जीवनका अनुभूति शुक्रबार, कात्तिक २०, २०८३
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु बिहीबार, कात्तिक १९, २०८३
'नामी' ले दिएको पुनर्जन्म
'नामी' ले दिएको पुनर्जन्म मंगलबार, कात्तिक १७, २०८३
'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता शनिबार, कात्तिक १४, २०८३
'नामी' साप्ताहिकको १२ वर्षे यात्रा
'नामी' साप्ताहिकको १२ वर्षे यात्रा शनिबार, कात्तिक १४, २०८३
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शनिबार, असोज २४, २०८३
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा बिहीबार, असोज २२, २०८३
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? बुधबार, असोज २१, २०८३
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ 'नामी' ले दिएको पुनर्जन्म
  • नंः २ 'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
  • नंः ३ 'पिंक प्रमिस-आशाको आवाज' काे क्यान्सर सचेतना कार्यक्रम
  • नंः ४ राष्ट्र बैंककी उप-निर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड
  • नंः ५ प्रेसमाथि बालेनको प्रहारः नयाँ सत्ता, पुरानै दमन
विचार
मेरो आत्मीय सम्बन्ध र जीवनका अनुभूति
मेरो आत्मीय सम्बन्ध र जीवनका अनुभूति NamiNews- नामीन्यूज
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु विदुर कटुवाल
'नामी' ले दिएको पुनर्जन्म
'नामी' ले दिएको पुनर्जन्म प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Bidur Katuwal Executive Editor
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्