Top Navigation
Main Navigation
आइतबार, भदौ २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, भदौ २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • वाल्मीकि आश्रम पुग्न जोखिमपूर्ण डुङ्गाको यात्रा 
वाल्मीकि आश्रम पुग्न जोखिमपूर्ण डुङ्गाको यात्रा 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, माघ २३, २०८०
valmiki Ashram

नवलपुर । पौराणिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित ऐतिहासिक भूमि वाल्मीकि आश्रम पुग्ने सकस हुने गरेको छ।

भौगोलिकरुपमा वाल्मीकि आश्रम चितवनको माडी नगरपालिका-१ मा पर्ने भए पनि यो भूमि पुग्नका लागि भारतको बाटो भएर जानुपर्छ कि त नारायणी नदीमा जोखिमपूर्ण यात्रा गर्नुपर्छ। नेपालतर्फबाट त्यहाँ पुग्नका लागि अझै स्थलमार्ग बन्न सकेको छैन।

मानिसले आफूले इच्छाएको कुराहरु माग्नका लागि वाल्मीकि आश्रम आउने गरेका आश्रमका पूजारी बताउँछन्। आश्रममा दर्शनका लागि नेपालीभन्दा बढी भारतीय भक्तहरु आउने गरेका भन्दै बाह्रै महिना तीर्थयात्रीहरु आउने सीता मन्दिरका पूजारी शेखर सुवेदीको भनाइ छ।

नेपालबाट आश्रममा आउन पुल बनेको भए पनि सञ्चालनमा नहुँदा भारतीय बाटो भएर आउनुपर्दा दुःख पाउने गरेका सुवेदीले बताए। विशेषगरी वाल्मीकि आश्रममा माघे औँसी, शिवरात्री, बोलबमसहित विभिन्न समयमा भक्तजनको भीड हुने गरेको छ। महर्षि वाल्मीकिले ब्रह्म ज्ञान प्राप्न गर्नुका साथै यहीँ बसेर रामायण लेखेको स्थान भएको हरिहर मन्दिरका पूजारी रामशरण गिरीले बताए।

Nepal Oil Corporation

सीता माता वनबास बसेको र लवकुशको जन्म तथा शिक्षादीक्षा भएकाले यस ठाउँको विशेष महत्व रहेको छ। प्राचीन त्रेतायुगको हरिहरको मूर्तिसहितका रामायणकालीन संरचनाहरु रहेका उनको भनाइ छ।

किताबमा पढेका कुराहरु प्रत्यक्षरुपमा देखेर अवलोकन गर्दा प्रभावकारी हुने देखिएको तीर्थयात्रीहरु बताउँछन्। पुरातात्विक ऐतिहासिक ठाउँ भएकाले यसलाई अझ व्यवस्थित बनाउँदा जिउँदो इतिहास कास्कीको पोखरा–३३ बाट आउनुभएका रमेशराज आचार्य बताउँछन्।

वाल्मीकि आश्रमलाई पढ्नका लागि किताबका पाना पल्टाउनु भन्दा पनि अवलोकनबाट सबै कुरा पत्ता लाग्ने गरी संरक्षण गर्नुपर्ने उनको भनाइ छ। आश्रममा आउनका लागि नेपालकै बाटो प्रयोग गरेर आउने अवस्थाको सिर्जना गर्नसके राम्रो धार्मिक गन्तव्य बन्न सक्ने आचार्यले बताए।

नेपालबाट आश्रममा आउने भक्तजनहरु भारतको बाटो भएर आउनुभन्दा त्रिवेणीधामस्थित नारायणी नदीबाट जोखिमपूर्ण डुङ्गाको यात्रा गरेर आउने गरेका छन् । वाल्मीकि आश्रमलाई यातायात सञ्जालसँग जोड्दा धार्मिक पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण हुने चितवनको भरतपुर–२६ का बुद्धिराज देवकोटा बताउँछन्।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-६ मा पर्ने त्रिवेणीधाम पुगेर नारायणी नदीमा डुङ्गा तरेर पनि वाल्मीकि आश्रम जान सकिन्छ।

त्रिवेणीधामबाट वाल्मीकि आश्रम जोड्नका लागि झोलुङ्गो पुल निर्माण गरिएको भए पनि पुल सञ्चालनमा आउन सकेको छैन। पुल सञ्चालनसँगै नेपाली भूमिबाटै वाल्मीकि आश्रम पुग्ने अवस्थाको सिर्जना गर्न सकेमा यहाँको धार्मिक पर्यटकीय महत्व अझै बढ्ने थियो।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १४:५६
##valmikiashram
प्रतिक्रिया दिनुहोस्
थप समाज
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट शनिबार, भदौ २१, २०८२
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार बुधबार, भदौ १८, २०८२
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण शनिबार, भदौ ७, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना शनिबार, साउन ३२, २०८२
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला मंगलबार, साउन २८, २०८२
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट शनिबार, साउन २५, २०८२
जनैपूर्णिमा जात्राकाे दृष्य
जनैपूर्णिमा जात्राकाे दृष्य शनिबार, साउन २५, २०८२
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै शनिबार, साउन २५, २०८२
मिर्गौला पीडितलाई तनहुँ समाज हङकङको सहयोग
मिर्गौला पीडितलाई तनहुँ समाज हङकङको सहयोग शुक्रबार, साउन २४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ अतिवाद आफैंमा गलत हुन्छ  
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
  • नंः ४ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
  • नंः ५ मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्