Top Navigation
  • Contact
Main Navigation
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • वाल्मीकि आश्रम पुग्न जोखिमपूर्ण डुङ्गाको यात्रा 
वाल्मीकि आश्रम पुग्न जोखिमपूर्ण डुङ्गाको यात्रा 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, माघ २३, २०८०
valmiki Ashram

नवलपुर । पौराणिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित ऐतिहासिक भूमि वाल्मीकि आश्रम पुग्ने सकस हुने गरेको छ।

भौगोलिकरुपमा वाल्मीकि आश्रम चितवनको माडी नगरपालिका-१ मा पर्ने भए पनि यो भूमि पुग्नका लागि भारतको बाटो भएर जानुपर्छ कि त नारायणी नदीमा जोखिमपूर्ण यात्रा गर्नुपर्छ। नेपालतर्फबाट त्यहाँ पुग्नका लागि अझै स्थलमार्ग बन्न सकेको छैन।

मानिसले आफूले इच्छाएको कुराहरु माग्नका लागि वाल्मीकि आश्रम आउने गरेका आश्रमका पूजारी बताउँछन्। आश्रममा दर्शनका लागि नेपालीभन्दा बढी भारतीय भक्तहरु आउने गरेका भन्दै बाह्रै महिना तीर्थयात्रीहरु आउने सीता मन्दिरका पूजारी शेखर सुवेदीको भनाइ छ।

नेपालबाट आश्रममा आउन पुल बनेको भए पनि सञ्चालनमा नहुँदा भारतीय बाटो भएर आउनुपर्दा दुःख पाउने गरेका सुवेदीले बताए। विशेषगरी वाल्मीकि आश्रममा माघे औँसी, शिवरात्री, बोलबमसहित विभिन्न समयमा भक्तजनको भीड हुने गरेको छ। महर्षि वाल्मीकिले ब्रह्म ज्ञान प्राप्न गर्नुका साथै यहीँ बसेर रामायण लेखेको स्थान भएको हरिहर मन्दिरका पूजारी रामशरण गिरीले बताए।

सीता माता वनबास बसेको र लवकुशको जन्म तथा शिक्षादीक्षा भएकाले यस ठाउँको विशेष महत्व रहेको छ। प्राचीन त्रेतायुगको हरिहरको मूर्तिसहितका रामायणकालीन संरचनाहरु रहेका उनको भनाइ छ।

किताबमा पढेका कुराहरु प्रत्यक्षरुपमा देखेर अवलोकन गर्दा प्रभावकारी हुने देखिएको तीर्थयात्रीहरु बताउँछन्। पुरातात्विक ऐतिहासिक ठाउँ भएकाले यसलाई अझ व्यवस्थित बनाउँदा जिउँदो इतिहास कास्कीको पोखरा–३३ बाट आउनुभएका रमेशराज आचार्य बताउँछन्।

वाल्मीकि आश्रमलाई पढ्नका लागि किताबका पाना पल्टाउनु भन्दा पनि अवलोकनबाट सबै कुरा पत्ता लाग्ने गरी संरक्षण गर्नुपर्ने उनको भनाइ छ। आश्रममा आउनका लागि नेपालकै बाटो प्रयोग गरेर आउने अवस्थाको सिर्जना गर्नसके राम्रो धार्मिक गन्तव्य बन्न सक्ने आचार्यले बताए।

नेपालबाट आश्रममा आउने भक्तजनहरु भारतको बाटो भएर आउनुभन्दा त्रिवेणीधामस्थित नारायणी नदीबाट जोखिमपूर्ण डुङ्गाको यात्रा गरेर आउने गरेका छन् । वाल्मीकि आश्रमलाई यातायात सञ्जालसँग जोड्दा धार्मिक पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण हुने चितवनको भरतपुर–२६ का बुद्धिराज देवकोटा बताउँछन्।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-६ मा पर्ने त्रिवेणीधाम पुगेर नारायणी नदीमा डुङ्गा तरेर पनि वाल्मीकि आश्रम जान सकिन्छ।

त्रिवेणीधामबाट वाल्मीकि आश्रम जोड्नका लागि झोलुङ्गो पुल निर्माण गरिएको भए पनि पुल सञ्चालनमा आउन सकेको छैन। पुल सञ्चालनसँगै नेपाली भूमिबाटै वाल्मीकि आश्रम पुग्ने अवस्थाको सिर्जना गर्न सकेमा यहाँको धार्मिक पर्यटकीय महत्व अझै बढ्ने थियो।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १४:५६
##valmikiashram
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्